खेलकुद

मनाङ झापा गोल्डकपको फाईनलमा प्रवेश

काठमाण्डौ- विमल रानाको निर्णायक गोलको मद्धतले मनाङ मस्र्याङ्दी झापा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । साविकको विजेता त्रिभुवन आर्मीको चुनौती १९० ले पन्छाउँदै मनाङ उपाधि नजिक पुगेको हो। सेमिफाईनलको अन्तिम खेलमा साविकको विजेता त्रिभुवन आर्मी मनाङका सामु निरिह बन्नु पर्यो । खेलको सुरुवात देखिनै प्रतिरक्षात्मक खेलेको मनाङले पहिलो हाफको ४२ औं मिनेटमा नाटकीय गोल गर्यो। ओलावालेको व्याक क्रसलाई विमल रानाले जाली चुमाए। झापाली दर्शकको राम्रो…विस्तृत समाचार »

आरोही पण्डितलाई कतार एयरवेजको प्रायोजन

काठमाण्डौ–अन्ट्राटिका महादेशको शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई कतार एयरवेजले हवाई प्रायोजक गर्ने भएको छ । काठमाडौंमा एयरवेजका कन्ट्रि डाइरेक्टर जय प्रकाश नेयरले  पण्डितलाई कतार एयरवेजको झण्डा, ज्याकेट र टोपी हस्तान्तरण गर्दै उक्त घोषणा गरेका हुन ।  एयरवेजले काठमाडौंदेखि चिलीसम्मको अतिविशिष्ट (विजनेश क्लास) टिकट प्रायोजन गर्ने नेयरले बताए ।     पण्डितले विश्व सर्वोच्च शिखर सगरमाथा, युरोपको एल्ब्रस, अमेरिकाको एकंन्कागुवा, अफ्रिकाको किलीमन्जारो, जापानको…विस्तृत समाचार »

नेपालले मलेसियालाई हरायो

काठमाण्डौ- एसिसि १९ वर्षमुनि ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४।४ ओभर खेल्दै पूरा ग¥यो । जितका लागि अनिल साहले ३२, अभिनाश कर्णले २५ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । त्यसैगरी, पवन सर्राफ २९ र कप्तान सन्दिप लामिछाने ३…विस्तृत समाचार »

ब्राजिल स्वीडेनसँग पराजित

रियो दी जेनेरियो-  ब्राजिल रियो ओलम्पिक महिला फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ। योसँगै रियो दी जेनेरियोमा जारी ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने ब्राजिलको सपना चकनाचुर भयो। स्वीडेनले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्यो। जितसँगै स्वीडेन भने सन् १९४८ पछि पहिलो पटक रियो ओलम्पिक महिला फुटबलको फाइनल पुग्न सफल भएको हो। अब स्वीडेनले स्वर्ण पदका लागि फाइनलमा जर्मनीको सामना गर्नेछ। गएराति नै भएको…विस्तृत समाचार »

बार्सिलोना लिभरपुलसँग ४-०ले हार्‍यो

 काठमाण्डौ- स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँगको मैत्रिपूर्ण खेलमा पराजित भएको छ। स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित शनिबार राति लण्डनमा भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो अन्तरमा पराजित भयो। प्रिसिजन टुर भए पनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज थिए। तर, उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन्। लिभरपुलको जितमा साडिओ माने, डिभोक ओरिजी र मार्को ग्रुजिकले…विस्तृत समाचार »

बेलायतलाई क्रिकेटमा नेपालले हरायो

काठमाण्डौ- बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो । इन्डियन जिमखाना मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेकको नेपालले निर्धारित ४० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३५ रनको विशाल लक्ष्य खडा ग¥यो । नेपालको सहज जितका…विस्तृत समाचार »

पोर्चुगल पहिलो पटक युरो च्याम्पियन

काठमाण्डौ- यस पटकको युरो कप पोर्चुगलले जितेको छ । फाइनलमा फ्रान्सलाई १(० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो । पेरिसमा भएको युरो कप २०१६ को फाइनलमा फ्रान्सलाई पोर्चुगलले १(० गोल अन्तरले पराजित गरेर युरो कप च्याम्पियन बन्दै इतिहास रचेको छ । पोर्चुगलको जीतका लागि  एन्टोनियो इडरले गोल गरेका थिए । उनले थपिएको अतिरिक्त समयमा गोल गरेका थिए । चोटका कारण आफ्नो…विस्तृत समाचार »

ट्राई म्याराथनको उपाधि आर्मी क्लबलाई

काठमाण्डौ- तेस्रो राष्ट्रिय ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबको ए टोलीले जितेको छ । शुत्रबार धादिङमा भएको ट्राई म्याराथनमा नेपाल आर्मीको ए टोलीले प्रथम स्थान हासिल गर्दा आर्मीकै टोली डि र टोली बी क्रमश दोस्रो र तेस्रो भए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ प्रथम हुँदै एक लाख पुरस्कार प्राप्त गयो । त्यसैगरी दोस्रो र तेस्रो हुने टिमहरु क्रमशः नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टोली ‘डि’ र…विस्तृत समाचार »

क्यानकी सिईयो घिमिरेद्धारा राजिनामा घोषणा

काठमाण्डौ– नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले राजीनामा दिएकी छन् । २१ म्हिनाअघि सीईयो नियुक्त घिमिरेले पदमा वसेर काम गर्ने अवस्था नभएपछि राजिनामा दिएको बताएकि छन् । घिमिरेले शुक्रबार ट्वीटरबाट पद त्यागको घोषणा गरेकी हुन् । क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् । उनले संघ वाहिर वसेर पनि नेपाली क्रिकेटलाई सहयोग गर्न आफु सदैव तयार रहेको बताईन …विस्तृत समाचार »

पोर्चुगल पुग्यो सेमिफाइनलमा

एजेन्सी–युरोकप फुटबल प्रतियोगितामा पोल्यान्डलाई टाइब्रेकरमा हराउँदै पोर्चुगल पाँचौपटक सेमिफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवैतर्फ एक–एक गोल भएपछि पेनाल्टी सुटमार्फत खेल मोडिएको थियो । पेनाल्टीमा पोर्चुगलले पाँचै अवसरलाई सदुपयोग गर्यो भने पोल्याण्ड ३ गोलमा सिमित भयो ।  पोर्चुगलले धरमर हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ । लिग चरणमा पोर्चुगलले एक खेल पनि जित्न सकेन । तीन वटै बराबरीमा खेल्यो ।…विस्तृत समाचार »

बिचार

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रिय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछि कार्यान्वयनमा सघाउनुको विकल्प छैन । देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायालयको ठूलो योगदान छ । पहिलो कुरा, सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ‘नेविसंघ अवैध हो’ भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन । त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउँथ्यो । नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

अदालतको फैसला मान्दैन भन्न मिल्छ र ?

- श्रृया केसी
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० नियुक्ति प्रकरणमा दिएको निर्णयपछि न्यायपालिकासँगै प्रधानन्यायाधीश सुशीला कार्कीकै पक्ष र विपक्षमा बहस सुरु भएको छ । मर्यादाक्रम र कार्यक्षमता मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाल, दोस्रो प्रकाश अर्याल र तेस्रो बमबहादुर भण्डारीलाई गलहत्याएर चौथो नम्बरमा रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सुरु भएको बहसले समाजमा निकै ठूलो तरंग ल्याएको छ । सरकारले प्रहरी प्रमुख नियुक्त गर्न पाउने कि नपाउने रु अदालतले कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप ग¥यो, सरकारले योग्य देखेपछि अदालतले टाउको दुखाउनु हुन्न भन्ने तर्क पनि सुनिए । मन्त्रिपरिषद्ले डीआईजी जयबहादुर चन्दलाई १ फागुनमा आईजीपी बनाउने निर्णय गरे पनि उनले काम सुरु गर्न पाएका थिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति गैरसंवैधानिक भनेर जनताको उच्च माया पाएको सर्वोच्च अदालत र यसको नेतृत्वले आईजीपी प्रकरणमा पनि दृढतापूर्वक न्याय दिएपछि सत्तारूढ दलका नेता र मन्त्रीमा कोकोहोला मच्चिए पनि आम नागरिकमा भने अदालतप्रतिको विश्वास निकै बढाएको छ ।

महत्वपूर्ण वेबसाइट

Top