अर्थ

नेपालवाट यसरी हुदैछ चिनमा डलरको तस्करी ?

काठमाण्डौ- नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन् । चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको स्रोतले बतायो । ‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’ नेपाली व्यवसायीले पनि चीनबाट हुने…विस्तृत समाचार »

५५ करोडमा बिक्यो सीता एयर

काठमाण्डौ- आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए ।…विस्तृत समाचार »

अपराधी पक्रने प्रहरी, पैसा कुम्ल्याउने कर्मचारी

काठमाण्डौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार अदालतद्वारा एकएक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो । सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाण्डुमा प्रतिवेदन बुझायो । तर, अदालतले मंगलबार नै अर्को प्रतिवेदन बनायो । जसमा पक्राउ गर्नेको सूचीमा अदालतका कर्मचारीको समेत नाम थपियो । अदालतले तोकेको सात लाख ३१ हजार…विस्तृत समाचार »

नबिल बैंकलाई अवार्ड

काठमाडौंः  नबिल बैंक लिमिटेड ‘तेस्रो न्यु बिज बिजनेस कन्क्लेभ तथा अवार्ड २०१६’ मा ‘सर्वोत्कृष्ट वाणिज्य बैंक’ अवार्डबाट सम्मानित भएको छ । गत शुक्रबार उद्योग तथा वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई अवार्ड हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव रहेको बताएका छन् । उनले विषम आर्थिक…विस्तृत समाचार »

चीन प्रवेशका लागि ‘मल्टी इन्ट्री’ भिसा दिने तयारी

काठमाडौं - रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरिएको छ । हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ । काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो । यो नाकाबाट गत वर्षदेखि आयातनिर्यातका लागि नाका औपचारिक रुपमा सञ्चालनमा गरिएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।…विस्तृत समाचार »

दोहोरो कर मुक्ति सम्बन्धी छलफलमा जुटे सार्क क्षेत्रका राष्ट्रहरु

काठमाण्डौ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौतासम्बन्धी तीनदिने गोष्ठी सोमबारदेखि यहाँ सुरु भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले सोमबार उद्घाटन समारोहमा उनले विश्वव्यापीकरणको युगमा वित्तीय कारोवारले ल्याएका अवसर र चुनौतीको सम्बोधन गर्न सरकार र निजी क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए । सार्क मुलुकका राम्रा अभ्यासका साथै समस्याको आदानप्रदानले कर छली तथा वित्तीय अपराध…विस्तृत समाचार »

नेपालमा अन्तर्राष्ट्रिय सहकारी महासंघको साधारणसभा हुँदै

काठमाण्डौ- अन्तराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा यही असार २८ देखि ३० गतेसम्म काठमाण्डुमा हुने भएको छ । हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २५० जनाको सहभागिता रहने बताइएको छ । कृषि सहकारीको विकास सञ्जालले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सभामा जडीबुटी, मह र चिसो पानीको माछा ट्राउटसम्बन्धी छलफल हुने र भारत र फिलिपिन्सबाट…विस्तृत समाचार »

सेयर बजार घट्यो

काठमाडौ–कारोवारका हिसावले साताको अन्तिम दिन आज सेयर बजार १।३६ अंकले घटेको छ । दिनभर १ सय ४२ कम्पनीको २३ लाख २७ हजार ४ सय ६४ कित्ता सेयर किनवेचवाट एक अर्व ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बीमा समूह, बिकास बैंक, फाइनान्स र अन्य समूहको सूचक वृद्धि भएपनि बैंकिङ र जलविद्युतको भने घटेको छ…विस्तृत समाचार »

क्रसर उद्योगलाई वैधानिकता दिनुपर्ने माग

पोखरा - गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घले क्रसर उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन हुने गरी वैधानिकता दिन माग गरेको छ । संघको पत्रकार सम्मेलन गरी सरकारले क्रसर उद्योगलाई पटके उद्योगको रुपमा लिएको र छ वर्षसम्म पटक(पटक किस्ताबन्दीका रुपमा म्याद थप गर्नु परेको जनाएको छ । उक्त म्याद यही असार मसान्तमा सकिने भएकाले लगानी गरेको पुँजी जोखिमयुक्त तथा तिनमा आश्रित नागरिकको रोजीरोटीसमेत गुम्ने भन्दै सङ्घले वैधानिकताका लागि…विस्तृत समाचार »

वैदेशिक रोजगार अभिमुखीकरणको प्रमाणपत्र किनबेचको धन्दामा महासङ्घकै अध्यक्ष

काठमाडौँ -वैदेशिक रोजगार अभिमुखीकरण महासङ्घकै अध्यक्ष वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने धन्दामा लागेको खुलेको छ । श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा वैदेशिक रोजगार विभागले अनुगमन गर्दा महासङ्घका अध्यक्ष पूर्णबहादुर मल्लको बसुन्धरामा रहेको सुनगाभा ओरियन्टेसनले तालिमबिना नै प्रमाणपत्र दिने गरेको भेटिएको हो । मन्त्रालय र विभागको टोलीले अनुगमन गर्दा अध्यक्ष मल्लको सुनगाभा ओरियन्टेसन ट्रेनिङ सेन्टरसहित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व सदस्य…विस्तृत समाचार »

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top