राजनीति

नारायणकाजी वलीको पार्टीमा कि प्रचण्डको ?

काठमाडौं – नारायणकाजी श्रेष्ठ अनौपचारिक रुपमा बालुवाटार गइरहन्छन् । प्रधानमन्त्रीलाई भेट्न होइन केपी शर्मा ओलीलाई भेट्न श्रेष्ठ जाने गरेको उनी निकट स्रोतले बताएको छ । केपी ओली प्रधानमन्त्री नबन्दै पनि उनी बालकोट बाक्लै जाने आउने गर्दथे । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा विदेशी राजदूतलाई छाडा छाड्नु नहुने भन्दै चालेको कदमको ओली प्रशंसक थिए । ‘म पनि धेरै पटक मन्त्री भएँ, तर तपाईंले जस्तो साहसी कदम चाल्न…विस्तृत समाचार »

एमाले प्रचार विभागको सचिवमा रिजाल निर्वाचित

काठमाण्डौ– नेकपा (एमाले)को प्रचार विभाग सचिवमा पत्रकार विष्णु रिजाल निर्वाचित भएका छन् । प्रमुख, उपप्रमुखसहित २५ जना रहेको प्रचार विभागमा सर्वसहमतिमा सविच छनोट हुन नसकेपछि निर्वाचन भएको थियो । रिजालसंग प्रेस चौतारीका पुर्व अध्यक्ष गगन विष्ट पराजित भएका छन् । निर्वाचन प्रक्रियामा  प्रचार विभाग प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाले भाग लिएनन् । २३ जनाले मात्र निर्वाचन प्रक्रियामा भाग लिएका थिए । रिजाल एमालेका…विस्तृत समाचार »

नाती राजा फर्काउन ज्ञानेन्द्रको भोज

काठमाडौं  -कुलमण्डन खानले सुरु गरेको शाहवंशीय राजतन्त्रलाई आफ्नो पालामा सम्हाल्न नसकेका पूर्वराजा ज्ञानेन्द्र शाह फेरि नाती राजा फर्काउने नयाँ पासा फ्याँक्ने काममा लागेका छन् । दुई पटक संविधानसभाको चुनावपछि मुलुक राष्ट्रपतीय प्रणालीमै गणतन्त्र स्थापित हुन लागेपछि मुलुकको अहिलेको अवस्थामा खेलोफड्को गरेर नाती हृदयेन्द्रलाई संवैधानिक वा सांस्कृतिक राजाका रुपमा फर्काएर वंश विरासत जोगाउने खेलमा ज्ञानेन्द्र लागेका छन् । हिन्दुराज्यको लविङका आधारमा सांस्कृतिक राजाको पनि मुद्दा राख्नुपर्ने…विस्तृत समाचार »

डरलाग्दो चक्रव्यूहमा ओली सरकार

काठमाडौं - आधिकारीक रुपमा नेपालको संविधानको स्वागत नगरेको दक्षिणी छिमेकी मुलुक भारतको सत्तासिन भारतीय जनता पार्टी र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का अधिकारीहरू संविधान तुहाउन सक्रिय भएका छन् । चीनसँग बढ्दो निकटताबाट त्रसित भारतको प्रतिपक्षी दल कांग्रेस आई र भाजपाको नेपाल नीतिको समिकरण अहिले समान भएपछि भारतीय अधिकारीहरु तारम्तार काठमाडौंमा आई राजनीतिक दलका भिन्न नेताहरुबीच छलफल गरिरहेका छन् । भारतीय चासोलाई वेवास्था गर्दै…विस्तृत समाचार »

पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही माग

काठमाडौ -चौध वर्षअघि हत्या गरिएका जनपक्षीय पत्रकार स्वर्गीय कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । क्रान्तिकारी पत्रकार इच्छुकको १४औँ स्मृति दिवसका अवसरमा आज बिहान आयोजित कार्यक्रममा सहभागी पत्रकारले परिवर्तनका पक्षमा जीवन उत्सर्ग गर्ने इच्छुकको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दःुख व्यक्त गरेका हुन् । स्व। इच्छुककी जीवन सङ्गीनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले इच्छुकका…विस्तृत समाचार »

नेपाल प्रेस युनियनले रजत महोत्सव मनाउँदै

काठमाडौँ -लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आजदेखि देशभरि रजत महोत्सव मनाउँदैछ । युनियन स्थापना भएको २५औँ वर्ष भएको अवसरमा आजदेखि एक वर्षभरि रजत महोत्सव मनाउन लागिएको युनियनले जनाएको छ । देशका अन्य शाखामा पनि युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा…विस्तृत समाचार »

सबै माओवादी एकजुट हुनुपर्छ – बादल

पोखरा -नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कृष्ण सेन इच्छुकको १४औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा सञ्चालित रु २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई वितरण गर्दै उहाँले माओवादी धेरै टुक्रामा विभाजित हुँदा सहिदका सपना पूरा गर्न नसकिएको धारणा राख्नुभयो…विस्तृत समाचार »

बादलको टुकडी छिर्दा पेरिसडाँडामा रोइलो

काठमाडौं - गत बिहीबार पदीय भागबन्डामा असहमति जनाई पार्टी फुटाएकाहरु एकजुट भए । थोरै संख्यामा भए पनि पार्टी नै स्थापना गरेर बसेका र व्यक्ति मात्रै सिँगै पार्टी छाडेर बसेकाहरु गरी १० माओवादीबीच नेकपा माओवादी केन्द्र नाम राखी पार्टी एकता भयो । एकतापछि सबैतिर चर्चा र परिचर्चा मात्रै भएन कार्यकर्ता र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुशीको सीमा नै रहेन । उनले त खुशीकै क्रममा पार्टी…विस्तृत समाचार »

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top