राजनीति

पत्रकार इच्छुकको हत्यामा संलग्नलाई कारबाही माग

काठमाडौ -चौध वर्षअघि हत्या गरिएका जनपक्षीय पत्रकार स्वर्गीय कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । क्रान्तिकारी पत्रकार इच्छुकको १४औँ स्मृति दिवसका अवसरमा आज बिहान आयोजित कार्यक्रममा सहभागी पत्रकारले परिवर्तनका पक्षमा जीवन उत्सर्ग गर्ने इच्छुकको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दःुख व्यक्त गरेका हुन् । स्व। इच्छुककी जीवन सङ्गीनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले इच्छुकका…विस्तृत समाचार »

नेपाल प्रेस युनियनले रजत महोत्सव मनाउँदै

काठमाडौँ -लोकतन्त्रवादी पत्रकारको संस्था नेपाल प्रेस युनियनले आजदेखि देशभरि रजत महोत्सव मनाउँदैछ । युनियन स्थापना भएको २५औँ वर्ष भएको अवसरमा आजदेखि एक वर्षभरि रजत महोत्सव मनाउन लागिएको युनियनले जनाएको छ । देशका अन्य शाखामा पनि युनियनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएकाले युनियनले हरेक वर्षको जेठ १३ मा…विस्तृत समाचार »

सबै माओवादी एकजुट हुनुपर्छ – बादल

पोखरा -नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादलले सहिदको सपना तथा देश र जनताका आकांक्षा पूरा गर्न सबै विभाजित माओवादी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । कृष्ण सेन इच्छुकको १४औँ स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा सञ्चालित रु २५ हजार राशिको थमन–महेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार गोमा घिमिरेलाई वितरण गर्दै उहाँले माओवादी धेरै टुक्रामा विभाजित हुँदा सहिदका सपना पूरा गर्न नसकिएको धारणा राख्नुभयो…विस्तृत समाचार »

बादलको टुकडी छिर्दा पेरिसडाँडामा रोइलो

काठमाडौं - गत बिहीबार पदीय भागबन्डामा असहमति जनाई पार्टी फुटाएकाहरु एकजुट भए । थोरै संख्यामा भए पनि पार्टी नै स्थापना गरेर बसेका र व्यक्ति मात्रै सिँगै पार्टी छाडेर बसेकाहरु गरी १० माओवादीबीच नेकपा माओवादी केन्द्र नाम राखी पार्टी एकता भयो । एकतापछि सबैतिर चर्चा र परिचर्चा मात्रै भएन कार्यकर्ता र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुशीको सीमा नै रहेन । उनले त खुशीकै क्रममा पार्टी…विस्तृत समाचार »

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top