नया समाचार

नेपाल प्रहरीमा असईको अन्तिम नतिजा प्रकाशित

काठमाण्डौ - नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि गत असारमा प्रकाशित विज्ञापन अनुसारको अन्तिम नतिजा प्रकाशित गरेको छ । २३ असार, २०७२ मा प्रकाशित विज्ञापन अनुसार विभिन्न परीक्षामा उत्तिर्ण भई अन्तर्वार्तामा सम्मिलित भएका सबै समूहको अन्तिम उत्तिर्ण नतिजा प्रकाशित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उत्तिर्ण उम्मेदवारहरुले आगामी १२ असार आइतबार १० बजे सक्कल नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, तस्वीर…विस्तृत समाचार »

गृहसचिवसँग मुर्मुरिए आइजी !

काठमाडौं -जसलाई अनेक पापड पलेर सहयोग गरियो उसैबाट असहयोग भयो भन्दै नेपाल प्रहरीका आईजी उपेन्द्रकान्त अर्याल अहिले आफ्ना सहयोगी र शुभचिन्तकसँग मुर्मुरिन थालेका छन् ।  गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोेगबाट क्लिन चिट दिलाउन आफूले अनेक पापड पेलेको दाबी गर्दै आईजी अर्यालले आफू निकटसँग गुनासो गरेका हुन् । अख्तियारले गत बर्ष सचिव मलेगो लगायत ६३ उच्चपदस्थ कर्मचारीमाथि अकुत सम्पत्ति कमाएको आरोपमा…विस्तृत समाचार »

नेपाल प्रहरीका ६५ जना सई ईन्सपेक्टर बढुवाकालागी सिफारिस को को परे

काठमाण्डौ -नेपाल प्रहरीका ६५ जना नायव निरीक्षक (सई ) निरीक्षक (ईन्सपेक्टर) बढुवाकालागी सिफारिस भएका छन । बढुवा समितिको बुधबार बसेको वैठकले उनिहरुलाई सिफारिस गरेको हो । बढुवा समितिका सदश्य सचिव एआईजी विरेन्द्रबाबु श्रेष्ठका अनुसार प्रहरी नियमाली २०७१ अनुसार बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसको सुची हेर्न तलको लिंकमा जानु होला । https://nepalpolice.gov.np/images/documents/updates/Badhuwa_SI_insp.pdfविस्तृत समाचार »

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

काठमाडौं  -वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई एक साता अघि अस्पताल  भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ०, पार्किन्सोनिज्म, उच्च रक्तचाप…विस्तृत समाचार »

सगरमाथामा भारतीय प्रहरी दम्पतीको कीर्तिमान

काठमाण्डौ -भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ। महाराष्ट्र प्रहरीमा कार्यरत हवल्दारद्वय दिनेश चन्द्रकान्त र तरकेश्वरी राठौरले एकै पटक एउटै समयमा सँगै सगरमाथा चढेका हुन्। मकालु एडभेन्जरबाट गएको आरोही दम्पतीले वसन्त ऋतुको मौसममा गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको थियो। उनीहरुले भारतीय प्रहरीबाट दम्पती आरोहण गर्ने पहिलो र विश्वकै सुरक्षा निकायबाट आरोहण गर्ने पहिलो विश्व कीर्तिमान राखेको जिकिर…विस्तृत समाचार »

घैंटेको सम्पत्ति उडाउँदै गौतम

काठमाडौं  -प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठले थुपारेको कालो धनमा यतिखेर उनका सहयोगीले मोजमस्ती गर्दै आएका छन् । पाँच वर्षदेखि घैंटेको पिछलग्गु भएर हिँडेका हेटौंडाका सन्तोष गौतमले इन्काउन्टरपश्चात् घैंटेको सम्पत्तिमा मोजमस्ती गर्दै आएका छन् । गौतम गत साता अमेरिका पुगेका छन् । सम्पत्ति शुद्धीकरणबाट बच्न घैंटेले करोडौं रूपैयाँको सम्पत्ति गौतमलगायत एक दर्जन बढीको नाममा लुकाएका थिए । स्रोतका अनुसार तीन वर्ष अगाडि…विस्तृत समाचार »

यसरी तहसनहस भयो एउटा पुरानो स्कूल ?

भवानी भट्ट कञ्चनपुर  - वैजनाथ उच्च माध्यमिक विद्यालय कुनै वेला जिल्लाकै उत्कृष्ट विद्यालयमा चिनिन्थ्यो । सदरमुकाम महेन्द्रनगरको यो विद्यालय जिल्लाको पुरानो छँदै थियो, सँगै अब्बल विद्यार्थी उत्पादनमा अग्रणी स्थानमा थियो । कुनै बेला एसएलसीमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमै उत्कृष्ट नतीजा ल्याएबापत दुई पटक ऐश्वर्य विद्या शिल्ड जित्न सफल थियो । केही वर्षयता विद्यालयले आफ्नो यो परिचय गुमाउँदै गएको छ । यतिसम्म कि एसएलसीमा एक÷दुई जना विद्यार्थी…विस्तृत समाचार »

सेनापति क्षत्रीद्धारा हवाई प्रतिरक्षा एक फिल्ड फायरिङ्गको निरीक्षण

काठमाडौं - प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको छाउनीस्थित हवाई सुरक्षा निर्देशनालय अन्तर्गतका फौजहरुद्वारा धनुषा जिल्लाको भिमानस्थित आर्टिलरी फायरिङ्ग रेञ्ज ईलाकामा संचालन भईरहेको अभ्यास हवाई प्रतिरक्षा एक फिल्ड फायरिङ्गको निरीक्षण गर्नु भएको छ ।  जंगी अड्डाका अनुसार नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै सकदलर्जाको पेशागत दक्षता अभिबृद्धि गर्ने उद्देश्य अनुरुप संचालित उक्त फायरिङ्ग अभ्यास निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको…विस्तृत समाचार »

जंगलमै टेन्ट राखेर कौडा, दुई महिलासहित आठ पक्राउ

काठमण्डौ -जंगलमा टेन्ट राखेर कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेको नेतृत्वमा गएको टोलीले ३ लाख ७९ हजार रुपैयाँ नगद सहित ८ जनालाई पक्राउ गरेको छ । काभ्रेको नासिकास्थान– १ साँगाको जंगलमा कौडा खेलिरहेका अवस्थामा शनिबार राती दुई महिला सहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रे भैंसेपाटीका विनोद बस्नेत, भक्तपुर कमलविनायकका सागरनाथ लामिछाने, भक्तपुरका बद्री भेले,…विस्तृत समाचार »

जलविद्युत् आयोजना सुरक्षामा सेनाको सट्टा प्रहरी

काठमाडौं – निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको सुरक्षामा नेपाली सेना परिचालन गर्न सकिने पूर्ववर्ती सरकारको निर्णय बदर भएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को विरोधपछि सरकारले जलविद्युत् आयोजनाको सुरक्षामा सेनाको सट्टा प्रहरी र सशस्त्र प्रहरी बल खटाउने निर्णय गरेको स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले स्थानीय र मजदुरले ‘नाजायज माग’ राखेर आयोजना अवरुद्ध पार्न खोजे सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी र सशस्त्र…विस्तृत समाचार »

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top