अर्थ

नेपालमा अन्तर्राष्ट्रिय सहकारी महासंघको साधारणसभा हुँदै

काठमाण्डौ- अन्तराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा यही असार २८ देखि ३० गतेसम्म काठमाण्डुमा हुने भएको छ । हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २५० जनाको सहभागिता रहने बताइएको छ । कृषि सहकारीको विकास सञ्जालले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सभामा जडीबुटी, मह र चिसो पानीको माछा ट्राउटसम्बन्धी छलफल हुने र भारत र फिलिपिन्सबाट…विस्तृत समाचार »

सेयर बजार घट्यो

काठमाडौ–कारोवारका हिसावले साताको अन्तिम दिन आज सेयर बजार १।३६ अंकले घटेको छ । दिनभर १ सय ४२ कम्पनीको २३ लाख २७ हजार ४ सय ६४ कित्ता सेयर किनवेचवाट एक अर्व ७५ करोड ४४ लाख ६ सय २० रुपैयाँको सेयर कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बीमा समूह, बिकास बैंक, फाइनान्स र अन्य समूहको सूचक वृद्धि भएपनि बैंकिङ र जलविद्युतको भने घटेको छ…विस्तृत समाचार »

क्रसर उद्योगलाई वैधानिकता दिनुपर्ने माग

पोखरा - गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घले क्रसर उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन हुने गरी वैधानिकता दिन माग गरेको छ । संघको पत्रकार सम्मेलन गरी सरकारले क्रसर उद्योगलाई पटके उद्योगको रुपमा लिएको र छ वर्षसम्म पटक(पटक किस्ताबन्दीका रुपमा म्याद थप गर्नु परेको जनाएको छ । उक्त म्याद यही असार मसान्तमा सकिने भएकाले लगानी गरेको पुँजी जोखिमयुक्त तथा तिनमा आश्रित नागरिकको रोजीरोटीसमेत गुम्ने भन्दै सङ्घले वैधानिकताका लागि…विस्तृत समाचार »

वैदेशिक रोजगार अभिमुखीकरणको प्रमाणपत्र किनबेचको धन्दामा महासङ्घकै अध्यक्ष

काठमाडौँ -वैदेशिक रोजगार अभिमुखीकरण महासङ्घकै अध्यक्ष वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिमबिना नै अभिमुखीकरण तालिमको प्रमाणपत्र दिने धन्दामा लागेको खुलेको छ । श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा वैदेशिक रोजगार विभागले अनुगमन गर्दा महासङ्घका अध्यक्ष पूर्णबहादुर मल्लको बसुन्धरामा रहेको सुनगाभा ओरियन्टेसनले तालिमबिना नै प्रमाणपत्र दिने गरेको भेटिएको हो । मन्त्रालय र विभागको टोलीले अनुगमन गर्दा अध्यक्ष मल्लको सुनगाभा ओरियन्टेसन ट्रेनिङ सेन्टरसहित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पूर्व सदस्य…विस्तृत समाचार »

कर नतिर्ने आन्तरिक राजस्व कार्यालयको कालो सूचीमा

चितवन - आन्तरिक राजस्व कार्यालय, भरतपुरले स्वयम् कर घोषणा गरेर पनि कर नतिर्नेहरुलाई कालो सूचीमा राखेको छ । उनीहरुको रु २३ करोड ५४ लाख राजस्व बक्यौता रहेको छ । कार्यालयका प्रमुख टीकाराम भुसालका अनुसार, स्वयम् कर घोषणा गर्ने दुई हजार १८२ जनाले कर तिरेका छैनन् । तिनीहरुमध्ये रु एक लाखभन्दा माथि कर बक्यौता रहेका २३७ जना र रु एक लाखभन्दा कम बक्यौता भएका एक हजार…विस्तृत समाचार »

बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता

काठमाडौँ -आर्थिक वर्ष २०७३÷२०७४ को बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगकी सदस्य डा सुमित्रा अमात्यले बजेटको प्राथमिकताका विषयमा रासससँग कुरा गर्दै “बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ, पूर्वाधार नै विकासको आधार भएकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको हो”– भन्नुभयो । पूर्वाधारको निर्माण सुरक्षित र वातावरणमैत्री हुने आयोगले जनाएको छ । संरचनागत क्षमता…विस्तृत समाचार »

सेयर विश्लेषक भट्टराईको नयाँ कृति सार्वजनिक

काठमाडौ -पुँजी बजारका अध्ययनकर्ता तथा अनुसन्धानकर्ता रवीन्द्र भट्टराईको नयाँ कृति ‘सेयरबाट करोडपति’ सार्वजनिक गरिएको छ ।  पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने लेखक भट्टराई, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष गोकर्ण अवस्थी र साहित्यकार अमर न्यौपानेले संयुक्त रुपमा सो कृतिको आज लोकापणर् गर्नुभएको हो । कार्यक्रममा सेजन अध्यक्ष अवस्थीले सार्वजनिक पुस्तकमाथि टिप्पणी गर्दै साना तथा सुरुमा सेयर बजारमा लगानी गर्न चाहनेलाई…विस्तृत समाचार »

आर्थिक सर्वेक्षण :- ऊर्जा क्षेत्रको प्रगति सामान्य

काठमाडौ -सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको चालु आवको आर्थिक सर्वेक्षणमा ऊर्जा क्षेत्रमा भने उल्लेख्य प्रगति नभएको पाइएको छ । एक वर्षभित्र विद्युत्भार कटौतीलगायतका कार्यक्रम सार्वजनिक गरेको सरकारले सो क्षेत्रमा विशेष जोड दिएको बताए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ । तर केही विषयमा भने सरकारले आफ्ना प्रगतिलाई स्पष्टरुपमा सार्वजनिक गरेको छ । चालु आवको आठ महिनामा उपभोक्ताको घरमा पु¥याउने विद्युत् वितरण लाइन क्रमशः बढ्दै…विस्तृत समाचार »

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top