राजनीति

राजपाका नेता कोही बहिस्कार त कोही सक्रिय सहभागि, विभाजको संकेत

काठमाडौं - संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरू कोही बिरोध, बहिस्कार र भण्डाफोरमा त कोही चुनावको सक्रिय सहभागिता जुटेका छन् । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा हने स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको राजपाका केही नेता गाउँपालिका र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न व्यस्त छन् । केही…विस्तृत समाचार »

महरा मन्त्री हुदा समेत नेपाल चीन संयन्त्रको वैठक किन अघि बढेन् ?

चन्द्रशेखर अधिकारी, काठमाण्डौ- नेपाल र चीनबीच पटक–पटक प्रस्तावित परराष्ट्रमन्त्रीस्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन । परराष्ट्रमन्त्रीस्तरमा नै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन सकेका छैनन् । नेपालले लगातार आग्रह गरे पनि चीनले बैठक अस्वीकार गरेकै कारण यसअघि सर्दै आएको जानकारी अर्थ र परराष्ट्रका अधिकारीले दिए । गत वर्ष भदौमा तय भएको बैठक नभएपछि नेपालले गत माघमा पहल गरे पनि…विस्तृत समाचार »

रथीको पदावधि थपसंगै सेनामा यसरी अन्त भयो नेतृत्वको दौड!

काठमाण्डौ– एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको सम्भवत् अन्तिम मन्त्रीपरिषद वैठकले विहिवार सेनाका दुई रथीको पदावधी थप गर्ने निर्णय गरेसंगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको छ । सरकारले रथीद्वय वलदेवराज महत र पुर्णचन्द्र थापाको पदावधि विहिवार थप गरेको थियो ।  नेपाल प्रहरीमा नेतृत्व विकासमा जुन समस्या देखियो सायद त्यसैलाई मध्यनजर गरेर होला सैनिक नेतृत्वले यसपटक वुद्धिमतापूर्ण तरिकाले सेनाका दुवै रथीहरुको पदावधी बढाउने निर्णय गरेको…विस्तृत समाचार »

दिल्लीस्थित नेपाली राजदूतसंग विवाद भएपछि उपनियोग प्रमुख ढकाल मन्त्रालय तानिए

 दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत उपनियोग प्रमुख सहसचिव कृष्ण ढकाललाई परराष्ट्रमन्त्रालयले फिर्ता बोलाएको छ । परराष्ट्रमन्त्रालय निकट स्रोतले दिएको जानकारीअनुसार भारतका लागी नेपाली राजदूत दिपकुमार उपाध्यायको दबाबमा उनलाई फिर्ता बोलाइएको हो । पूर्वकांग्रेस नेतासमेत रहेका उपाध्याय र ढकालका बीचमा पहिल्यैदेखि राम्रो सम्बन्ध नरहेको दूतावास स्रोतले जानकारी दियो । राजदूत उपाध्यायकै दबाबमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले उनलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् । ढकाललाई गाडी खरीदमा असहयोग गरेको…विस्तृत समाचार »

हतियारसहित पक्राउ परेका कांग्रेस कार्यकर्ता धरौटीमा रिहा, एसपी हेडक्वार्टर तानिए

काठमाडौं -कुनै समय थियो हातहतियार तथा लागूऔषध जस्ता अवैध वस्तुहरुसहित आरोपी पक्राउ गर्ने प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत हुने गर्दथे । तर, अहिले समय फेरिएको छ । पछिल्लो केही समययता नेपाल प्रहरीमा राजनीतिक दलहरु हावी हुने र प्रहरी महानिरीक्षक तिनै राजनीतिक दलका नेताहरुको आदेशपालक हुँदा फिल्डमा खटिएका प्रहरी अधिकारीहरुको मनोबल खस्कँदै गएको पाइएको छ । राम्रो काम गर्दा राजनीतिक दलका नेताहरुको इशारामा दण्डित हुनुपर्ने र…विस्तृत समाचार »

दोलखाका सिडियो र डिएसपीले बुथ कव्जा गर्न सघाएः एमाले महासचिव

काठमाण्डौ– एमाले महासचिव ईश्वर पोखरेलले दोलखाका सिडियो र डिएसपीले बुथ कव्जा गर्न सघाएको आरोप लगाएका छन् । निर्वाचन परिणामलगत्तै फेसबुक लाइभमार्फत बोल्दै महासचिव पोखरेलले  एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएको आरोप लगाएका हुन । दोलखाका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएको भन्दै पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित  बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक नभएको उनको दावी थियो । एमालेले दोलखाको…विस्तृत समाचार »

रेणु दाहाललाई जिताउन देउवा आफै प्रचारमा

काठमाण्डौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई मतदान गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । चितवनको भरतपुरमा बिहीबार आयोजना गरिएको दुई पार्टीको संयुक्त चुनावी सभालाई संबोधन गर्दै उनले माओवादीले पोखरामा कांग्रेसको उम्मेदवारलाई समर्थन गरेकाले चितवनमा माओवादी उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । ‘४ नम्बरको राजधानी पोखरा महानगरपालिका पुष्पकमल दाहाल ज्यूको पार्टीले कांग्रेसलाई समर्थन गर्नुभएको छ। यसै उसमा हामीले…विस्तृत समाचार »

गृहमन्त्री निधि विराटनगरवाट फर्केलगत्तै राजीनामा दिने,गोपालमानलाई गृह दिने देउवाको चाहना

काठमाण्डौ– उपप्रधानमन्त्री कमल थापासँगको वरियता विवादमा पार्टी सभापति शेरबहादुर देउवाको समेत साथ नपाएपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पदबाटै राजीनामा दिने निर्णयमा पुगेका छन् । सरकारमा  दोस्रो  वरियता  नदिए राजीनामा दिने बताउँदै आएका निधिले विराटनगरवाट फर्केलगत्तै राजीनामा दिने करिब निश्चित जस्तै छ । पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुन निधि शुक्रबार विराटनगर जाँदैछन् । सरकारमा काँग्रेसको तर्फबाट  नेतृत्व गरेका निधिले बिहीबार पार्टीका मन्त्रीहरुलाई गृहमन्त्रालय बोलाएर…विस्तृत समाचार »

प्रकाशको लोभीपापी मन !

काठमाडौं- सरकारले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त भएपछि खुशी मनाउदै आएका प्रकाश अर्याल अहिले अदालतको शरणमा पुगेका छन् । तत्कालिन प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालको डिजाइनमा डिआइजी नवराज सिलवाललाई आइजीपी हुनबाट रोक्न सफल भएका प्रकाश अर्याल समूह आइतबार अचानक सर्वोच्च अदालतको ढोकामा रिट निवेदन लिएर पुगे । सिलवाललाई आइजीपी हुनबाट रोक्न जयबहादुर चन्दकै निर्देशन र तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्यालको सल्लाह बमोजिम उनी सर्वोच्चमा पुगेका हुन् । सर्वोच्च…विस्तृत समाचार »

वरियतामा कमल थापा अघि भएपछि निधीले दिए सरकार छाड्ने चेतावनी

काठमाडौं -  मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै  नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए । थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार ९३ चैत० बसेको…विस्तृत समाचार »

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top