प्रशासन

केन्द्रीय सुरक्षा समितिको बैठक, निर्बाचन सुरक्षा योजना पारित

काठमाडौं - केन्द्रीय सुरक्षा समितिको  बुधबार बसेको बैठकले स्थानीय तहको निर्बाचन सुरक्षा योजना  पारित गरेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा  गृहमन्त्रालयका बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । २०७४ बैशाख ३१ गते घोषित स्थानीय तहको निर्बाचनमा सबै सुरक्षा निकायका गरी जम्मा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री निधिले निर्बाचनको आबश्यक…विस्तृत समाचार »

प्रहरीमा प्रहसन

मनबहादुर बस्नेत   अघिल्लो दिनदेखि नै निमित्त प्रमुख पाउनसक्ने हल्ला चलेकाले उनका कान चनाखा थिए । तर, विश्वास रत्तिभर थिएन । नेपाल प्रहरीको प्राविधिक सेवा समूहका अतिरिक्त महानिरीक्षक (एआईजी) डा दिनेशचन्द्र पोखरेलले अन्ततस् २ फागुनमा कहिल्यै नसोचेको जिम्मेवारी पाए, निमित्त प्रहरी महानिरीक्षकको । यो अनपेक्षित जिम्मेवारीले करिब ७० हजारको फौज हाँक्न प्रहरी अस्पतालका प्रमुख, वरिष्ठ फिजिसियन तथा पेट रोग विशेषज्ञ डा पोखरेललाई कति कठिन बनाइरहेछ…विस्तृत समाचार »

आईजीपी बढुवा प्रकरण किन बुधबारसम्म लम्बियो

काठमाडौँ -सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आईतबार पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारसम्म अल्पकालीन अन्तरिम आदेश जारी रहने अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । इजलासले महान्यायाधिवक्ता कार्यालयलाई गत आइतबार इजलासमै चढाएको पूरक निवेदनका…विस्तृत समाचार »

सशस्त्रका आईजिपीले भने – “म सवैको आईजिपी हो,कसैप्रति पुर्वाग्रह राख्दिन् ”

रोशन खड्का समाचार टिप्पणी काठमाण्डौ– सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र मुख्यालय हलचोकमा आयोजित आफ्नो पहिलो सम्बोधनमा सरुवा,बढुवालाई पारदर्शी ढंगले अघि बढाईने बताएका छन् । आर्थीक रुपमा पारदर्शी छवि र सरल स्वभावका श्रेष्ठ महानिरीक्षक भएपछि सशस्त्र प्रहरीका अधिकृत तथा जवानमा संगठनभित्र सुधार हुन्छ कि भन्ने आशा पलाएको  छ ।  संगठनका सवैजस्तो प्रमुखहरु भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेको बेला श्रेष्ठले भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका…विस्तृत समाचार »

सरकारले डिआईजी सिलवाललाई निमित्त आईजिको जिम्मेवारी दिने

काठमाडौ– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आज अवकास पाएसंगै नेपाल प्रहरीको निमित्त आईजीको जिम्मेवारी डिआईजी नवराज सिलवालले पाउने भएका छन् ।  प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार सरकारले निमित्त आईजीको जिम्मा सिलवाललाई दिने तयारी गरेको हो ।   महानिरीक्षक अर्यालसंगै सवै एआईजीहरुले सोमवार नै अनिवार्य अवकास पाएपछि प्रहरीमा सरकारले कस्लाई कायम मुकायम प्रहरी प्रमुखको जिम्मेवारी देला भन्ने चर्चा थियो । गृहमन्त्रालयले प्रहरी महानिरीक्षक अर्याललाई वरियताको आधारमा निमित्त…विस्तृत समाचार »

सिलवाललाई आईजिपी बनाउने प्रधानमन्त्री र गृहमन्त्रीको अडान् कायमै

काठमाण्डौ –प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधीले नेपाल प्रहरीमा जेष्ठतामा पहिलो नम्वरमा रहेका र कार्यक्षमता उत्कृष्ठ भएका डिआईजी नवराज सिलवाललाई नै प्रहरी महानिरीक्षक बनाउने अडानलाई नै कायम राखेका छन् । उच्च राजनितिक स्रोतकाअनुसार देउवाले सुदुरपश्चिम घर भएका र वरियतामा तिन नम्वरमा रहेका डिआईजी जयवहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन दवाव दिएपनि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री निधी त्यसमा सहमत भएका  छैनन् । “विहिवार रातिसम्म पनि देउवाको…विस्तृत समाचार »

कांग्रेसमा बहुमत नेताले निधीको अडानलाई साथ दिएपछि देउवा दवावमा

काठमाडौ- नयाँ प्रहरी प्रमुखको छनोटलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकै पार्टीका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच तीव्र मनमुटावले सार्वजनिक आकार लिँदै गएपछि बिहीबार यससम्बन्धमा अपेक्षा गरिएको क्याबिनेट निर्णय सर्ने संकेत देखा परेको छ । बुधबार देउवा, निधि र कंग्रेसकै अर्का मन्त्री डा।प्रकाशशरण महतबीच वार्ता भएपछि देउवा तथा निधिबीचको मतभेद केही कम भएको र आवश्यक समझदारी निर्माणपछि मात्र यसबारे निर्णय लिने सहमति पनि दुई…विस्तृत समाचार »

राजदुत नियुक्ती विहिवार हुने,माओवादीमा शेर्पालाई राजदुत नवनाउन तिव्र दवाव

काठमाण्डौ– सरकारले लामो समयदेखी रोकिएको राजदुत नियुक्ती प्रक्रिया अघि बढाउने तयारी गरेको छ । विहिविार वस्ने मन्त्रिपरीषदको वैठकले राजदुत नियुक्तीको टुङगो लगाउने तयारी गरेको हो । हाल श्रीलंका,जापान, इजरायल, साउदी अरब, कतार,अष्ट्रेलियालगायत १३ मुलुक राजदुतविहिन छन् ।  संसदको अन्र्तराष्ट्रिय सम्वन्ध समितीले केही दिन अघि मात्र रिक्त देशमा राजदुत नियुक्ती गर्न निर्देशन दिएपछि सरकारले प्रक्रिया अघि बढाएको हो । राजदुत नियुक्तीको लागी सत्तारुढ दल कांग्रेस र…विस्तृत समाचार »

प्रधानमन्त्री प्रचण्डले भने–देशलाई खिण्डन गर्छु भन्नेलाई छोडिदैन

काठमाण्डौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश टुक्राउने अभिव्यक्ति दिनेलाई कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् ।  उनले  पछिल्लो समय  देश टुक्राउने भन्दै खुला भाषण गर्ने सिके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका हुन् । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसंग’ कार्यक्रमको अन्र्तवार्तामा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले खुलेआम देश टुक्राउछु भन्नेलाई दुनियाको कुनै पनि सरकारले छुट नदिएको वताएका छन् ।…विस्तृत समाचार »

सेनाका मेजरलाई विदेशमा यौन दुव्र्यवहारको आरोप लागेपछि...

काठमाण्डौ– नेपालीको छुकछुके बानी, कहिल्यै नजाने । शान्ति सेनाअन्र्तगत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायामाझी एउटी डच (नेदरल्याण्डी) सैनिक युवतीमाथी यौन दुव्र्यवहार गरेपछि छानबिनमा परेका छन् । अनुसन्धान प्रक्रिया टुङगिनासाथ उनलाई नेपाल फर्काइने भएको छ । ती युवती पनि आफनो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन् । यसैविच, नं. ९ वाहिनी सिन्धुलीमा कार्यरत प्रमुख सेनानी सुर्य अधिकारीले अवकाशप्राप्त प्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीले ३२ लाख लगानी…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top