प्रशासन

नेपाली सेनाका जर्नेल शिवराम खरेल डेपुटी फोर्स कमाण्डर नियुक्त

काठमाण्डौ – नेपाली सेनाका उपरथी शिवराम खरेल डेपुटी फोर्स कमाण्डर नियुक्त भएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार खरेल लेवनानस्थित संयुक्त राष्ट्रसंघको शान्ती मिसनमा खटिएको फौजको उपप्रमुखको रुपमा नियुक्त भएका हुन । सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले उपरथी खरेल डेपुटी फोर्स कमाण्डरका रुपमा नियुक्त भएको पुष्टि गरे । नेपाली सेनाको सिफारीसमा खरेललाई संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयले उनलाई लेवनास्थित युनिफल मिसनको उप–प्रमुखमा नियुक्त गरेको हो ।…विस्तृत समाचार »

आईजीपी निरीह बनेपछि एसपी मीराको सरुवा रोकियो

काठमाडौं - गृहमन्त्री जनार्दन शर्मा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले अडान लिन नसक्दा चर्को दबाबमा परी एसपी मीरा चौधरीको सरुवा रोकिएको छ । मंगलबार निकालिएको सरुवा सूचीअनुसार एसपी चौधरीको सरुवा धनुषामा गरिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबका कारण चौधरीको सरुवा रोकिएको प्रहरी मुख्यालयको उच्च स्रोतले बताएको छ । अब धनुषाको एसपीमा लालमणि आचार्य नै यथावत् रहेका छन् । मंगलबार प्रहरी मुख्यालयको आतंकवाद…विस्तृत समाचार »

काठमाण्डौस्थित ‘रअ’ प्रमुख जोहरी अचानक दिल्ली तानिए, यस्तो छ कारण

रोशन खड्का काठमाण्डौ– भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार जोहरीलाई केही दिन अघि मात्र विजेपी नेतृत्वको सरकारले दिल्ली तानेको हो । उनि काठमाण्डौस्थित दुतावासमा कन्सुलर डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । भारतिय दुतावासको आधिकारीक वेभसाइटमा समेत उनको पद मिनिस्टर काउन्सिलरको रुपमा राखिएको छ । तराई मामलाका जानकार समेत…विस्तृत समाचार »

नेपाल प्रहरीका ७० एसपीको सरुवा, झापामा केसी, कास्कीमा सिंह, रुपन्देहीमा ज्ञवाली सुचीसहित

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ७० जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । मंगलबार प्रकाशित सरुवा सूचीअनुसार झापाको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, कास्कीको प्रहरी प्रमुखमा अशोक सिंह र रुपन्देहीको प्रहरी प्रमुख मा श्यामलाल ज्ञवालीको सरुवा भएको छ । केसी र ज्ञवाली यसअगाडि महानगरीय अपराध महाशाखामा कार्यरत थिए भने सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत थिए । जिल्ला प्रहरी प्रमुखमा सरुवा हुने मध्ये पाल्पामा डिल्लिराज पन्त, दाङमा…विस्तृत समाचार »

११ एआईजी र १५ डीआईजी बढुवाको अन्तिम तयारी, को को बन्दैछन एआईजी र डिआईजी

काठमाडौं -लामो समयको रस्साकस्सीपछि सरकारले नेपाल प्रहरीको उच्च तहमा रिक्त पदपूर्ति गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस अगाडि कायम ३ एआईजीको दरबन्दीलाई बढाएर ११ कायम गरेसँगै गृह मन्त्रालयले एआईजी र डीआईजी पदमा बढुवाको प्रक्रिया अगाडि बढाएको हो । प्रक्रियाअनुसार सोमबार अपराह्न गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल र लोकसेवा आयोगका आयुक्त वृन्दा हाडा सम्मिलित पदपूर्ति समितिको बैठकले खाली पदमा बढुवा…विस्तृत समाचार »

बैतडिको दशरथचन्दका मेयरलाई काम गर्न अदालतको अन्तरिम रोक

महेन्द्रनगर -उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले अर्को आदेश नहुँदासम्म दशरथ चन्द नगरपालिका बैतडीका मेयर नरेन्द्र सिंह थापालाई मेयरको रुपमा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालको एकल इजलासले कुनै काम कारवाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । मतगणना परिणाम बदर गरी दोहोर्‍याई पुनः पुरै मतगणना गराई पाउँ भनी राप्रपाका मेयर पदका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मंगलबार निवेदन दिएका थिए…विस्तृत समाचार »

सशस्त्र प्रहरी वल डुबाउन वन्तको निर्देशनमा आईजिपी श्रेष्ठले खेल्दैछन् यस्तोसम्मको खेल

काठमाडौं  -सशस्त्र प्रहरी बलले आफ्नै नियमावलीको बर्खिलाप गर्दै लेखा र कानुन उपसमूह गठनको प्रक्रिया अगाडि बढाएको खुलेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १० मा नियमावली जारी भएको तीन महिनाभित्र लेखा र कानुन उपसमूह गठन गरिसक्नुपर्ने स्पष्ट व्यवस्था भए पनि झन्डै दुई वर्षपछि सो प्रक्रिया अगाडि बढाइएको हो । सशस्त्र प्रहरी नियमावली २१ असार २०७२ मा जारी भएको थियो । नियमावलीअनुसार २१ असोजभित्र…विस्तृत समाचार »

प्रहरीका एक सय ३३ जना हवल्दार असई बढुवामा सिफारिस सुचीसहित

काठमाण्डौ -नेपाल प्रहरीका एक सय ३३ जना हवल्दार असई बढुवाकालागी सिफारिस भएका छन । प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग अन्तरगतको बढुवा समितिले उनिहरुलाई बढुवाकालागी सिफारिस गरेको हो । सिफारिस हुने हूको सुची हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।https://nepalpolice.gov.np/images/documents/Promotion/hc-to-asi-badhuwa-sifaris-2074-04-10.pdfविस्तृत समाचार »

प्रधानसेनापतिले लिए निकै रहस्यपुर्ण निर्णय,सात देशमा सैनिक प्रतिनिधी खटाइए

रोशन खड्का काठमाण्डौ – नेपाली सेनाले विश्वका विभिन्न सात देशमा सैनिक सहचारी पठाउने निर्णय गरेको छ । सेनाले नेपाली दुतावास रहेको अमेरीका, भारत, चीन, बेलायत, पाकिस्तान, न्युर्याकस्थित संयुक्त राष्ट्रसंघ हेर्ने स्थायी नियोग र वंगलादेशमा सैनिक सहचारीको रुपमा सैनिक अधिकृतको छनौट गरेको हो । सैनिक स्रोतले दिएको जानकारीअनुसार विपत व्यवस्थापन निर्देशनालयमा कार्यरत सहायकरथी ईश्वर कान्त मैनाली भारत, १९ नम्वर वाहिनी अड्डामा कार्यरत सहायकरथी विनोद पाण्डे चीन,…विस्तृत समाचार »

सशस्त्र प्रहरी वलमा रिक्त पांच डिआईजीकालागी बढुवा प्रक्रिया शुरु

काठमाण्डौ -सशस्त्र प्रहरी वलमा रिक्त पांच डिआईजीकालागी बढुवा प्रक्रिया शुरु भएको छ । वलको प्रशासन विभागले विहीबार सुचना प्रकाशित गरेर रिक्त डिआईजी पदमा बढुवाकालागी तिन दिने सुचना प्रकासित गरेको छ । प्रकाशित सुचनामा सशस्त्र प्रहरी वल नियमावली २०७२ को नियम ९ को उप नियम १ क बमोजिम सम्भाव्य उम्मेदवारहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपी सहितको मुल्याकंन फारम भरेर पेश गर्न भनिएको छ ।   पुप्पराम केसि,…विस्तृत समाचार »

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top