नया समाचार

प्रधानसेनापति क्षेत्री लेवनान भ्रमणमा जाने

काठमाण्डौ– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री लेवनान भ्रमणमा जाने भएका छन् । लेवनानमा नेपाली सेना, शान्ती स्थापनार्थ लामो समयदेखि खटिरहेको छ । सैनिक स्रोतकाअनुसार सेनापति क्षेत्री मेडल परेट कार्यक्रमको प्रमुख अतिथीका रुपमा सहभागी हुन असार ६ मा लेवनान जान लागेका हुन् । सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले सेनापति क्षेत्रीको लेवनानमा मेडल परेट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पुष्टि गरे । “ प्रधानसेनापति, मेडल परेटमा सहभागी…विस्तृत समाचार »

नेपाल प्रहरीका असईको सईमा र जवानको हवल्दारमा बढुवा को को परे

काठमाण्डौ -नेपाल प्रहरीका सहायक निरीक्षक असई को नायव निरीक्षक सई मा बढुवा भएको छ । मानव स्रोत विभागका अनुसार प्रहरी महानिरीक्षक अध्यक्ष रहेको समितीले विहीबार उनिहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । त्यसैगरि ठूलो संख्यामा जवानको पनि हवल्दारमा बढुवा गरिएको छ । बढुवा भएका सईहरुको सुची हेर्न यो लिंक https://nepalpolice.gov.np/images/documents/updates/asi-si-confirm-2073-03-02.pdf तथा बढुवा भएका हवल्दारहरुको सुची हेर्न https://nepalpolice.gov.np/images/documents/updates/HC-sipharis-suchi-073-03-01.pdfयो लिंकमामा क्लिक गर्नु होला ।विस्तृत समाचार »

सशस्त्रका डिआईजी शैलेन्द्र खनाल र जीतबहादुर पुन एआईजीमा बढुवा

काठमाण्डौ -सशस्त्र प्रहरी वलका डिआईजीद्धय शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबार बसेको वैठकले खनाल र पुनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गहमन्त्री शक्तिबहादुर वस्नेतले खनाल र पुनको बढुवाको पुष्टि गरे । खनाल सशस्त्र प्रहरी वलको प्रवक्ता हुन भने पुन मद्दती सेवा निर्देशनालयको प्रमुख । दुवै जनालाई एआईजीमा बढुवा गर्न बढुवासूची सिफारिस समितीले सिफारिस गरेको थियो…विस्तृत समाचार »

मन्त्रिपरिषद्बाट संविधान कार्यान्वयनको कार्ययोजना पारित

काठमाण्डौ -मन्त्रिपरिषद्को  बैठकले आगामी १० माघ २०७४ भित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन सङ्घीय आयोग गठन गर्ने, भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक निकाय र आयोगका कानुन ल्याउने, कात्तिकमा सङ्घीय संसद्को निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने,…विस्तृत समाचार »

जेल बन्यो अवैध असुलीको ‘अखडा’

भूषण यादव वीरगन्ज - बारा चैनपुरका २५ वर्षीय प्रमोद साह गत जेठ १५ मा गणतन्त्र दिवस अवसरमा पर्साको वीरगन्ज कारागारबाट रिहा भए । असल चालचलन भएको बताउँदै सरकारले उनको आधा कैद मिनाहा गरेको हो । कारागार प्रशासनलाई ४० हजार रुपैयाँ बुझाएर आफू छुटेको उनले बताउने गरेका छन् । सुन व्यवसायीको अपहरण गरी फिरौती लिएको अभियोगमा पुर्पक्षका लागि गत महिना कारागार चलान भएका प्रहरी हवल्दार विनय…विस्तृत समाचार »

बढुवा भएका चार एआईजीले दुई महिनापछि बल्ल काम पाए

काठमाण्डौ - सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ले बल्ल काम पाएका छन ।  उनिहरुलाई  प्रहरीको बढुवा कसरी पारदर्शी बनाउन सकिन्छ भन्ने वारेमा सुझाव दिने कामको जिम्मेवारी सुम्पिएको हो ।  एआइजी यादव अधिकारी संयोजक रहेको सुझाव समिति कार्यदलमा एआइजीपीहरु परशुराम खत्री , विश्वराज सिंह शाही र सुशीलबर सिंह थापा सदश्य रहेका छन । कार्यदलले प्रहरीे बढुवामा विश्वसनीयता कसरी गर्ने,…विस्तृत समाचार »

हतियार खरिदमा भारतसँग असहमति

पर्शुराम काफ्ले काठमाडौं -नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । नयाँदिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुदानमा हतियार नकिन्ने निर्णय सुनाएको हो । के छ नेपालको प्रस्ताव ? नेपालले हतियारमा पनि सिलिङ तोकेर मात्र अनुदान दिन प्रस्ताव राखेको छ । अहिलेसम्म भारतले आफ्नो हतियारको मूल्य तोक्ने…विस्तृत समाचार »

प्रहरीमा ३० वर्षे सेवाहद हटाउने प्रस्ताव

नवराज मैनाली काठमाडौं -संघीय संरचनामा प्रहरीको ३० वर्षे सेवाहद हटाउने प्रस्ताव गरिएको छ । पूर्वआइजिपी कुवेरसिंह राना नेतृत्वको संघीयतामा प्रहरी पुनर्संरचनासम्बन्धी अध्ययन कार्यदलले उमेर र पदावधिको आधारमा मात्र प्रहरीलाई अवकाश दिने प्रस्ताव गरेको छ । कार्यदलमा पूर्वसहसचिव सुधीर शाह, गृह मन्त्रालयका सहसचिव कृष्ण राउत र चन्द्रबहादुर बुढा  तथा एआइजी सुरेन्द्रबहादुर शाह सदस्य छन् । डिआइजीभन्दा एआइजी तल ? केन्द्रमा गृह मन्त्रालयमातहत नेपाल प्रहरी रहने र…विस्तृत समाचार »

नेपाल प्रहरीमा असईको अन्तिम नतिजा प्रकाशित

काठमाण्डौ - नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि गत असारमा प्रकाशित विज्ञापन अनुसारको अन्तिम नतिजा प्रकाशित गरेको छ । २३ असार, २०७२ मा प्रकाशित विज्ञापन अनुसार विभिन्न परीक्षामा उत्तिर्ण भई अन्तर्वार्तामा सम्मिलित भएका सबै समूहको अन्तिम उत्तिर्ण नतिजा प्रकाशित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उत्तिर्ण उम्मेदवारहरुले आगामी १२ असार आइतबार १० बजे सक्कल नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, तस्वीर…विस्तृत समाचार »

गृहसचिवसँग मुर्मुरिए आइजी !

काठमाडौं -जसलाई अनेक पापड पलेर सहयोग गरियो उसैबाट असहयोग भयो भन्दै नेपाल प्रहरीका आईजी उपेन्द्रकान्त अर्याल अहिले आफ्ना सहयोगी र शुभचिन्तकसँग मुर्मुरिन थालेका छन् ।  गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोेगबाट क्लिन चिट दिलाउन आफूले अनेक पापड पेलेको दाबी गर्दै आईजी अर्यालले आफू निकटसँग गुनासो गरेका हुन् । अख्तियारले गत बर्ष सचिव मलेगो लगायत ६३ उच्चपदस्थ कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको आरोपमा…विस्तृत समाचार »

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top