बिचार

६१ वर्ष बुढो म प्रहरी ऐनको पिडा

म हुँ नेपाल प्रहरी ऐन २०१२, अहिले म ६१ वर्षको भएँ । ५२ घुस्सा, ५३ हण्डर खाँदै आज म इतिहासको गम्भीर मोडमा उभिरहेको छु । मेरो जन्म कसरी भयो भन्ने एउटा लामो इतिहास नै छ । यस कालखण्डमा मैले कतिको भविष्य बनाएँ, कतिलाई डुबाएँ, कतिलाई खुशी गराएँ, कतिलाई रुवाएँ, कतिलाई जेलमा सडाएँ । त्यसको लेखाजोखा गर्ने हो भने लामै महाभारत बन्छ । म नेपालमा जन्मिँदा…विस्तृत समाचार »

आईजीपी प्रकरण र राजनीति

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेपछि बरियता मिचिएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् र उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश पनि दिइसकेको छ । विवादास्पद प्रहरी महानिरीक्षक नियुक्तिमा पहिलो बरियताका सिलवाललाई नै बनाउनुपर्ने र चारजना डीआईजी उत्तिकै हकदार भएकाले सरकारले उनीहरूमध्येबाट…विस्तृत समाचार »

परदेशबाट एउटा बिन्ति :- सरकार आममानिसको पक्षमा वकालत गर

सीमा पोखरेल धेरैजसो समय राजनीतिसँग सम्बन्धित मुद्दाहरूले मेरो ध्यान आकर्षित गर्दैनन, किनभने राजनीति एउटा फोहोरी खेल हो । नेपाल, मेरो जन्मभूमीमा सरकारी भ्रष्टाचार फैलिएको छ र सरकारका सबै तहमा व्याप्त छ । राजनीति गर्नेहरू सधैँ आफ्नो एजेन्डा ल्याउँछन्, अनि आमजनताको आवाज र भलाइमाथि राल काढ्छन् । वर्षौं यता इमान्दार र मात्र जनसेवक देखापरेका छन्, जो जनताका पक्ष तथा नेपाली समाजको भलोका लागि देखिन्छन्, तर यी…विस्तृत समाचार »

आईजीपी नियुक्ती र विगतको विचौलीयाको हरकत

डा ठाकुरमोहन श्रेष्ठ कसैको विरोध वा समर्थन होईन यर्थात अनुभूति हो, नागरिको वहुमतको भोटवाट जितेका नेता र सरकारले गरेको निर्णय विरुध्द गएन तर मेरो कमजोरी होईन र नामर्दी पन होईन । जन्म घर त मेरो पनि सुपक्षे हो ! आज कीन सुपक्षेको नाम गासीयो ? अचम्मै लाग्यो ! सुरक्षा सेवा देशको हो राजनैतिक लाभका अर्थ र चर्चाको पनि अनुसन्धान हुन पर्दछ । सक्षम र सवल…विस्तृत समाचार »

कांग्रेस सभापति शेरबहादुर देउवालाई खुल्लापत्र

जीवन भट्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्यू, ७० वर्षभन्दा लामो इतिहास भएको नेपाली कांग्रेस परिवारको सदस्यको हैसियतले मेरो तपाईंलाई अन्तिम जय नेपाल । शेरबहादुर देउवाज्यू, तपाईं सायद डडेल्धुराको असीग्राममा बाल्यावस्थामै हुनुहुन्थ्यो होला । त्यतिबेला मेरो हजुरबुबा देशमा प्रजातन्त्रको निम्ति लडिरहनुभएको थियो । हजुरबुबाको देहावसानपछि मेरो बुबाले पनि कांग्रेसमार्फत देशका लागि कति लड्नु भयो र कति समस्या झेल्नुभयो । यतिसम्म कि आफू यो धर्तीबाट बिदा…विस्तृत समाचार »

पुर्व प्रधानमन्त्रीज्यु प्रहरीको आइजी बनाउन क्षेत्रियता हैन योग्यताको पहिचान गर्नुस !

राधाकृष्ण देउजा वर्तमान प्रहरी प्रमुख सेवा अवधिको कारण सेवा निवृत हुन अत्यन्त थोरै दिन बाँकी रहेको हुनाले अब कुनै पनि समयमा नेपाल प्रहरीको नया प्रमुख को हुने भन्ने विषयमा टुंगो लाग्नु पर्ने हो तर निर्णय गर्नुपर्ने दिन नजिकिदै जाँदा आइजीपी छनोटको विषयमा अनेकन कुराहरु सुनिदै आएका छन l आइजीपी छनोट हुन कानुनत योग्यता पुगेकाहरुले आफु आइजीपी हुनुपर्छ भनेर स्वाभाविक सक्रियता देखाउनु एउटा कुरा हो तर…विस्तृत समाचार »

किन् रोकियो प्रहरी महानिरीक्षकको नियुक्ती ? नेतृत्व चयनवारे के भन्छन् सुरक्षाविदहरु ?

रोशन खड्का काठमाण्डौ–उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी सुरक्षा निकायमा चेन अफ कमाण्ड र वरियता मिच्न नहुने पक्षमा देखिएका छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीमा नया नेतृत्व चयनवारे सत्तारुढ दलका शिर्ष नेताहरुविच छलफल चलिरहदा निधीले भने वरियतालाई नमिच्ने अडान लिएका हुन । एमाओवादी र नेपाली कांग्रेसको गठवन्धन वन्नुमा निर्णायक भुमिका खेलेका निधीले पछिल्लो समय गृह प्रशासन पनि राम्रो चलाएको यस क्षेत्रका जानकारहरु बताउछन् । नेपाली…विस्तृत समाचार »

यस्तो व्यक्ति हुनुपर्छ नेपाल प्रहरीको प्रमुख ?

 राधाकृष्ण देउजा प्रहरीको ऐन नियमवालीको सम्वन्धमा कुनै नयाँ निर्णय नभएमा अवको केही सातामा नेपाल प्रहरीले नया आइजीपी पाउने छ । शान्ती सुरक्षाको विश्वसनीयता कस्तो छ भन्ने आधारमा मुलुकका सवै क्षेत्रको सफलता वा असफलता निर्धारण हुने हुनाले प्रहरी संगठनको नेतृत्व छनोटको विषय सार्वजनिक चासोको विषय हुने गरेको छ । विद्यमान प्रहरी ऐन र नियामावलीको आधारमा हाल प्रहरी सेवामा सेवारत रहेका प्रहरीका जुनसुकै एआइजीपीहरु वा डीआइजीपीहरु मध्येबाट…विस्तृत समाचार »

यसकारण आईजिपीका हकदार हुन सिलवाल ?

-धनबहादुर पुरी नेपाल प्रहरीमा अहिले आईजीपी को बन्ला रु भन्ने विषयले सरगर्मी बढाएको छ । वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि सकिएसँगै नयाँ आईजीपीका लागि दौडधूप सुरु भएको छ । अर्यालको म्याद सकिएपछि नेपाल प्रहरीले २५औँँ आईजीपी पाउनेछ । नेपाल प्रहरीको अबको आईजीपी को बन्छ भन्ने चासो प्रहरी संगठनभित्र र बाहिर बढ्न थालेको छ । प्रहरी प्रमुख आईजीपी अर्याल अवकास हुने मिति नजिकिँदै गर्दा आईजीपी हुने…विस्तृत समाचार »

भारतले बुझिदिनुपर्छ : नेपालको छिमेकमा चीन पनि छ

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध,…विस्तृत समाचार »

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top