बिचार

सिलवाल, सिपाही, सेल्फी र श्रृजना

रवि धामी विहीबार दोस्रो चरणको निर्वाचनकालागी उम्मेदवारहरुको मनोनयन दर्ताकालागी निर्वाचन आयोगले तोकेको दिन थियो । सयम सिमा थियो विहान १० देखि सांजm ५ बजेसम्मको । त्यहि मेसोमा पछिल्लो समयमा चर्चित एउटा अनुहार नेपाली पोसाकमा गालाभरि फुलमाला भिरेर दिउसो करिव १ बजे ललितपुरको लगनखेलमा गाडिबाट ओर्लियो । उनि आउनु अघि नै उपस्थित भिडले नारा लगायो ललितपुर जिल्ला लालकिल्ला । त्यहि परिचित अनुहारले सवैलाई मुठ्ठी कसेर अभिवादन…विस्तृत समाचार »

नवराज सरलाई पत्र

शर्मिला खड्का दाहाल नवराज सर तपाईंको कथा म लेख्छु । तपार्इंले फेसवुकमा कतै भावुक भएर मेरो जीवन यात्राको कथा कस्ले लेख्छ भन्ने कुरा पढेपछि मैले केही लेख्ने सोच बनाएँ । तपाईँको यति लामो जीवनमा घटेका घटनाका बारेमा मलाई केही थाहा छैन । मात्र तपाईंको लामो जीवनको छोटो प्रसङ्ग जुन प्रसङ्ग मसँग, समाजसँग र देशसँग जोडिएर आएको छ, ती बारे सानो आँखीझ्यालले देखेको कुरा लेख्दै छु…विस्तृत समाचार »

किन सफल हुँदैनन् गृहमन्त्री ?

नवराज मैनाली काठमाडौं -घटना एक वर्षअघिको हो । धनुषाको फुलगामा गाउँमा सम्पत्तिको विवादमा दाजु–भाइबीच कुटाकुट भयो । रामचन्द्र रायले दाइ इन्द्रकान्तलाई मरणासन्न हुनेगरी कुटे । घटना प्रहरीमा पुग्यो र रामचन्द्र पक्राउ परे । दाजुभाइबीचको सो झगडाले यति ठूलो रूप लियो कि त्यसले धनुषाका तत्कालीन एसपी रामदत्त जोशीकै सरुवा गरायो । किनकि, सामान्य घटना भए पनि त्यसमा पहुँचवाला व्यक्तिको चासो थियो । त्यसको ठीक दुई साताअघि…विस्तृत समाचार »

सेनालाई सधैँ शंका किन ?

डा प्रेमसिंह बस्न्यात जनता जनार्दन। सबैभन्दा बलिया जनता हुन्। त्यसपछि देशको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र आमसञ्चार माध्यम हुन्। नेपालको परिप्रेक्ष्यमा रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाले राष्ट्रसेवक कर्मचारीकै रूपमा अरूसरह जागिरे भई काम गरेको छ। यो संस्थाका जागिरेहरू पनि नेपाली समाजका गरिबदेखि धनी वर्ग र सबै जातका इच्छुक र योग्य नागरिकले सेनामा काम गर्दै आएका छन्। बाइसे चौबीसे राज्य सबैको सैनिक इतिहास उत्खनन गर्न नसके तापनि विसं…विस्तृत समाचार »

गोःरा पर्व र यसको उत्पत्ति

किसन सिह धामी नेपालको परम्परागत जातीय, भाषिक र सांस्कृतिक व्यावहारिक स्वच्छता, सामाजिक सद्भाव र संस्कृतिका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज  अनपेक्षित मोडतिर  जानेगर्छ । भाषा र जातीय गौरवका विशिष्ट पहिचानको  पुस्तान्तरण गरेर संरक्षण तथा संवद्र्धन गर्नाले मात्र नेपालको भाषा, साहित्य, कला र संस्कृतिको पहिचान हुने गर्दछ । जुन वर्तमानको आवश्यक्ता हो । नेपालमा मनग्य जातजाति र धर्मावलम्बीहरु हिन्दु, बौद्ध, इसाई, मुस्लीम, जैन आदि…विस्तृत समाचार »

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

उदाउँदो नेपाली गणतन्त्रको सर्वोच्च प्रतीकका रूपमा शीतल निवासमा सात वर्ष बिताएका पहिलो राष्ट्रपति डा रामवरण यादव यतिखेर एकान्तवासमा छन्। प्रोस्ट्रेट क्यान्सरको शल्यक्रियापछि कहिले जनकपुर, कहिले ललितपुरमा स्वास्थ्यलाभ गरिरहेका उनीसँग पहिलेजस्तो व्यस्त सेड्युल छैन । राष्ट्राध्यक्षको भूमिकाबाट निवृत्ता भएको करिब दुई वर्ष पुग्दै गर्दा उनले आफूलाई प्रतीकात्मक नै सही, देखिने भूमिकामा उभ्याउन सकिरहेका छैनन्। उनलाई कसरी राष्ट्रको बृहत्तार स्वार्थमा उपयोग गर्ने भन्नेमा राजनीतिक नेतृत्वले सायद सोच्न…विस्तृत समाचार »

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

श्रीप्रसाद प्रसाईं लोकतन्त्र स्थापना भएपछि आफैं मुलुकको सर्वेसर्वा भएकोले जे गर्दा पनि अरूका लागि मान्य हुन्छ भन्ने अहंतावादी दृष्टिकोण नेतामा विकसित हुँदै आयो । कानुनभन्दा माथिको ठान्ने शंकुचित मानसिकताले नेतालाई स्वेच्छाचारी बनाउँदै ल्यायो । यसैकारण राज्य संयन्त्रका सबै निकायलाई नेताले आफ्नै स्वेच्छाचारी प्रवृत्तिबाट सञ्चालन गर्न थाले । कानुनभन्दा नेताको मौखिक आदेश व्यवहारमा प्रभावकारी बन्दै आएपछि ऐन कानुनहरू कागजमै मात्र सीमित हुन पुगे । कानुनको प्रयोग…विस्तृत समाचार »

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

खड्गजीत बराल प्रहरी इन्स्पेक्टर भएको दुई वर्ष पनि बित्न पाएको थिएन, डीएसपीमा बढुवा भएँ । बढुवापछिको पहिलो पोस्टिङ भैरहवा भयो । मन त्यसै रोमाञ्चित भएर आयो । किन किन भैरहवाको नाम लिनासाथ मेरो मनले अपनत्व महसुस गर्छ । त्यहाँका जनता र मुलुकका अन्य भूभागका जनता मेरा लागि समान हुन् । तर, मनको एउटा कुनामा कतै त्यो ठाउँ र त्यहाँका जनतासँग विगतमा जोडिएको सम्बन्ध र अपनत्व…विस्तृत समाचार »

सुटुक्क आए सुटुक्क जांदैछन, दाङमा थिती बसाएर

गोविन्द खड्का तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठका हत्यामा संलग्न भनिएकाहरु असार २७ सम्म धेरै प्रहरी नियन्त्रणमा परे । केहीबाहेक मुख्य योजनाकार पक्राउ गर्न प्रहरी सफल भयो । त्यसलाई आम नागरिकले चमत्कार भनेका छन् । सुन्ने जतिबाट प्रहरीले वाहवाही पाएको छ । ‘यति सफल प्रहरीलाई पटकपटक असफल बनाउने प्रयास गरिन्छ । प्रहरी फेल बनाउनेहरु अपराधी बचाउनमै लाग्छन् । तिनलाई ठीक पार्ने उपाए पनि प्रहरीले पत्ता लगाए समाज…विस्तृत समाचार »

पुरिएका प्रहरीको चिन्ता कसले गर्ने ?

 वसन्तराज कुँवर हालै चितवनमा बाटो खुलाउँदा दुई प्रहरीको मृत्यु भएको र दुई जना हराइरहेको समाचार सुनेँ । गहिरो दुःख लाग्यो । म एसपीको रूपमा सुर्खेतमा कार्यरत रहँदा एसएलसीको जाँचको प्रश्नपत्रहरू लिएर गएका प्रहरीहरू एम्बुसमा परे र ६ जनाको मृत्यु भयो । त्यस मृत्यु हुनेमा मेरो बडीगार्ड पनि थिए । त्यस दिन म खुब रोएँ । मध्यपश्चिमका पहाडी जिल्लाहरूमा एम्बुसमा परी मारिएका प्रहरीहरूको शव हेलिकप्टरमा लोड…विस्तृत समाचार »

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top