नया समाचार

मोटरसाइकलको साइलेन्सरभित्र भेटियो १७ किलो सुन

काठमाडौं– काठमाडौं प्रहरीले शनिबार बालाजुबाट १७ किलो सुन बरामद गरेको छ । प्रहरी स्रोतकाअनुसार रसुवाको केरुङ नाका हुदै काठमाडौं भित्रिएको उक्त सुन बालाजु बाइपासबाट वरामद भएको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । प्रहरीले सुन सहित सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई समेत पक्राउ गरेको छ । काठमाडौं प्रहरी सुरक्षा व्यवस्थामा कडाई गरेपछि चेकजाचका क्रममा उक्त सुन बरामद…विस्तृत समाचार »

हाई प्रोफाईल गुण्डा समिरमान सिंह बस्नेत पक्राउ

काठमाडौं– निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत पक्राउ परेका छन्। उनि पछिल्लो समयमा नेपाल प्रहरीको हाई प्रोफाईल गुण्डाको सुचीमा थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी को टोलीले उनलाई भारतमा पक्राउ गरेको हो।गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। पक्राउमा परेका बस्नेतलाई प्रहरीले काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।विस्तृत समाचार »

समीरमानसिंह बस्नेतले भने शेयरको रकम फिर्ता नहुदा गौचनको हत्या गरे

काठमाडौ -निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य आरोपी समीरमानसिंह बस्नेतलाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले आरोपी बस्नेतलाई चितवनबाट पक्राउ गरी ल्याएको जानकारी दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि नै गौचन हत्यामा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरिसकेको छ । व्यवसायी गौचनलाई हत्या गर्नुको प्रमुख कारण लेनदेन रहेको प्रहरीले जानकारी दिएको छ…विस्तृत समाचार »

सुनाकोठीमा प्रचण्डले भने ललितपुरका तीन वटै निर्वाचन क्षेत्र गठबन्धको लालकिल्ला

काठमाडौं  -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले ललितपुरका तीन निर्वाचन क्षेत्र वाम गठबन्धको लालकिल्ला भएको समेत बताएका छन । शनिबार ललितपुर क्षेत्र नम्बर ३ सुनाकोठीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले ललितपुरलाई चीनको बेइजिङको संज्ञा दिँदै भने, ‘नेपालका लागि ललितपुर चिनियाँ कम्युनिस्टका लागि बेइजिङ जस्तै हो। एउटा सानो भुलचुकले एकपटक पराजित हुनुपरे पनि यो हाम्रो लालकिल्लै हो।’…विस्तृत समाचार »

नवराज सिलवालको चरित्र हत्या गर्न फेरि प्रयोगको हतियार बनाईदै गुनबहादुर थापा (प्रमाणसहित)

रवि धामी काठमाण्डौ -स्वार्थमा मान्छे विरुद्ध मान्छेको प्रयोग । यहि प्रयोगमा परेका छन चितवनका गुनबहादुर थापा । उनलाई एक वर्ष अघि अर्थात २०७३ मा नेपाल प्रहरीका तत्कालिन डिआईजी हाल एआईजी जयबहादुर चन्दले प्रयोग गरेका थिए भने अहिले तिनै थापालाई नेपाल सरकारका अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले प्रयोगमा ल्याएका छन । एक वर्ष अघि एक नम्वरमा रहेका र आईजीपीका मुख्य दाबेदार नवराज सिलवाललाई आईजीपी हुन नदिन…विस्तृत समाचार »

विमलेन्द्र निधिको योजनामा सिरहा जेलमा सारिए जनकपुर बम काण्डका सञ्जय टक्ला, जेलबाटै एफएममा अन्तरवार्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री विमलेन्द्र निधिको योजनामा जनकपुर बम काण्डका मुख्य दोषी  सञ्जय साह उर्फ टक्ला सिरहा जेलमा सारिएका छन । राजधानीको डिल्लीबजार सदरखोर जेलमा रहेका टक्लालाई आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई ध्यानमा राखेर निधीको योजनामा गृह जिल्ला सिरहा कारागारमा सरुवा गरिएको हो । मधेशमा आन्दोलनका क्रममा जेलबाट भाग्ने योजना बनाएको सुचना आएपछि प्रहरीले गत भदौमा उनको सिरहाबाट काठमाण्डौ…विस्तृत समाचार »

निर्वाचन आयोगबाट भयो ठूलो खुलासा :- अध्यादेशबाट नेपाल प्रहरी भित्र ३० वर्षे हटाएर डिजी बनाउने तयारीमा सरकार

काठमाण्डौ- काम चलाउ शेरबादुर देउवा सरकारले नेपाल प्रहरी भित्र ठूलो फेरबदलको तयारी गरेको छ । पहिलो चरणको निर्वाचन सकिएको र दोस्रो चरणको निर्वाचन आउन एक साता मात्रै बाकिं रहेको अवस्थामा सरकारले नेपाल प्रहरी भित्र ठूलो फेरबदलको कसरत गरेको खुलासा भएको छ । उसले लोक सेवा आयोगलाई मोहडा बनाएर अध्यादेश मार्फत  प्रहरीको संरचना परिवर्तनको तयारी गरेको स्रोतको दाबी छ ।  यस विषयको खुलासासंगै प्रधानमन्त्री देउवाले प्रहरी…विस्तृत समाचार »

सशस्त्र प्रहरी वलका चार पुर्व आईजीपीसहित ११जना विरुद्धको भ्रष्टाचार मुद्दाको पेसि विशेष अदालतमा

काठमाण्डौ -सशस्त्र प्रहरी वलका चार पुर्व आईजीपीसहित ११ जना विरुद्धको भ्रष्टाचार मुद्दाको पेसि उपर बुधबार विशेष अदालतमा सुनुवाई हुदै छ । पुर्व आईजीपीहरु बाशुदेव ओली, सनत वस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्त सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ माघ १८ गते भ्रष्टाचार रकम हिनामिना बारे  विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।   बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको १ नम्वर ईजलासमा…विस्तृत समाचार »

बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरीको ज्यान गयो

काठमाण्डौ- दाङको तुलसीपुरमा मंगलबार  बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको ज्यान गएको छ । मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान २ ३० बजे कोहलपुर मेडिकल कलेजमा ज्यान गएको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए । बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार…विस्तृत समाचार »

काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

काठमाडौं -काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस बुधबार बिहान करिब सवा ९ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना पुरुष र २ जना महिला रहेका छन् । नौ जना घाइते भएका छन् । लु२ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका…विस्तृत समाचार »

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top