नया समाचार

मनिषा मृत्यु प्रकरण :- अनुसन्धान थप जटिल

काठमाण्डौ -राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बनेको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष) को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका…विस्तृत समाचार »

कसले चपायो घैंटेको ५० करोेड ?

काठमाडौं  -प्रहरी ईन्काउन्टर मारिएका राजधानीका कुख्यात गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको ५० करोडको सम्पत्ती नेता देखि गुण्डका अन्य सदस्य र ठेकदारलाई अपुताली परेको छ । अवैध कालो धनलाई सेतो बनाउन घैंटेले आफ्नो करोडौ रुपैंया आफू निकटलाई व्यापार व्यवसायी गर्न तथा लुकाउन उनिहरुको नाममा राखेका थिए । जुन एक्कासी घैंटे ईन्काउन्टरमा मारिएपछि उनिहरुलाई आपुताली परेको हो । प्रहरी स्रोतका अनुसार घैंटेका अबैध सम्पत्ती नेता देखि…विस्तृत समाचार »

सुरक्षा संवेदनशीलता र संस्थागत साखलाई हेक्का गर्नुस्– प्रधानसेनापति

काठमाडौ -प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, सङ्गठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई हेक्का गरेरमात्र विचार प्रस्तुत गर्न सङ्गठनसँग जोडिएका सर्जकलाई सजग गराउनुभएको छ । नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउन आज सैनिक मुख्यालयमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्र्दै उहाँले आत्मवृत्तान्तलगायत पुस्तक, लेख रचना तथा अन्तर्वातामा राष्ट्रिय सुरक्षा, सङ्गठनको गोपनीयता र संस्थागत साखलाई सकारात्मक योगदान…विस्तृत समाचार »

धरापमा परे आईजीपी उपेन्द्रकान्त अर्याल !

काठमाडौं -नेपाल प्रहरीमा २०५३ साल दोहोरिने खतरा बढेको छ । उच्च प्रहरी अधिकारी नै आईजीपी फाल्ने खेलमा लागेपछि उपेन्द्रकान्त अर्यालको पद धरापमा पर्ने खतरा बढेको छ । पछिल्लो एक महिनायता प्रहरीमा अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर आफू आईजीपी बन्न एआईजीहरूको दौड चलेको थियो । सात महिनाअघि एमाओवादी नेताहरूलाई हात लिएर प्रचण्ड निकट एआईजीहरुले यस्तो अभियान अघि बढाएको स्रोत बताउँछ । संसदको लेखा समिति सभापति रहेका…विस्तृत समाचार »

प्रहरीमा ‘भाइरस’ डीएसपी

काठमाडौं - सत्य सेवा सुरक्षणमको नारा लिएर प्रहरीमा जागिर खानेले प्रहरीको बर्दीलाई मागि खाने भाँडो वनाएका छन् । यस्ता केही प्रहरीका कारण संगठन नै बदनाम हुन पुगेको छ । पछिल्लो समय प्रहरीका केही अधिकृतले जनताका मन छुने काम गरेर संगठनको शिर उच्च राख्ने काम गरेपनि संगठनमा भाइरसहरुको कमी छैन । एक जना मात्र खराब प्रवित्तिका व्यक्तिको कारण पुरै संगठन बदनाम हुँदै आएको छ । अख्तियार…विस्तृत समाचार »

गृहमन्त्रालयमा हाजिर गर्न किन चाहियो एआईजी ?

काठमाडौं -डीआईजी बढुवा प्रकरणमा सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले जारी गरेको परमादेशको कारण नेपाल प्रहरीमा ताण्डब मच्चिएको छ । बढुवा निर्णयलाई कानुनसम्मत र उचित मान्न नमिल्ने भन्दै सर्वोच्चमा बढुवा पाउन माग गर्दै निवेदन दिने चारै डीआईजीको बढुवा गर्न सरकारको नाममा परमादेश जारी गरेसँगै प्रहरी भित्र ताण्डव सुुरु भएको हो । सरकारको निर्णय कानून बमोजिम छ वा छैन हेरेर फैसाला गर्नु पर्ने…विस्तृत समाचार »

डढेलोका कारण डोटीमा वन सखाप

डोटी -डोटीमा आगलागीका कारण सामुदायिक तथा कबुलियती गरी करिब एक हजार ७४४ हेक्टर वन सखाप भएको छ । जिल्ला वन कार्यालय डोटीका वन अधिकृत बद्रीकुमार कार्कीले दिएको जानकारीअनुसार डोटीका सामुदायिक तर्फका ८५, कबुलियती तर्फका दुई तथा अन्य केही सरकारी वनमा आगलागी भएको छ । वन अधिकृत कार्कीले भन्नुभयो, “आगो निभाउने प्रयास भइरहे तापनि अत्यधिक खडेरी र गर्मीका कारण वन सुक्खा भएको छ, निभाउन सकिएको छैन…विस्तृत समाचार »

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top