नया समाचार

सशस्त्रमा ६ एआईजीको सरुवा, प्रशासनमा सिनियर एआईजी शाही

काठमाडौं– गृहमन्त्रालयले सशस्त्र प्रहरी वल नेपालका ६ जना एआईजीहरुको सरुवा गरेको छ । गत मंगलवार बसेको मन्त्रीपरीषदको बैठकले एआईजीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा एआईजीहरु  प्रेम शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबावु थापा, र रामशरण पौडेल रहेका छन । विभागको निती अनुसार वरिष्ठ एआईजी प्रेमकुमार शाहीको प्रसाशन विभागमा सरुवा भएको छ । यस अघि उनको ठाउमा चौथो वरियताका युनियर  पुष्पराम केसि थिए…विस्तृत समाचार »

चुनौतिपुर्ण जिम्मेवारी लिदै महिला,रसुवामा सिडियो र सहायक सिडियो दुबै महिला

काठमाण्डौ -रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी दुवै महिलालाई जिम्मेवारी दिइएको छ । गृहमन्त्रालयले गत बुधबार गरेको सिडियो सरुवामा उपसचिव हिरादेवी पौडेललाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । उनलाई माओवादी निकट कर्मचारी संगठनले रसुवाको लागी सिफारीस बताइएको छ । उनिसंग तत्कालिन संचारमन्त्री राम कार्कीको स्वकिय सचिवको रुपमा काम गरेको अनुभव समेत रहेको छ । पौडेलले रसुवाको ३६…विस्तृत समाचार »

मन्त्रालयका काममा असहयोग गरेको भन्दै गृह सचिव रेग्मी हटाईदै, नयां सचिवकालागी को को छन लबिगंमा

काठमाडौं– मन्त्रालयका काममा असहयोग गरेको भन्दै गृहसचिव लोकदर्शन रेग्मीलाई गृहमन्त्रालयबाट हटाउने भएको छ । मन्त्रालय मातहतका महाशाखाहरुका प्रमुख फेरिएसंगै गृहमन्त्री जनार्दन शर्माले काममा सहयोग गरेको भन्दै रेग्मी हटाउने तयारी थालेका हुन । मुख्यसचिवको दाबेदार समेत रहेका सचिव रेग्मीलाई तत्कालिन गृहमन्त्री विमलेन्द्र निधीले गृहमन्त्रालयमा ल्याएका थिए ।  गृहमन्त्री निधीलाई पनि काममा असहयोग गर्दै आएका रेग्मीलाई त्यहि बेला बुढानिलकण्ठसंगको सम्बन्ध भत्काउनमा पनि भुमिका खेलेको आरोप छ ।…विस्तृत समाचार »

नेपाल प्रहरीका एक सय ९० डिसपीको सरुवा, ९३ को पदस्थापन सुचीसहित

काठमाण्डौ -लामो रस्सा कस्सिकाबिच प्रहरी मुख्यालयले बुधबार मध्य राती दुई सय ८३ जना डिएसपीहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा एक सय ९० डिएसपीहरु रहेका छन भने ९३ डिएसपीको पदस्थापन गरिएको हो । सरुवा हुने डिएसपी हरु मध्ये तिलक भारती दरवारमार्ग, भुपेन्द्र खत्रीको राष्ट्यि प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, जनक शाही जिप्रका दार्चुला, आभुषण तिमिल्सिना महानगरिय प्रहरी वृत चापागाउ रहेको छ । डिएसपी भुपेन्द्रको…विस्तृत समाचार »

अकुत कारबाहीमा अख्तियार असफल, १९ विरुद्ध अकुतमा मुद्दा

यम विरही काठमाडौं - भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको करिब चारवर्षे कार्यकालमा अकुत सम्पत्तिमा १७ कर्मचारी र दुई राजनीतिकर्मीमाथि छानबिन भएको छ । अकुतको कारबाहीका लागि अख्तियारले राजनीतिक तहमा हात हाल्न असफल भएको…विस्तृत समाचार »

दाङकी पहिलो महिला प्रहरी प्रमुख दुर्गा सिँह चन्दले सम्हालिन कार्यभार, पहिलो पटकमै आयो कडा निर्

काठमाण्डौ- दाङ जिल्लाको पहिलो महिला प्रहरी प्रमुख एसपी दुर्गा सिँह चन्दले आफ्नो कार्यभार सम्हालेकी छन । उनले  सोमवार वेलुकीबाट जिल्लाको सुरक्षा कमाण्ड सम्हालेकि छिन । मंगलबार विहान जिल्ला प्रहरी कार्यालयमा प्रहरी कर्मचारीहरुलाई पहिलो पटक निर्देशन संवोधन गरेकि छिन । दाङ जिल्लाका बिभिन्न प्रहरी ईकाईहरुको नेतृत्व गर्ने डिएसपीदेखि असईसम्मका प्रहरी कर्मचारीलाई बोलाएर उनले आम सर्वसाधाहरणको सुरक्षाकालागी दत्त चित्त भएर लाग्न निर्देशन दिएकि थिईन । हामी जनताका…विस्तृत समाचार »

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक सय २३ पुग्यो, ३५ जना वेपत्ता

काठमाण्डौ -बाढीपहिरो तथा डुवानबाट मृत्यु हुनेहरुको संख्या एक सय २३ पुगेको छ भने अझै ३५ जना वेपत्ता रहेका छन् । गृहमन्त्रालयका अनुसार देशका विभिन्न भागमा बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । बाढीपहिरोबाट ३५ जना वेपत्ता रहेको र ३९ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार तथा वेपत्ताको खोजीमा जुटेका छन्…विस्तृत समाचार »

काठमाण्डौ र ललितपुरका दुई डिआईजी अचानक हेडक्वार्टरमा, एसएसपी र एसपीलाई जिम्मेवारी

काठमाण्डौ -प्रहरी प्रधान कार्यालय नक्सालले महानगरिय प्रहरी परिसर काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुखहरुलाई बुधबार अचानक मुख्यालयमा फिर्ता बोलाएको छ । फिर्ता बोलाईनेमा डिआईजीद्धय छविलाल जोसि र ठूले राई छन । दुबै जनालाई सरकारले यस अघि नै डिआईजीमा बढुवा गरि सकेको छ । बढुवा गरेर फुली लाई सकेको अवस्थामा मुख्यालयले पद्स्थापना नभएसम्मकालागी सबै अधिकारीहरुलाई हाल कायम रहेको स्थानमा हाजिर हुन भनेको थियो । स्रोतका अनुसार आईजीपी…विस्तृत समाचार »

सिलवाल हराउने सेटिङ मिलि सक्यो भन्दै रमण

काठमाडौं- प्रचण्ड सरकारका पालामा नियुत्ती भएका महान्याधिबक्ता रमणकुमार श्रेष्ठले सोमबार पदबाट राजीनामा दिएका छन् । पुष्पकमल दाहल प्रचण्डसँगै राजिनामा दिनु पर्ने श्रेष्ठले भरतपुर काण्ठ र आईजी काण्ड जिताउने ठेक्का लिएपछि उनलाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि निरन्तता दिन लगाएका थिए । आईजी काण्ड राम्रोसँग बुझेको भन्दै उनलाई प्रचण्डको अनुरोधमा देउवाले निरन्तर्ता दिएका हुन् । नेपाल डेमोक्रेटिक लिएर एसोसिएशनमा सक्षम कानुन व्यवसायी नै नभएको झै प्रधानमन्त्री…विस्तृत समाचार »

नेपाल प्रहरीमा ३० वर्षे सेवा किन सधैं विवादमा ?

काठमाडौ -नेपाल प्रहरीमा ३० वर्षे सेवाहद सम्बन्धि  विवाद फेरी उत्कर्षमा पुगेको छ । संघीय प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयमा अन्तिम चरणमा पुगिरहेको बेला ३० वर्षेका पक्षधर र विपक्षी प्रहरीहरुबीच शक्ति संघर्ष सुरु भएको छ । केही प्रहरी अधिकारीहरु तत्काल ३० वर्षे हटाउनुपर्ने पक्षमा लागेका छन् भने केही रोक्न लागेका छन् । गृहमन्त्री फेरिनासाथ ३० वर्षे सेवा हदका विषयमा कुरा उठ्नुले ३० वर्षे सेवा हटाउने र…विस्तृत समाचार »

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top