नया समाचार

बढुवा भएका चार एआईजीले दुई महिनापछि बल्ल काम पाए

काठमाण्डौ - सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ले बल्ल काम पाएका छन ।  उनिहरुलाई  प्रहरीको बढुवा कसरी पारदर्शी बनाउन सकिन्छ भन्ने वारेमा सुझाव दिने कामको जिम्मेवारी सुम्पिएको हो ।  एआइजी यादव अधिकारी संयोजक रहेको सुझाव समिति कार्यदलमा एआइजीपीहरु परशुराम खत्री , विश्वराज सिंह शाही र सुशीलबर सिंह थापा सदश्य रहेका छन । कार्यदलले प्रहरीे बढुवामा विश्वसनीयता कसरी गर्ने,…विस्तृत समाचार »

हतियार खरिदमा भारतसँग असहमति

पर्शुराम काफ्ले काठमाडौं -नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । नयाँदिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुदानमा हतियार नकिन्ने निर्णय सुनाएको हो । के छ नेपालको प्रस्ताव ? नेपालले हतियारमा पनि सिलिङ तोकेर मात्र अनुदान दिन प्रस्ताव राखेको छ । अहिलेसम्म भारतले आफ्नो हतियारको मूल्य तोक्ने…विस्तृत समाचार »

प्रहरीमा ३० वर्षे सेवाहद हटाउने प्रस्ताव

नवराज मैनाली काठमाडौं -संघीय संरचनामा प्रहरीको ३० वर्षे सेवाहद हटाउने प्रस्ताव गरिएको छ । पूर्वआइजिपी कुवेरसिंह राना नेतृत्वको संघीयतामा प्रहरी पुनर्संरचनासम्बन्धी अध्ययन कार्यदलले उमेर र पदावधिको आधारमा मात्र प्रहरीलाई अवकाश दिने प्रस्ताव गरेको छ । कार्यदलमा पूर्वसहसचिव सुधीर शाह, गृह मन्त्रालयका सहसचिव कृष्ण राउत र चन्द्रबहादुर बुढा  तथा एआइजी सुरेन्द्रबहादुर शाह सदस्य छन् । डिआइजीभन्दा एआइजी तल ? केन्द्रमा गृह मन्त्रालयमातहत नेपाल प्रहरी रहने र…विस्तृत समाचार »

नेपाल प्रहरीमा असईको अन्तिम नतिजा प्रकाशित

काठमाण्डौ - नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि गत असारमा प्रकाशित विज्ञापन अनुसारको अन्तिम नतिजा प्रकाशित गरेको छ । २३ असार, २०७२ मा प्रकाशित विज्ञापन अनुसार विभिन्न परीक्षामा उत्तिर्ण भई अन्तर्वार्तामा सम्मिलित भएका सबै समूहको अन्तिम उत्तिर्ण नतिजा प्रकाशित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उत्तिर्ण उम्मेदवारहरुले आगामी १२ असार आइतबार १० बजे सक्कल नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, तस्वीर…विस्तृत समाचार »

गृहसचिवसँग मुर्मुरिए आइजी !

काठमाडौं -जसलाई अनेक पापड पलेर सहयोग गरियो उसैबाट असहयोग भयो भन्दै नेपाल प्रहरीका आईजी उपेन्द्रकान्त अर्याल अहिले आफ्ना सहयोगी र शुभचिन्तकसँग मुर्मुरिन थालेका छन् ।  गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोेगबाट क्लिन चिट दिलाउन आफूले अनेक पापड पेलेको दाबी गर्दै आईजी अर्यालले आफू निकटसँग गुनासो गरेका हुन् । अख्तियारले गत बर्ष सचिव मलेगो लगायत ६३ उच्चपदस्थ कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको आरोपमा…विस्तृत समाचार »

नेपाल प्रहरीका ६५ जना सई ईन्सपेक्टर बढुवाकालागी सिफारिस को को परे

काठमाण्डौ -नेपाल प्रहरीका ६५ जना नायव निरीक्षक (सई ) निरीक्षक (ईन्सपेक्टर) बढुवाकालागी सिफारिस भएका छन । बढुवा समितिको बुधबार बसेको वैठकले उनिहरुलाई सिफारिस गरेको हो । बढुवा समितिका सदश्य सचिव एआईजी विरेन्द्रबाबु श्रेष्ठका अनुसार प्रहरी नियमाली २०७१ अनुसार बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसको सुची हेर्न तलको लिंकमा जानु होला । https://nepalpolice.gov.np/images/documents/updates/Badhuwa_SI_insp.pdfविस्तृत समाचार »

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

काठमाडौं  -वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई एक साता अघि अस्पताल  भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ०, पार्किन्सोनिज्म, उच्च रक्तचाप…विस्तृत समाचार »

सगरमाथामा भारतीय प्रहरी दम्पतीको कीर्तिमान

काठमाण्डौ -भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ। महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दारद्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका हुन्। मकालु एडभेन्जरबाट गएको आरोही दम्पतीले वसन्त ऋतुको मौसममा गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको थियो। उनीहरुले भारतीय प्रहरीबाट दम्पती आरोहण गर्ने पहिलो र विश्वकै सुरक्षा निकायबाट आरोहण गर्ने पहिलो विश्व कीर्तिमान राखेको जिकिर…विस्तृत समाचार »

घैंटेको सम्पत्ति उडाउँदै गौतम

काठमाडौं  -प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठले थुपारेको कालो धनमा यतिखेर उनका सहयोगीले मोजमस्ती गर्दै आएका छन् । पाँच वर्षदेखि घैंटेको पिछलग्गु भएर हिँडेका हेटौंडाका सन्तोष गौतमले इन्काउन्टरपश्चात् घैंटेको सम्पत्तिमा मोजमस्ती गर्दै आएका छन् । गौतम गत साता अमेरिका पुगेका छन् । सम्पत्ति शुद्धीकरणबाट बच्न घैंटेले करोडौं रूपैयाँको सम्पत्ति गौतमलगायत एक दर्जन बढीको नाममा लुकाएका थिए । स्रोतका अनुसार तीन वर्ष अगाडि…विस्तृत समाचार »

यसरी तहसनहस भयो एउटा पुरानो स्कूल ?

भवानी भट्ट कञ्चनपुर  - वैजनाथ उच्च माध्यमिक विद्यालय कुनै वेला जिल्लाकै उत्कृष्ट विद्यालयमा चिनिन्थ्यो । सदरमुकाम महेन्द्रनगरको यो विद्यालय जिल्लाको पुरानो छँदै थियो, सँगै अब्बल विद्यार्थी उत्पादनमा अग्रणी स्थानमा थियो । कुनै बेला एसएलसीमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमै उत्कृष्ट नतीजा ल्याएबापत दुई पटक ऐश्वर्य विद्या शिल्ड जित्न सफल थियो । केही वर्षयता विद्यालयले आफ्नो यो परिचय गुमाउँदै गएको छ । यतिसम्म कि एसएलसीमा एक÷दुई जना विद्यार्थी…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top