नया समाचार

प्रदेश २ निर्वाचनमा सुरक्षा व्यवस्था कडा, ७० हजार सुरक्षाकर्मी परिचालन

टपेन्द्र कार्की  काठमाडौं - प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी  खटिएका हुन् । उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको समेत सुरक्षालाई ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बारा,  पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १…विस्तृत समाचार »

प्रदेश नम्बर २ को निर्वाचनमा धांधलीको संकेत, निर्वाचन पुर्व देउवा र प्रचण्डले आईजीपी भेटे

काठमाडौं -प्रदेश नम्बर २ मा  हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ७ः२० देखि ७ः४५ सम्म करीब २५ मिनेट गोप्य भेटघाट भएको स्रोतले बताएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहकार्य गरेका दुई पार्टीका शीर्ष नेता…विस्तृत समाचार »

सर्लाहीमा किन चलाए सांसद अमरेश कुमार सिंहका पिएसओले गोली

काठमाण्डौ -सर्लाहीको बलरा ३ मा कांग्रेस र राजपाका कार्यकर्ताबीच विवाद हुँदा गोली चलेको छ । कांग्रेस सांसद अमरेश कुमार सिंहका पीएसओले गोली चलाएका हुन् । घटनामा कोही पनि हताहति भएको छैन । घटना राति करिब ८ बजेतिरको हो । अमरेश नेतृत्वको टोली बलरामा पुगेको बेला राजपाका कार्यकर्ताहरुको टोलीले घेरा हाले । आचारसंहिता लागिसके पनि भोट माग्न गाउँ छिरेको भन्दै राजपाका कार्यकर्ताहरुले अमरेशविरुद्ध नाराबाजी गरे ।…विस्तृत समाचार »

निर्वाचन अघि प्रधानसेनापती राजेन्द्र क्षत्री किन पुगे तराईमा

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री दुई नम्बर प्रदेशकोे सुरक्षा अवस्था वुझ्न तराईका विभिन्न जिल्ला पुगेका छन् । सेनापति क्षत्रीले त्यस क्रममा मध्य र पूर्वी पृतना तथा अन्तर्गत युनिटहरुको निरीक्षण समेत गरेका थिए । दुई नम्वर प्रदेशमा हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रधानसेनापति क्षेत्री  धनुषा जिल्लाको धारापानीस्थित मध्य पूर्वी पृतना, सप्तरी जिल्लास्थित भिमदल गण तथा अन्तर्गत सुरक्षा बेश कल्याणपुर, महोत्तरी जिल्लास्थित फष्ट रैफल गण र…विस्तृत समाचार »

नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरण सम्पन्न

काठमाण्डौ -रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा गत भदौ १८ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरण को शनिबार समापन गरिएको छ । नेपाली सेनाका बलाधिकृत रथी बलदेव राज महतको प्रमुख आथित्यमा सम्पन्न समापन समारोहमा भारतिय सेनाका जनरल जगदीपकुमार शर्मा विशिष्ट अतिथी थिए । प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि संचालन भएको उक्त संयुक्त अभ्यासमा…विस्तृत समाचार »

प्रदेश नम्बर २ का आठ जिल्लामा सडक तथा पुल पुलेसा मर्मत गर्दै नेपाली सेना फोटो फिचरसहित

काठमाण्डौ -प्रदेश नम्बर २ का आठ जिल्ला स्थानिय को निर्वाचनले ताति रहेका बेला नेपाली सेना भने बाढीले क्षतीग्रस्त सडक तथा पुल पुलेसा मर्मत गर्दै हिडेको छ । सैनिक जन सम्पर्क निर्दैशनालयका अनुसार सेनाले अहिलेसम्म ८ वटा जिल्लामा सडक, पुल र कल्भर्ट मरामत तथा स्तरोन्नती गर्ने कार्यको लागि खट्टिएको हो । सैनिक टोलीले जम्मा ४०.६८ किलो मिटर सडक, ३ वटा पुल र २१ वटा कल्भर्टहरु मरामत…विस्तृत समाचार »

सुन तस्करीका मुख्य नाइके भोटेकोसी गाउँपालिका अध्यक्ष, प्रहरीको खोजी सूचीमा

सुन्दर खनाल काठमाडौं -पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको…विस्तृत समाचार »

सशस्त्र प्रहरी वललाई सैन्य ढाँचामा लगिदै, यस्तो छ गृहको तयारी

शम्भु कट्टेल काठमाडौं -अर्धसैनिक बल सशस्त्र प्रहरीको सांगठनिक संरचना र पदावधि नेपाली सेनाको मोडालिटी मा लैजाने गृहकार्य सुरु भएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्षबाट तीन वर्षमा झार्ने र एआईजीदेखि एसपीसम्मको पदावधिसमेत हेरफेर गरी सेनाको ढाँचामा लैजाने गृहकार्य थालेको स्रोतले बताएको छ। गृह मन्त्रालयमा यतिबेला संघीय संरचनामा सशस्त्र प्रहरीको सांगठनिक भूमिका र पदावधिबारे छलफल तीव्र भएको छ । तीनवटै सुरक्षा निकायमा भएको…विस्तृत समाचार »

अन्तर्राष्ट्रिय अपराधी चाल्स शोभराजले केन्द्रिय कारागारमा शुरु गरे भोक हड्ताल !

काठमाडौं - नेपाल सरकार र अदालतले अन्याय गरेपछि अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले जेलभित्रै भोक हड्ताल जारी राखेका छन् । उनले झन्डै दुई सातादेखि भोक हड्ताल जारी राखेका हुन् । तर, उनलाई उपचार गरी शरिरको आवश्यकता पुरा गरिरहेको जनाइएको छ । भर्खरै मुटुको सर्जरी गराएर भक्तपुर जेलमा फर्काइएका विकिनी किलर शोभराजले जेलभित्र भोक हड्ताल गरेको जेल प्रशासनले गुपचुप राखेको छ । नेपालको अदालत र सरकारले अन्तर्रा्ष्ट्रिय…विस्तृत समाचार »

बहुप्रतिक्षित आईजीपी मुद्दामा सात न्यायधिशको फैसला आउदै, प्रकाश अर्यालले देलान त राजीनामा

काठमाडौ - सर्वोच्च अदालतले बहुप्रतिक्षित आईजीपी विवादसम्बन्धी रिटमा आज फैसला सुनाउने भएको छ। तत्कालीन प्रधानन्यायधीश सुशिला कार्की सहित सर्वोच्च अदालतका पाँच न्यायधीश सम्मिलित बृहद् पूर्ण इजलासले दिएको परमादेश विपरीत सरकारले  प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको भन्दै आईजीपीका प्रत्यासी डीआईजी नवराज सिलवालले  २०७३ चैत्र ३० गते सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई सम्पन्न गरी सर्वोच्चले आज आफ्नो फैसला सुनाउने मिति तय गरेको थियो। प्रधानन्यायधीश गोपाल पराजुलीको…विस्तृत समाचार »

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top