अपराध

पिर्काले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

गोरखा -पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । नानुमायाको टाउको…विस्तृत समाचार »

रुकुमका करिब छ हजार बालबालिका विद्यालय बाहिर

रुकुम -गत हप्तामात्रै रुकुमलाई साक्षर जिल्ला घोषणा गरिए पनि जिल्लामा अझै पाँच हजार ७६२ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा विभिन्न कारण यति धेरै बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर रहेको प्रतिवेदन जिल्ला बाल कल्याण समिति, रुकुमले सार्वजनिक गरेको हो । खलङ्गामा आज आयोजित एक कार्यक्रममा रुकुम जिल्लामा अहिले खासगरी बाल विवाह, बाल यौन दुव्र्यवहार, बालश्रमिक, बालबालिका ओसारपसार, द्वन्द्वपीडित बालबालिकालाई संरक्षणको अभावलगायतका समस्या…विस्तृत समाचार »

संघ बेचेर मालामाल ढकाल

काठमाडौं - गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले नयाँ चर्तिकला देखाएका छन् । कहिले फ्रि भिषा फ्रि टिकट त कहिले स्वास्थ्य व्यवसायी महासंघसँग मिलेर रोजगारीका लागि विदेश जाने नेपाली कामदारको पैसामा रजगज गर्दै आएका अध्यक्ष ढकालले अहिले बीच बाटोमा नै विष्ट्याउन थालेपछि देख्नेहरुले नै लाज मान्न थालेका छन् । संघलाई आम्दानीको स्रोत वनाएका ढकाल पैसा भनेपछि हुरुक्कै हुने प्रवृतिका…विस्तृत समाचार »

मातेको सुरमा बाबुको हत्या

भोजपुर -मातेको सुरमा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । भोजपुरको बोया–५ का प्रल्हाद खत्रीले आफ्ना ८० वर्षे बाबु गणेशबहादुर खत्रीको हत्या गरेका हुुन् । मङ्गलबार बेलुकी छिमेकीको बिहेमा गएका खत्रीले मातेर घरमा आई आफ्ना बाबुलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते बनेका गणेशबहादुरको बुधबार उपचारका क्रममा मृत्यु भएको छिमेकी ध्यानबहादुर तामाङले जानकारी दिनुभयो । बाबुको हत्या गर्ने प्रल्हादलाई प्रहरीले नियन्त्रणमा लिएको…विस्तृत समाचार »

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top