अर्थ

सुमार्गीको पैसा निकाल्न यसरी जुटदैछ राष्ट्रिय सहमति ?

काठमाण्डौ– आम देशवासीले देखाएको चुनावको चिन्ता एकातिर छ । दलबीच यससम्वन्धमा सहमति जुट्न सकेको छैन तर कुनै एउटा व्यपारीको रोक्का रकम फुकुवा गर्न भने लोकमान र खिलराजको नियुक्ती प्रकरणमा झै अभूतपूर्प राष्ट्रिय सहमति जुट्लाजस्तो देखिदै छ । झण्डै ३ अर्ब २९ करोड ३ वर्षदेखि राष्ट्र बैंकले रोकेर राखेको छ । ०७० सालदेखि यसरी रोक्का रकम भित्रिने बाटो खोल्न प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकका गर्भनर चिनन्जीवी…विस्तृत समाचार »

प्रहरीका एसएसपी हेड क्वार्टरबाटै पक्राउ

काठमाण्डौ -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ । खत्रीलाई  आईतबार दिउसो प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । उनि पछिल्ला एक महिनादेखि हेडक्वार्टरको जगेडामा थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट साढे ३३ किलो सुन बरामद गरेको थियो। खत्रीले विमानस्थलमा तस्करहरुसंग मिलेर अवैध रुपमा सुनको…विस्तृत समाचार »

बिम्स्टेकको बैठक भोलिदेखि काठमाण्डौमा सुरु हुने

काठमाण्डौ-   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक भोलिदेखि हुँदैछ । बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौं संयुक्त कार्यदलको बैठक भोलि, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ आयोजना गरेको हो । भोलि र पर्सि हुने संयुक्त कार्यदल र उच्च पदाधिकारी तयारी बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय…विस्तृत समाचार »

थ्रीजी भन्दा १० गुणा उच्च गतिको फोर जी सेवा सुरु

काठमाण्डौ-  नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा फोर जीको औपचारिक सुरुआत गरेको छ । आइतबार राजधानीको होटल सोल्टीमा एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले उक्त सेवाको शुभारम्भ गरे । टेलिकमका अनुसार अब टेलिकमका ग्राहकले ३२ दशमलब ४ एबीपीएसको स्प्रिटमा इन्टरनेट उपयोग गर्न पाउने छन् ।  टेलिकमका अनुसार चार वर्षअघि वितरण भएका सिमकार्डमा उक्त सेवा चल्दैन । यद्यपि पूरानो सिम दिएर नयाँ लिने व्यवस्था मिलाइएको…विस्तृत समाचार »

नेपालीसंग भएका भारु नसाटिने सम्भावना बढ्यो

काठमाण्डौ- नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ । नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो । भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ । भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन । नेपाल राष्ट्र बैंकका डेपुटी…विस्तृत समाचार »

वन सिध्याउँदै केएल दुगड

काठमाण्डौ -कालोबजारीको अभियोग लागेका केएल दुगड समुहले राज्यको नियम कानुनलाई धोती लगाउँदै वनक्षेत्र संकटमा पार्नेगरी उत्खनन गर्दै आएको छ । नाकाबन्दीको मौका छोपी धारा तेललाई डबल मूल्यमा बिक्री गरी कालो बजारी गरेको दुगड समुहले नेपालको हरियो वन नै ध्वस्त बनाउन थालेको छ । अतालतमा मुद्दा खेपिरहेका सो समुहले अहिले ललितपुर नल्लु खोला स्थित चुनढुंगा निकाल्न वन अतिक्रमण गर्दै आएको हो । धादिङमा यूनाईटेड सिमेन्ट उत्पादन…विस्तृत समाचार »

नेपालवाट यसरी हुदैछ चिनमा डलरको तस्करी ?

काठमाण्डौ- नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन् । चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको स्रोतले बतायो । ‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’ नेपाली व्यवसायीले पनि चीनबाट हुने…विस्तृत समाचार »

५५ करोडमा बिक्यो सीता एयर

काठमाण्डौ- आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए ।…विस्तृत समाचार »

अपराधी पक्रने प्रहरी, पैसा कुम्ल्याउने कर्मचारी

काठमाण्डौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार अदालतद्वारा एकएक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाण्डुमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्को प्रतिवेदन बनायो । जसमा पक्राउ गर्नेको सूचीमा अदालतका कर्मचारीको समेत नाम थपियो । अदालतले तोकेको सात लाख ३१ हजार…विस्तृत समाचार »

नबिल बैंकलाई अवार्ड

काठमाडौंः  नबिल बैंक लिमिटेड ‘तेस्रो न्यु बिज बिजनेस कन्क्लेभ तथा अवार्ड २०१६’ मा ‘सर्वोत्कृष्ट वाणिज्य बैंक’ अवार्डबाट सम्मानित भएको छ । गत शुक्रबार उद्योग तथा वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई अवार्ड हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव रहेको बताएका छन् । उनले विषम आर्थिक…विस्तृत समाचार »

बिचार

आईजीपी नियुक्ती र विगतको विचौलीयाको हरकत

कसैको विरोध वा समर्थन होईन यर्थात अनुभूति हो, नागरिको वहुमतको भोटवाट जितेका नेता र सरकारले गरेको निर्णय विरुध्द गएन तर मेरो कमजोरी होईन र नामर्दी पन होईन । जन्म घर त मेरो पनि सुपक्षे हो ! आज कीन सुपक्षेको नाम गासीयो ? अचम्मै लाग्यो ! सुरक्षा सेवा देशको हो राजनैतिक लाभका अर्थ र चर्चाको पनि अनुसन्धान हुन पर्दछ । सक्षम र सवल भएकोले एआजी हुदा सम्म घुष खुवाउनु परेन, मिर्ठाइ र हुस्की लीएर चाही गए वढुवा पछि । सवैै नेता, सवै प्रहरी वदमास छैनन तर उत्तरदायी विधिको सुशासनको खडेरी छ।अदालत कीन गईएन त्यसको वारेमा चर्चा पछि गर्ने छु समय सन्दर्भमा । यर्थात पस्किन भाषा शव्द केलाउनु नपर्ने महशुस गरेर लेखको रचनाक्रम ख्याल नगरी प्रस्तुत गरे आफ्नै फेशवुकमा किनकी ठूला पत्रिका छपाउन समय, सम्वन्ध, स्रोत वढी लाग्ने हुदा र सेन्सर हुदो रहेछ । लेखाईएका खवर टिप्पिणी रातारात छापिन्छन । ईतिहास लेखि सकेको हुन्छ । यो आवेस वा कुण्ठा होईन ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई खुल्लापत्र

अहिले तपाईंकै अहंकारका कारण नेपाल प्रहरीभित्र आईजीपी चयन प्रक्रिया रमिता जस्तो भएको छ । आईजीपी विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । अपराधीलाई कानुनको कठघरामा पु¥याउने प्रहरी स्वयं नै न्याय माग्दै अदालतको ढोका ढक्ढकाउनु परेको अवस्था छ । नेपाल प्रहरीमा विगतदेखि नै राजनीतिकरणले विकृति निम्त्याएको थियो नै । यो पटक कांग्रेसका गृहमन्त्री रहेका विमलेन्द्र निधिले वरीयता र कार्यकुशलताका आधारमा निर्णय गरौँ भन्दा क्षेत्रीयतालाई काखी च्याप्ने तपाईंको निर्णयले गर्दा प्रहरीमा चेन अफ कमाण्ड कायम गर्ने गरिमा जुन नेपाली कांग्रेसले पाउने थियो त्यो पनि गुमेको छ । अझ सुरक्षा निकायमा अनावश्यक हस्तक्षेप र भागबण्डाको राजनीतिले जनतामा कांग्रेसको साख गिरेको छ ।

महत्वपूर्ण वेबसाइट

Top