नया समाचार

आईजीपी फाल्ने खेलमा एसएसपी रमेश खरेल पनि !

काठमाडौं - नेपाल प्रहरीमा चर्चामा आइरहने ‘सेलिब्रेटी’ एसएसपी रमेश खरेल पनि आईजीपी उपेन्द्रकान्त अर्याललाई फाल्ने खेलमा लागेर विवादमा तानिएका छन् । एक बर्षका लागि पी फोर तहको कमाण्डरको रुपमा सुडानको डार्फर पुगेका खरेल अहिले भने विदामा नेपाल आएका छन् । यहि बेला उनी आईजीपी उपेन्द्रकान्त अर्यालाई फाल्ने खेलमा एआईजी राजेन्द्रसिहं भण्डारीसँग कुम जोडेर नेताहरुकहाँ पुगेको खबर बाहिर आएपछि उनी विवादमा मुछिएका हुन् ।  गत साता…विस्तृत समाचार »

चार एआईजीले बल्ल पाए विभागिय जिम्मेवारी,कसको जिम्मामा के ?

काठमाडौं - सर्वोच्च अदालतको आदेशले गत चैतमा बढुवा भएका चारजना अतिरिक्त महानिरीक्षक (एआइजी) बिहीबार प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन्। यसरी हाजिरहुनेहरुमा एआइजी यादव अधिकारी, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र पर्शुराम खत्री रहेका छन । उनिहरुले विहीबार नै विभागिय कामको जिम्मेवारी पाएका छन । प्रहरी प्रवक्ता डिआईजी हेमन्त मल्ल ठकुरीका अनुसार चुनौतीपूर्ण ठानिएको नेपाल प्रहरीको संघिय संरचनाको ढांचा जिम्मेवारी बनाउने यादव अधिकारीले पाएका छन ।…विस्तृत समाचार »

प्रहरी ऐनको संशोधन मस्यौदा गृहमै अलपत्र

टपेन्द्र कार्की काठमाण्डौ  -प्रहरी ऐनको सेवा अवधिसम्बन्धी प्रावधान संशोधन गर्न गृहकार्य अघि बढे पनि विगत दुई वर्षदेखि सो ऐनको मस्यौदा मन्त्रालयमा अलपत्र परेको छ । ऐनमा प्रहरीको अवकाश र पदावधिसम्बन्धी व्यवस्था समेट्न गृह मन्त्रालयको कानुन महाशाखाले समिति गठन गरेर दुई वर्षअघि नै प्रहरी ऐन २०१२ संशोधन प्रक्रिया अगाडि बढाएको थियो । प्रहरी नियमावलीमै रहेको अवकाशलगायतका महŒवपूर्ण व्यवस्था मन्त्रिपरिषद्ले चाहेअनुसार बारम्बार संशोधन गर्नाले विवाद हुँदै आएकाले…विस्तृत समाचार »

महानगरीय प्रहरी दिवमा क कसले पाए पुरुस्कार ?

काठमाण्डौ- अर्ध न्यायिक अधिकारसहितको अवधाराणा बोकेर जन्माइएको महानगरीय प्रहरीले बुधबार ११ औं वार्षिक उत्सव मनाएको छ । नाम मात्रै फेरिएको ११ वर्षमा अवधाराणामा भने कुनै परिवर्तन भएको छैन । नाम मात्रै फेरियो काम अरु प्रहरी जस्तै रहेको महानगरीय प्रहरीले बुधबार उपत्यकामा उल्लेख्य काम गर्ने प्रहरी कर्मचारीहरुलाई महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पुरुस्कृत गरेका छन । पुरुसकार पाउनेमा महानगरिय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल, महानगरिय प्रहरी परिसर टेकुका…विस्तृत समाचार »

प्रहरी भित्र निशानामा अब को ?

रवि धामी नेपाल प्रहरीका बहालवाला आईजीपी उपेन्द्रकान्त अर्याललाई कार्यकाल सकिनु भन्दा तीन महिनाअघि हटाउने असफलखेल लगभग लगभग असफल बनेपछि सोहि समुहले आर्को खेल शुरु गरेको छ । पछिल्ला करिब डेढ वर्षदेखि प्रहरी मुख्यालयसंग सम्बन्ध बिच्छेद गरेका एआईजी राजेन्द्रसिह भण्डारीको सानो जmुण्डले बनाएको अबको निशानामा छन बहालवाला केहि अधिकृतहरु । स्रोतका अनुसार निशाना नम्बर १ मा छन प्रशासन विभागका एआईजी रमेशशेखर बज्राचार्य । बजा्रचार्यले शुरुदेखि नै…विस्तृत समाचार »

राजेन्द्रसिह भण्डारीको पहिलो निशानामा विरेन्द्रबाबु र प्रतापसिह !!

रवि धामी आफ्नो आईजीपी हुने सपना तुहिएपछि नेपाल प्रहरीका एआईजी राजेन्द्रसिह भण्डारी तल्लो स्तरमा गिरेर आफ्ना विरोधिहरुलाई किनारा लगाउने अभियानमा जुटेका छन । अभियानको पहिलो चरणमा उनले आफ्नै ब्याचका एआईजीद्धय विरेन्द्रबाबु श्रेष्ठ र प्रतापसिह थापालाई निशाना बनाउदै आफ्नो अभियानको शुरुवाता गरेका छन । चोर बाटो प्रयोग गरेर आफु अकुत सम्पत्ती आर्जन गरेको अभियोगबाट क्लिनचिट लिन सफल भएका उनै एआईजी भण्डारीले सोहि बाटो प्रयोग गरेर एआइृजीद्धय…विस्तृत समाचार »

यादव अधिकारीलाई जिम्मेवारी दिउ

काठमाण्डौ -आइजीपी परिवर्तनको हल्लाले  केहि अन्योलमा परेको प्रहरी संगठन आइजीपी परिवर्तन हल्ला मात्रै भएको  प्रधानमन्त्रीको  धारणा वाहिर आएपछि केहि उत्साहित हुँदै गर्दा प्रहरीको मनोवल बढ्ने अर्को काम भएको छ । योग्य , सक्षम र इमान्दार हुँदाहुँदै पनि तत्कालिन अवस्थामा शक्तिमा रहेकाहरुको रोजाइमा नपरेकोले एआइजीपी बढुवामा बन्चित गरिएका र पछि सर्वोच्च अदालतको फैसला अनुसार बढुवा भएका  यादव अधिकारी सहित चार जना एआइजीपीहरुलाइ अन्तत प्रहरी प्रधान कार्यालयमा…विस्तृत समाचार »

गृहमन्त्री ज्यु कलंकित ईतिहास बनाउने खेलमा नलागौं

रवि धामी नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल अबको तीन महिनापछि अनिवार्य अवकास पाएर घर जांदैछन । प्रहरी नियमावलीमा सेवा शुरु गरेको तीस वर्षमा अनिवार्य अवकास पाउने नियम छ । उनिसंगै अवकास पाउनेको सुची लामै छ । वहालवाला एआईजीदेखि केहि डिआईजीहरु पनि सोहि नियम अनुसार अनिवार्य अवकास पाएर घर जांदै छन  । उनिपछि प्रहरी संगठनको नेतृत्व आर्को पुस्ताका नवराज सिलवालले गर्ने छन । उनि सिधै डिआईजीबाटै…विस्तृत समाचार »

आईजीपी र लोकमानबिच कुनै साईनो छैन हेडक्वार्टर

काठमाण्डौ -प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा निलम्बित प्रमुख आयुक्त लोकमानसिंक कार्कीसँग जोडिएर आइरहेका समाचारप्रति प्रहरी हेडक्वाटरले खण्डन गद आपत्ति जनाएको छ। शुक्रबार रातीमात्रै स्वदेश फर्केका आईजीपी अर्यालले शनिबार विज्ञप्ति जारी गरी प्रहरी प्रधान कार्यालयले अविश्वास र भ्रम सिर्जना गर्ने ढंगले पछिल्लो पटक समाचार प्रकाशित गरिएको दाबी गरेको छ। ‘मानवअधिकार र विधिको शासनमा विश्वास गर्ने यस संगठन र संगठनका सदस्यबाट सम्पादित…विस्तृत समाचार »

प्रहरीको आइजीपी परिवर्तन हल्लाका सम्वन्धमा

राधाकृष्ण देउजा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा कर्मथलो बनाएका पत्रकार तथा सुरक्षा मामिलाका विश्लेषक राधाकृष्ण देउजाको कानमा पनि पर्यो नेपालमा आईजीपी परिवर्तनको खेल भईरहेको छ भनेर । सात समुद्र पार बसेर पनि नेपालमा हुने सुरक्षा निकायका बिभिन्न गतिविधिहरुमा कडानिगरानी गरि राख्ने देउजाले आईजीपी परिवर्तनका विषयमा केहि बुंदागत ढंगले विश्लेषण गरेका छन । १ अहिले के कति कारणले आइजीपी परिवर्तन गर्नु पर्ने अवस्था पर्यो  के कति…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top