राजनीति

प्रकाशको लोभीपापी मन !

काठमाडौं- सरकारले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त भएपछि खुशी मनाउदै आएका प्रकाश अर्याल अहिले अदालतको शरणमा पुगेका छन् । तत्कालिन प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालको डिजाइनमा डिआइजी नवराज सिलवाललाई आइजीपी हुनबाट रोक्न सफल भएका प्रकाश अर्याल समूह आइतबार अचानक सर्वोच्च अदालतको ढोकामा रिट निवेदन लिएर पुगे । सिलवाललाई आइजीपी हुनबाट रोक्न जयबहादुर चन्दकै निर्देशन र तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्यालको सल्लाह बमोजिम उनी सर्वोच्चमा पुगेका हुन् । सर्वोच्च…विस्तृत समाचार »

वरियतामा कमल थापा अघि भएपछि निधीले दिए सरकार छाड्ने चेतावनी

काठमाडौं -  मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै  नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए । थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार ९३ चैत० बसेको…विस्तृत समाचार »

नवराज सिलवालको दुखः खेर गयो, सुन तस्कर समात्ने,अदालत धरौटीमा छोड्ने

काठमाण्डौ- विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान भएका छन् । विमानस्थल सुरक्षामा खटिएका एसएसपीसहित चारजना सुनपसले भने धरौटीमा छुटेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । भन्सार चोरीपैठारी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालतल काठमाडौंले एसएसपी श्याम खत्री तथा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई धरौटीमा छाड्ने…विस्तृत समाचार »

माओवादी केन्द्रद्धारा ७ नम्बर प्रदेश बन्दको घोषणा

महेन्द्रनगर -कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको विषयलाई लिएर नेकपा माओवादी केन्द्रले शुक्रबार ७ नम्बर प्रदेश वन्दको घोषणा गरेको छ। नेकपा माओवादी केन्द्र प्रदेश नं ७ प्रचार विभागले विज्ञप्ति प्रकाशित गरेर वन्दको घोषणा गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ कञ्चनपुरको आनन्द बजारमा भएको भारतिय ज्यादती र हस्तक्षेपका विरुद्ध २७ गते प्रदेस नं ७ बन्दको…विस्तृत समाचार »

भ्रष्टाचारमा शुन्य सहनशिलताको निती आफ्नो पहिलो प्राथमिकताः महानिरीक्षक श्रेष्ठ

काठमाण्डौ–नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आर्थीक अनियमितता र भ्रष्टाचारमा शुन्य सहनशिलताको निती आफ्नो पहिलो प्राथमिकता भएको दावी गरेका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा पदबहालीपछि बलका अधिकृत तथा बिल्लादार जवानहरुलाई मंगलवार निर्देशन सम्बोधन गर्दै आईजिपी श्रेष्ठले कल्याणकारी कार्ययोजना,सरुवा बढुवा र मिसनमा समेत अवसरलाई पारदर्शी ढंगले अघि बढाईने बताए । उनले अधिृकत र जवानहरुको हितलाई ध्यानमा राखेर वृतिविकास तथा कल्याणकारी कार्यहरु संचालन गरिने दावी…विस्तृत समाचार »

प्रहरी महानिरीक्षकको हेलचेक्र्याइँका कारण सशस्त्रको ‘माली मिसन’ खारेज

काठमाडौं – अवकाशको मुखमा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको अक्षमता र हेलचेक्र्याइँका कारण संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ माली जान तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बलको एफपीयू मिसन रोकिएको छ । मिसन जानका लागि तयारी अवस्थामा रहेका १ सय ८० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानलाई शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले युनिट फर्कन निर्देशन दिएको छ। सशस्त्र मुख्यालयको यो निर्देशनले मिसन जान तयारी…विस्तृत समाचार »

कांग्रेस नेताको चाकडी गर्न निर्दोष ब्यापारीलाई यसरी फसाउन खोजे डिआइजी चन्दले ?

काठमाडौ– गत बिहीबार (२०७३ माघ ६ गते) रातको करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौर नयाँबजारस्थित कार्यालयमा थिए । आफ्नो एरियाको ड्युटी चेक गर्न कार्यालयबाट बाहिर निस्किँदै गरेका उनको मोबाइलले कसैको कल आएको संकेत ग¥यो । खल्तीबाट मोबाइल निकाले र हेरे । फोन गर्ने व्यक्ति थिए लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्द । मोबाइल फोनको रिसिभ बटन स्लाइड गर्दै…विस्तृत समाचार »

महरा पुत्र निर्मलले भने –तस्कर र दलालको इच्छा पुरा नगरेपछि झुटो आरोप लगाईयो

माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा  विकासवादी र जनप्रिय नेताका रुपमा परिचित छन् । जनयुद्धमा जनमुक्ति सेनाको तल्लो तहदेखि कमाण्डर हुँदासम्म उनले तल्ला कार्यकर्ताको मनोभावना बुझदै, नेता र पार्टीको निर्देशन र स्प्रिटमा काम गर्ने उनको व्यवहार सबैको माझ चर्चामा थियो । यसैगरी जनयुद्धकै बेला पनि जनताको माझमा बस्न, उनीहरुसँग घुलमिल गरेर उनीहरुका समस्या बुझने र सक्दो समाधानको पहल गर्ने गर्दथे । सेना समायोजन पश्चात स्वैच्छिक…विस्तृत समाचार »

सुन तस्करलाई प्रहरीका एसएसपीले नै सहयोग गरेको खुलासा भएपछि....

काठमाण्डौ– त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रक्राउ परेको ३४ किलो सुन प्रकरणमा नेपाल प्रहरीका एक जना वरिष्ठ अधिकारीको संलग्नता देखिएको छ । सिआईबी स्रोतले दिएको जानकारीअनुसार विमानस्थलवाट केही दिनअघि प्रहरी मुख्यालयमा फिर्ता बोलाइएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको संलग्नता देखिएको हो । प्रहरीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सारमा कार्यरत दुई जनालाई मिलेमतोको आशंकामा प्रक्राउ गरिसकेको छ  । प्रक्राउ पर्नेहरुमा तथ्याङक अधिकृत श्रीनारायण यादब र राजकुमार ढकाल छन्…विस्तृत समाचार »

शितलनिवास ‘आइसब्रेक’

काठमाडौं - विपरित राजनीतिक दिशा र व्यवस्थाका देशका तीन प्रमुख पात्रको नयाँ केमेस्ट्रीको संयोग सोमबार दिउँसो देखियो । यो संयोगको सेतु हो– राष्ट्रपति विद्या भण्डारीपुत्री निशाकुसुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवको विवाह । यो विवाह आफैंमा सम्बन्धहरूको परिभाषा थियो । पक्ष र विपक्षको समर्थनमा रहने व्यक्तिको सम्बन्धको चर्चा एकातिर हुँदा यहि विवाहमा देखिएको फरक सम्बन्धको पाटो हो–  राजा ज्ञानेन्द्रको शितलनिवास प्रवेश ।…विस्तृत समाचार »

बिचार

प्रचण्डको उत्तरायण - सुधीर शर्मा

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङलाई यसअघि नभेटेका होइनन्, तर अबको तेस्रो भेटका लागि भने उनी निकै आतुर देखिन्छन् । आफ्नो सत्तायात्रा उत्तरार्द्धतिर धकेलिंदै जाँदा उत्तर छिमेकीसँग सम्बन्ध कसरी सुधार्ने भन्ने ‘चिन्ता’ उनमा बढ्दै गएको छ । बेइजिङ पुगेर, राष्ट्रपति सीसँग द्विपक्षीय वार्तालाप गरेर मात्र बोआओ सम्मेलनमा भाग लिन जाने प्रचण्ड–चाहना त्यसैको अभिव्यक्ति हो । तर बेइजिङ–वार्तामा हुन्छ के भन्ने कुराको अन्तिम टुंगोचाहिं लागिसकेको छैन, न त प्रचण्डप्रति टुटेको चिनियाँ विश्वास पूर्ण रूपमा पुनस्स्थापित भइसकेको छ ।

गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन व्यावसायिक नेतृत्वबाट वञ्चित

अहिले प्रहरी प्रशासनमा कमान्ड सम्हालेको नेतृत्व छैन, नियतिले कमान्ड संरचनाबाहिरको प्राविधिक जागिरेको कामचलाउ नेतृत्व छ । कमान्ड संरचनामा रोलक्रमको महत्त्व धेरै अर्थपूर्ण हुन्छ । यो पार्टीगत वा सत्तारूढ कुनै नेताको प्राथमिकताको कुरा होइन । त्यो कथं मिचिँदा मिचिनेले पनि चित्त बुझ्दो आधार पाउने ठाउँ हुनुपर्छ । गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन अहिले व्यावसायिक नेतृत्वबाट वञ्चित छ । यसले प्रहरीको संस्थागत कमान्ड संरचनामा कस्तो मनोविज्ञान बनेको होला रु कुन नेतालाई के कस्तो सेवा सत्कार पुर्‍याए प्रहरी प्रमुख बन्ने योग्यता पुग्छ भन्ने चाकरीभावले प्रहरी मात्र होइन, राज्यका तमाम संयन्त्र ग्रस्त छन् । आफ्नो नियुक्तिदेखि सरुवाबढुवा सबै कुरामा हावी हुने गरेका पार्टी र नेताप्रतिको ऐन मौकामा बफादारी देखाउने चुरीफुरी पनि यस्तो घातक प्रहारको कारक हुँदैन भनेर भन्न सकिन्न ।

महत्वपूर्ण वेबसाइट

Top