बिचार

स्वार्थी मिलाप ! कपटी विलाप !

-गोपाल बुढाथोकी नेपाली राजनीतिमा अहिले देखिएको दुईटा विचित्र तमासा हो–देउवा र प्रचण्डको मिलन र दुईभाई राप्रपाको एकीकरण नाटक । नेपालमा दलीय राजनीति सुरु भएको पछिल्लो करीब तीन दशक नियाल्ने हो भने राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र कोही हँुदैन भन्ने चर्चित भनाई नेपाल देशमा गजबैसंग पुष्टि हुन्छ । नेपाल देशमा यो भनाई पुष्टि गर्दै राजनीति चाहिं अनैतिकताको बाटो हँुदै रसातालतर्फ लम्कँदो छ । शेरबहादुर देउवा…विस्तृत समाचार »

चीन र आसियानबीच साझेदारी किन ?

डिङ गङ यसै महिनाको सुरुतिर दक्षिण चिनियाँ सागरसम्बन्धी मध्यस्थताको परिणाम आएयता पहिलोपटक बसेको आसियान विदेशमन्त्रीहरूको ४९औँ बैठक मंगलबार लाओसको भियन्टियनामा सम्पन्न भएको छ । चार वर्षअघि क्याम्बोडियाको राजधानी नोमपेनमा भएको दृश्य यस वर्ष दोहोरिएन । क्याम्बोडियाले २०१२ मा आयोजना गरेको बैठकमा विदेशमन्त्रीहरू अप्रत्यासित रुपमा संयुक्त विज्ञप्ति जारी गर्न असमर्थ भए किनकि दक्षिण चिनियाँ सागरको विवाद वक्तव्यमा समावेश गर्नुपर्छ भन्ने फिलिपिन्सको प्रस्तावमाथि क्याम्बोडियाले आपत्ति जनायो ।…विस्तृत समाचार »

ओली कसरी राष्ट्रवादी ?-कृष्णबहादुर महरा

संविधान निर्माणका लागि केन्द्रित भएर हामीले ०७२ जेठमा गरेको १६ बुँदे सहमतिका आधारमा हामीले नेकपा ९एमाले० का तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेर सरकार निर्माण गरेका थियौँ । हामीले त्यसवेला पनि सहमतिको अत्यधिक प्रयत्न गरेका थियौँ । अन्त्यमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले आफैँ उम्मेदवारी दिएपछि पूर्ववत् सहमतिअनुसार हामीले ओलीलाई सहयोग गरेका हौँ । विगतका निर्णयजस्तै त्यो पनि हाम्रो स्वतन्त्र निर्णय थियो ।…विस्तृत समाचार »

नक्कली चिकित्सकले उन्मुक्ति पाउँदैनन्: डिआईजी सिलवाल

नेपाल प्रहरीले नक्कली चिकित्सकमाथि कारबाही अभियान थाल्दा यसको जालो यति धेरै जेलिएको होला भन्ने अनुमानै थिएन । मुलुकको समग्र स्वास्थ्यक्षेत्र विकृत पार्ने गरी मौलाइरहेको ‘नक्कली प्रमाणपत्रधारी’ को बिगबिगीविरुद्ध प्रहरी सक्रियताले समाज तरंगित छ, यतिखेर । त्यस्ता चिकित्सकलाई कानुनी कारबाही निष्कर्षसम्म पुग्ने–नपुग्नेमा चासो पनि उत्तिकै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली शैक्षिक प्रमाणपत्र भिरेर आमजनताको स्वास्थ्यसँग खेलबाड गरिरहेकामाथि ‘अप्रेसन क्वाक’ अन्तर्गत निगरानी थालेको…विस्तृत समाचार »

प्रहरीको अवकाशनीति सच्याउनुपर्छ

नवराज ढकाल प्रहरी अधिकारीले किन जागिर छाडिरेहका छन् र कसले जागिर छाडिरहेका छन् भन्ने कुरालाई तीन–चारवटा फ्रेमबाट हेर्नुपर्छ । जागिर छाड्नेमध्ये केही मिडकरिअरमा पुगेका सिनियर अफिसरहरू छन् त केही उच्च तहका । तल्लो तहका पनि उत्तिकै छन् । जागिर छाड्नेमा मिडकरिअरमै रहेका असई, सई, इन्स्पेक्टर, तथा डिएसपीहरू छन् । जागिर छाड्नेमा उनीहरूको संख्या ठूलो छ । त्यस्तै, एसपी, एसएसपी तथा डिआइजी तहका उच्च प्रहरी अधिकारीले…विस्तृत समाचार »

एआईजीपी साहेव ! यो त अति भएन र

रवि धामी सुरक्षा निकायमा चेन अफ कमाण्डको महत्व पहिलो प्राथमिक्तामा पर्दछ । नेपाल मात्रै होईन विश्वका जुनसुकै मुलुकका सुरक्षा निकायमा भर्ना हुने व्यक्तिले पहिलो सपथ खान्छ कि म मेरो देश र संगठनको हितविपरित कहिले पन जानेछैन, आफु भन्दा माथिकाले दिएको आदेश पालना गर्ने छु, अह्राएको काम आफ्नो वल विवक र क्षमताले भ्याए सम्म पुरा गर्ने छु । गल्ति गरेको पाइए कानुन अनुसार सहुला । त्यहि…विस्तृत समाचार »

सुरक्षा निकायमा शुक्रबारे खड्को ?

रवि धामी काठमाण्डौ -नेपाली यतिहासमा शुक्रबारको विशेष महत्य छ । नेपाली ईतिहासमा दर्ज बिभिन्न घटनाहरु शुक्रबारका दिन पटक पटक दोहरिएका छन । सम्भवत ०७३ जेठको पहिलो शुक्रबार पनि उथलपुथल निर्णय गर्ने गरेर आएको छ । त्यो निर्णय यो पटक नेपालका दुई सुरक्षा निकायमा एकै पटक लागु हुने गरि खतराका रुपमा देखिएको छ । सकारले दुबै संगठनका आईजीहरुलाई एकै पटक हटाएर शुक्रबारे ईतिहास दोहर्याउन शुक्रबार रोजेको…विस्तृत समाचार »

गुप्तचर प्रमुखले पदीय मर्यादा भुलेपछि

रोशन खड्का कुनै पनि देशको गुप्तचर निकायले कार्यकारी सरकारलाई प्रत्यक्ष सहयोग गर्ने भएकोले यसलाई कार्यकारी मातहत राख्ने गरिन्छ । नेपालमा पनि राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय मातहत रहेको छ । यसले राज्यको सार्भभौमसत्ता, अखण्डता र राष्ट्रहित बिपरीतका क्रियाकलाप, बिदेशी जासूसी गतिबिधि, बैदेशिक चलखेल, धार्मिक–राजनीतिक अतिवाद र संबिधान बिरोधी तत्वका गतिबिधि समेतको सूचना गोप्य रुपमा संकलन गर्छ । यो सूचना सरकारलाई उपलब्ध गराउने जिम्मेवारी दिइएको हुन्छ ।…विस्तृत समाचार »

थप उपचारका लागि केपी ओली विदेश जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दायाँ हात सुन्निने समस्या नरोकिएपछि फलोअप उपचारका लागि एक-दुई दिनभित्रै बैंकक जाने तयारी भएको छ । उनी विदेश गएका बेला उपाध्यक्ष वामदेव गौतम एमालेको कार्यबाहक अध्यक्ष बन्नेछन् । ओलीनिकट स्रोतका अनुसार हातमा संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो । शुरुमा कोरिया जानेबारेमा कुरा उठे पनि बैंकक नै जाने तय भएको स्रोतले जनाएको छ । अध्यक्ष ओली पूरा…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top