राजनीति

भ्रष्टाचारमा शुन्य सहनशिलताको निती आफ्नो पहिलो प्राथमिकताः महानिरीक्षक श्रेष्ठ

काठमाण्डौ–नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आर्थीक अनियमितता र भ्रष्टाचारमा शुन्य सहनशिलताको निती आफ्नो पहिलो प्राथमिकता भएको दावी गरेका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा पदबहालीपछि बलका अधिकृत तथा बिल्लादार जवानहरुलाई मंगलवार निर्देशन सम्बोधन गर्दै आईजिपी श्रेष्ठले कल्याणकारी कार्ययोजना,सरुवा बढुवा र मिसनमा समेत अवसरलाई पारदर्शी ढंगले अघि बढाईने बताए । उनले अधिृकत र जवानहरुको हितलाई ध्यानमा राखेर वृतिविकास तथा कल्याणकारी कार्यहरु संचालन गरिने दावी…विस्तृत समाचार »

प्रहरी महानिरीक्षकको हेलचेक्र्याइँका कारण सशस्त्रको ‘माली मिसन’ खारेज

काठमाडौं – अवकाशको मुखमा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको अक्षमता र हेलचेक्र्याइँका कारण संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ माली जान तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बलको एफपीयू मिसन रोकिएको छ । मिसन जानका लागि तयारी अवस्थामा रहेका १ सय ८० जना सशस्त्र प्रहरी अधिकृत तथा जवानलाई शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले युनिट फर्कन निर्देशन दिएको छ। सशस्त्र मुख्यालयको यो निर्देशनले मिसन जान तयारी…विस्तृत समाचार »

कांग्रेस नेताको चाकडी गर्न निर्दोष ब्यापारीलाई यसरी फसाउन खोजे डिआइजी चन्दले ?

काठमाडौ– गत बिहीबार (२०७३ माघ ६ गते) रातको करिब १० बजे महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौर नयाँबजारस्थित कार्यालयमा थिए । आफ्नो एरियाको ड्युटी चेक गर्न कार्यालयबाट बाहिर निस्किँदै गरेका उनको मोबाइलले कसैको कल आएको संकेत ग¥यो । खल्तीबाट मोबाइल निकाले र हेरे । फोन गर्ने व्यक्ति थिए लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्द । मोबाइल फोनको रिसिभ बटन स्लाइड गर्दै…विस्तृत समाचार »

महरा पुत्र निर्मलले भने –तस्कर र दलालको इच्छा पुरा नगरेपछि झुटो आरोप लगाईयो

माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा  विकासवादी र जनप्रिय नेताका रुपमा परिचित छन् । जनयुद्धमा जनमुक्ति सेनाको तल्लो तहदेखि कमाण्डर हुँदासम्म उनले तल्ला कार्यकर्ताको मनोभावना बुझदै, नेता र पार्टीको निर्देशन र स्प्रिटमा काम गर्ने उनको व्यवहार सबैको माझ चर्चामा थियो । यसैगरी जनयुद्धकै बेला पनि जनताको माझमा बस्न, उनीहरुसँग घुलमिल गरेर उनीहरुका समस्या बुझने र सक्दो समाधानको पहल गर्ने गर्दथे । सेना समायोजन पश्चात स्वैच्छिक…विस्तृत समाचार »

सुन तस्करलाई प्रहरीका एसएसपीले नै सहयोग गरेको खुलासा भएपछि....

काठमाण्डौ– त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रक्राउ परेको ३४ किलो सुन प्रकरणमा नेपाल प्रहरीका एक जना वरिष्ठ अधिकारीको संलग्नता देखिएको छ । सिआईबी स्रोतले दिएको जानकारीअनुसार विमानस्थलवाट केही दिनअघि प्रहरी मुख्यालयमा फिर्ता बोलाइएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको संलग्नता देखिएको हो । प्रहरीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सारमा कार्यरत दुई जनालाई मिलेमतोको आशंकामा प्रक्राउ गरिसकेको छ  । प्रक्राउ पर्नेहरुमा तथ्याङक अधिकृत श्रीनारायण यादब र राजकुमार ढकाल छन्…विस्तृत समाचार »

शितलनिवास ‘आइसब्रेक’

काठमाडौं - विपरित राजनीतिक दिशा र व्यवस्थाका देशका तीन प्रमुख पात्रको नयाँ केमेस्ट्रीको संयोग सोमबार दिउँसो देखियो । यो संयोगको सेतु हो– राष्ट्रपति विद्या भण्डारीपुत्री निशाकुसुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवको विवाह । यो विवाह आफैंमा सम्बन्धहरूको परिभाषा थियो । पक्ष र विपक्षको समर्थनमा रहने व्यक्तिको सम्बन्धको चर्चा एकातिर हुँदा यहि विवाहमा देखिएको फरक सम्बन्धको पाटो हो–  राजा ज्ञानेन्द्रको शितलनिवास प्रवेश ।…विस्तृत समाचार »

प्रधानसेनापति क्षेत्रीले गरे शशि भवनमा पुर्व प्रधानसेनापतिहरुको गोप्य भेला

काठमाण्डौ– राजनितिक सहमती जुटन नसकिरहेका बेला नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पुर्व प्रधानसेनापतिहरुसंग अर्थपुर्ण भेटघाट गरेका छन् । संविधान संसोधन र सिमानकंनको विषयलाई लिएर दलहरुविच कटुता चुलिएका बेला प्रधानसेनापति क्षेत्रीले पुर्व प्रधानसेनापतिहरुसंग गरेको छलफललाई अर्थपुर्ण रुपमा हेरिएको सुरक्षाका जानकारहरु वताउछन् । प्रधानसेनापतिको निजी निवास शशिभवनमा आइतवार राती भएको छलफलमा पुर्व प्रधानसेनापतिहरु अर्जुनरसिंह राणा, प्यारजंग थापा, प्रज्वलशमशेर राणा,रुकमाङगत कटुवाल,छत्रमानसिंह गुरुङ र गौरवशमशरेर राणालगायतको उपस्थिती थियो ।…विस्तृत समाचार »

प्रधानमन्त्री प्रचण्डले नारायाणकाजीलाई भने तपाईको अध्यक्ष म कि ओली ?

काठमाण्डौ– एमाओवादी विदेश विभाग प्रमुख तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमालेसंग मिलेर पार्टीलाई फसाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” उनिसंग आगो भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वुधवार प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई पार्टीको हित विपरीत काम नगर्न चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री ताप्लेजुङमा रहेको वेला संसदको कार्यव्यवस्था परामर्श समितीको बैठकमा गिरिराजमणी पोखरेललाई पठाएर एमालेसंग मिलेको आरोप पार्टीमा श्रेष्ठमाथी लागेको  छ । श्रेष्ठले प्रमुख सचेत…विस्तृत समाचार »

लायन्स क्लवद्वारा एचआईभी संक्रमित वालवालिकालाई कपडा वितरण

काठमाण्डौ -विश्व एड्स दिबसको अबसरमा लायन्स क्लव अफ काठमाडौ नेटवर्कले एचआईभि संक्रमित तथा टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । क्लवले सितापाईला स्थित पुर्नवल प्लस होममा एक कार्यक्रम गरी चौतिस जना वालवालिकाहरु लाई न्यानो कपडा वितरण गरेको हो । लायन्स क्लव ईन्टरनेशनल ३२५ बि वान अन्तर्गत लाईन्स क्लव अफ काठमाण्डौं नेटवर्कद्वारा आयोजित कार्यक्रममा लाईन्स क्लब ईन्टरनेशनल एम.डी.३२५ बि वान्को पाष्ट मल्टीपल काउन्सिल प्रमुख (पिएमसिसि)…विस्तृत समाचार »

दिल्लिपछि बेइजिङ किन पुगे पुर्व राजा ?

काठमाडौं - मुलुकमा राजनीति सफा नभएपछि यसमा अवसरको खोजी गर्ने भेट्रानहरु विदेश दौडाहामा सक्रिय रहेका छन् । गणतन्त्रलाई सहज बाटो खोलिदिएको श्रेय बोकेका पूर्वराजा ज्ञानेन्द्र शाह केही साता अघि बुहारी हिमानीसहित सिंगापुर निस्किएका थिए । उनी त्यहाँबाट भारतको नयाँदिल्लिमा पुगेका थिए । संविधान कार्यान्वयनमा समस्या भइरहेका बेला नेपालमा भएको हिन्दु सम्मेलनमा कडा भाषामा सम्बोधन गरेका ज्ञानेन्द्रले आफ्नो स्पेस खोजीका लागि दिल्लिको हैदरावाद हाउसमा गुहारेको स्रोतले…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top