बिचार

यसकारण आजै खारेज गरौं भारतको यो प्रस्ताव

- रोशन खड्का अन्र्तराष्ट्रिय सुरक्षा क्षेत्रमा पछिल्लो बखत डाइम (DIME)  भन्ने सैनिक शब्दाली निकै प्रचलित छ ।  डाईम (DIME) अर्थात डिप्लोमेसी, (कूटनीति) इनफरमेशन, (सूचना) मिलिटरी (सेना) र इकोनोमी (अर्थतन्त्र) । यी चार शब्द कुनै पनि राष्ट्रको जीवनमा महत्वपूर्ण खम्बा हुन् । भन्नैपर्ने हुन्छ नेपालको कूटनीतिक पहलकदमी धेरै कमजोर भइरहेको छ । सूचनामा राज्यको पकड छैन । आर्थिक क्षेत्र धरासायी छ । सैन्य क्षेत्रलाई पनि कमजोर…विस्तृत समाचार »

नेपालमा नयाँ राष्ट्रवादको खोजी-सन्दीप राना

अमेरिकाको चुनावी परिणामले नयाँ नेतृत्व सामुन्ने आएको छ । डोनाल्ड ट्रम्पको अमेरिकी नयाँ राष्ट्रपतिमा भएको चयनलाई संसारभरका राजनीतिक पण्डितले नयाँ राष्ट्रवादका रूपमा हेरेका छन् । यद्यपि, विश्व समुदायलाई उदारवाद र अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिने अमेरिकामा लोकप्रिय नेतृ हिलारी क्लिन्टनलाई पछि पार्दै चर्को राष्ट्रवादको नारासँग ट्रम्प चुनिनु कुनै संयोग मात्र होइन । आधुनिक समयमा राष्ट्र(राज्यको परिकल्पना तथा उदारवादी विचारको उदय युरोपमा भएको थियो । आज उही…विस्तृत समाचार »

खोइ नेपालको प्रतिरक्षा नीति ? - डा. प्रेमसिंह बस्न्यात

राष्ट्रको संविधान, राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा नीति नै देश बनाउने र देश जोगाउने दस्तावेज हुन् । देशले मानेको संविधान तथा जनताले स्वीकारेको राष्ट्रिय स्वार्थलाई देश र विदेशमा समेत लागु गर्नका लागि ‘सहकार्यमा एकता’ होस् भनेर राष्ट्रिय सुरक्षा नीति बनाइन्छ । राष्ट्रिय सुरक्षा नीति भनेको देश भित्रबाट भइरहेको र हुनसक्ने चुनौती र बाह्य हस्तक्षेपको विश्लेषण गरेर त्यसको सामना गर्नका लागि देशको विकास र देश बचाऊ…विस्तृत समाचार »

दक्षिण एसियाको भूराजनीति र नेपाल

नेपालको भूराजनीतिक अवस्था बुझ्न अहिलेको ग्लोबल विश्वव्यापी, रिजनल क्षेत्री० र लोकल स्थानीय ट्रेन्डलाई हामीले सूक्ष्म रूपमा हेर्नु जरुरी छ । ग्लोबल परिप्रेक्षमा तीनवटा विषय छन् स् ग्लोबलाइजेसन, ग्लोबल वार्मिङ अनि ग्लोबल वार एन्ड टेरर । यसबाट अहिले कुनै पनि मुलुक अछुतो छैन । क्षेत्रीय भूराजनीतिमा जोखिम र अवसरको अवधारणा आ–आफ्नो हिसाबले तय हुन्छन् । भूराजनीतिक जोखिम जोखिमका हिसाबले हेर्ने हो भने हामी संसारका दुईवटा सबैभन्दा…विस्तृत समाचार »

यसरी गर्न सकिन्छ दुर्गम क्षेत्रमा सार्वजनिक सेवाको प्रभावकारीता ?

सृजना तिवारी, सरकारले जनतालाई शान्ति सुरक्षादेखि लिएर न्याय, टेलिफोन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनात्मक, नियमनकारी, कृषि जस्ता विविध क्षेत्रमा सेवा पुरयाउदै आइरहेको छ, जसलाई सार्वजनिक सेवा भनिन्छ । राज्यको उदयसंगै नागरिकहरुलाई सेवा सुविधा प्रदान गर्न विभिन्न सेवा प्रवाह गर्ने संयन्त्र (service delivary mechanism) को व्यवस्था भएको पाइन्छ । यस्ता विविध संयन्त्र मध्ये अड्डातन्त्र (bureaucracy) नागरिक सेवा प्रवाह गर्ने प्रमुख वैधानिक संयन्त्र एवं राष्ट्रको मेरुदण्ड…विस्तृत समाचार »

शक्तिको दम्भ :- देश कानूनको शासनको अम्मली भैसक्यो

सुवोधराज प्याकुरेल ०४३ सालमा सगरमाथा अंचलाधिशले राजबिराज बाट आदेश दिएछन्, त्यो प्याकुरेललाई चुर्खुय्राएर ल्याउनु । अलिदिन राजबिराज जेलमा थन्क्याउनु। मान्छे बौद्धिक छ तर ख़तरनाक।हातमा हतकडी र खुट्टामा नेल हालेर हिँडाएर उदयपुर जेल चलान गर्नु। आदेश मुताबिक बिराटनगरमा बसेको मलाई मेरो पुर्ख्यौली जिल्लामा राजकाज बिरुद्ध षड्यन्त्र गरेको अभियोगमा सोही बमोजीम जेलहरु चलान गरियो। आधा बाटो पुगेपछि जेलका कर्मचारी र प्रहरीले जे पर्ला भनेर हत्कडी फुकालीदिए। क़रीब…विस्तृत समाचार »

आईजीपी साहेव बयानका लागी तपाई पनि अख्तियार किन नधाउने ?

– रवि धामी, एउटा असक्षम व्यक्तिको हातमा सुरक्षा निकायको बागडोर सुम्पदा अघिल्लो वर्ष सशस्त्र प्रहरी वलले ईतिहासकै क्षती बेहोर्नु पर्यो । एउटा इन्जिनियर जसले फिल्डमा कुनै कमाण्ड गरेको छैन, संगसंगै कमाण्ड गर्ने नौ महिना तालिम समेत नगरेको  व्यक्तिलाई तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो गृहजिल्लाको वासिन्दा भएको नाताले प्राविधिक व्यक्ति कोषराज वन्तलाई अर्धसैनिक वलको कमाण्डर बनाए । वन्तले सोच्दै नसोचेको पद हत्याएपछि संगठन नै आफ्नो…विस्तृत समाचार »

घयूका ग्यालिन संग सांटिएको खाकी रंगको पाइन्ट र आकासे सर्टको त्यो गौरा

राजेन्द्र नाथ ती दिनहरुमा हाम्रो विद्यालयको पोसाक, खाकी रंगको पाइन्ट र आकासे सर्ट हुन्थ्यो । बर्षको एकपटक सिलाइन्थ्यो, त्यो पोसाक । गौराको बेलामा । नयाँ लुगा भनेकै, त्यही । गाउँको सिरानमा काटछाट गरेर मिलाए जस्तो एकनासे सल्लेरी बन थियो । त्यसका बीच–बीचमा केही सालका सुलुत्त परेका बोट । सल्लेरी वन नाघेपछि भिरालो डाडामा विद्यालय टाढै टल्कन्थ्यो, मालिकार्जुन प्राबि तेलीगाउँ । साता अघिनै बगाले हेड सरले…विस्तृत समाचार »

उहिलेका प्रचण्ड अहिलेका प्रचण्ड

रवि धामी नेकमा माओवादीको  जनमुक्ति नेता नेपालका सुप्रिमो समेत रहेका तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डसंग धेरै प्रयासपछि मकवानपुरमा पहिलो पटक साक्षात्कार गर्ने अवसर मिलेको थियो । घटना हो ०६३ जेठ १४ गते । अन्नपूर्ण पोष्ट दैनिकका प्रवन्ध सम्पाद श्री आचार्यकासाथ भुमिगत प्रचण्डको अन्तरवार्ता लिन हामी  काठमाण्डौबाट मकवानपुरको हेटौडा तिर लाग्यौ । हामीलाई प्रचण्ड भेटाउन हेटौडा सम्म पुग्न भनेर आप्का हाउसले उपलब्ध गराएको एउटा गाडिमा फोटो…विस्तृत समाचार »

यसरी गरियो डिआईजीको समाचार लेख्दा पत्रकारलाई १५ लाखको वदनामी

मदन भण्डारी- विगत केही हप्तादेखि नेपाल प्रहरीका डीआईजी जयबहादुर चन्दले गरेका वदमासी तथा अनियमितताको विषयमा   निरन्तर फलोअप समाचार प्रकाशित हुँदै आइरहेको सम्पूर्ण पाठक महानुभावहरु विदितै छ । व्यक्तिगत रुपमा भन्नुपर्दा डीआईजी चन्दसँग मेरो सम्बन्ध पनि राम्रै हो भन्नुपर्छ । उनी अञ्चल प्रहरी कार्यालय भेरीको प्रमुख (एसएसपी) हुँदा नेपालगञ्जको कारकादो चोकमा अवस्थित होटेल सिद्धार्थ भ्युको स्विमिंग पुलदेखि सुरु भएको मित्रताको सम्बन्ध आजका दिनसम्म पनि कायम छ…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top