स्रष्ठा र सृजना

अमेरिका बाट ‘एटलान्टिकका भंगालाहरु’

काठमाडौं– उनी अमेरिकाको न्यूओर्क बस्छन् । भौतिक रुपमा कोसौं टाढा छन् । तर, त्यो बसाइले उनको देश प्रेममा कुनै फरक पारेको छैन्, जन्मभूमि प्रतिको कर्तब्यमा बिचलित बनाएको छैन् । अमेरिकाको धपेडीमा पनि समय निकाल्छन । भाषा–साहित्यको श्रृबृद्धिमा जुटिरहन्छन । त्यसकै पछिल्लो प्रमाण हो, ‘एटलान्टिकका भंगालाहरु’ हो, साहित्यकार किशनसिंह धामीको त्यही लामा कविता कृतिको शनिवार बिमोचन गरियो । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले कविता संग्रहको…विस्तृत समाचार »

न्युयोर्कमा गौरा पर्व सम्पन्न

काठमाण्डौ -संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा पहिलो पटक सुदूरपश्चिमको गौरा पर्व सम्पन्न भएको छ । क्वीन्स स्थित सत्यनारायण मन्दिरमा आयोजित गौरा पर्वमा अमेरिकामा रहेका सुदूरपश्चिमवासिको सहभागिता रहेको थियो । सुदूरपश्चिम समाजको आयोजनामा सम्पन्न गौरा पर्वको शुभकामना दिन न्युयोर्क  स्थित नेपाली कन्सुलेट कार्यालयबाट कन्सुलेट जनरल पनि पुगेका थिए । समारोहमा आयोजकहरुका तर्फबाट किसनसिह धामीले कार्यपत्र प्रस्तुत गरेका थिए ।विस्तृत समाचार »

अमेरिकाको न्युयोर्कमा भव्यताका साथ गो:रा पर्व हुने

काठमाण्डौ -पश्चिम नेपालको प्रमुख पर्व गो:रा यस पटक अमेरिकाको न्युयोर्कमा भव्यताका साथ मनाईने भएको छ । न्युयोर्क वासि साहित्यकार तथा किसन सिह धामीका अनुसार आउँदो अगष्ट २७ तारिखका दिन न्युयोर्कको श्री सत्यनारायण मन्दिरमा सो पर्व मनाईने भएको हो । नेपालको पश्चिम र सुदूरपश्चिमबाट सराई बसाई गरि न्युयोर्कमा बसोवासगर्ने, सम्पुर्ण सुदूरपश्चिमेली महिला, दिदी बहिनीहरूलाई पर्व सफल बनाउन उपस्थितीकालागी अनुरोध गरिएको छ । गौरा सुदुर पश्चिम क्षेत्रको…विस्तृत समाचार »

​जनार्दन गृहमन्त्री बनेपछि सचिव र आईजीपीको किन भयो निदहराम

काठमाडौं  -ऊर्जामन्त्रीका रुपमा सफल कार्यकाल पूरा गरेका जनार्दन शर्मा गृहमन्त्री बनेका छन् । शर्मा गृहमन्त्री बन्नेबित्तिकै अहिले केही व्यक्तिहरुको निदहराम भएको छ । गृहमन्त्री शर्मा नेकपा माओवादी केन्द्रका अहिलेसम्मकै सबैभन्दा सफल मन्त्री हुन् । उनी युद्धकालमा पनि डेपुटी कमाण्डरसम्म बनेका थिए । हक्की स्वभाव, इमानदार तथा लोकप्रिय छवि बनाएका शर्मा ऊर्जामन्त्री बनेपछि मुलुकमा दिनमा १८ घण्टासम्म हुने लोडसेडिङ हटाउन सफल भएका थिए । सो क्रममा विद्युत्…विस्तृत समाचार »

प्रचण्ड नेतृत्वको सरकारले सवैलाई आश्चर्य पार्दै ओबिओआरमा आज काठमाण्डौमै हस्ताक्षर हुदै

काठमाण्डौ– चीन सरकारले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा शुक्रवार काठमाण्डौमा हस्ताक्षर हुने भएको छ । परराष्ट्रमन्त्रालयले दिएको जानकारीअनुसार समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र नेपालका लागी चिनियाँ राजदूत यु होङ्ले शुक्रवार विहान परराष्ट्रमन्त्रालयमा हस्ताक्षर गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयका प्रवक्ता सहसचिव भरत पौडेलले एक पेटी एक मार्गमा नेपालको सहभागिताबारे शुक्रवार बृहत् समझदारी पत्रमा नेपालमै हस्ताक्षर हुने बताए । “शुक्रवार…विस्तृत समाचार »

नवराज सिलवाललाई फसाउने सरकारी योजना असफल भएपछी रचियो नयाँ फण्डा

रवि धामी काठमाण्डौ -नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख समेत रहेका डिआईजी नवराज सिलवाललाई फसाउने सरकारका चरणबद्ध योजनाहरु असफल भएका छन । आफ्नै हातमा डाडु पन्यु भएपनि सिलवाललाई फसाउन नसकिएपछि शुक्रबार सरकारले प्रहरी मुख्यालय मार्फत नया फण्डा सार्वजनिक भएको छ । त्यो हो जनस्तरमा उत्कष्ट मन जित्न सफल सिलवाललाई सञ्चारमाध्यमहरुबाट सार्वजनिक र्बईज्जति गर्ने फण्डा । जसकालागी सरकारले प्रहरी मुख्यालयलाई जिम्मेवारी दिएको छ ।…विस्तृत समाचार »

भारतीय सेनाध्यक्ष रावत काठमाण्डौमा , रावतले मुस्ताङको पनि भ्रमण गर्ने

काठमाण्डौ– भारतिय सेनाका सेनाध्यक्ष जनरल विपिन रावत मंगलवार काठमाण्डौ पुगेका छन् । रावतसंगै अर्का एक मेजर जनरल पनि भ्रमण दलमा छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा काठमाण्डौ आउन लागेका रावतले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली…विस्तृत समाचार »

सेना दिवसमा पत्रकार भुषण दाहालले म सिपाही दिए उपहार

काठमाण्डौ -वरिष्ठ पत्रकार तथा निर्देशक भुषण दाहालले नेपाली सेनालाई म सिपाही उपहार दिएका छन । सेना दिवशको अवसरमा उनले सामाजिक सञ्जाल टिविटरमा टुईट गर्दै नेपाली सेनालाई सेना दिवसको अवसरमा मेरो सानो आदरभाव भन्दै म सिपाही को भिडियो राखेका छन । के छ त म सिपाहीको भिडियोमा ? तलको लिंकमा क्लिक गर्नु होला । https://www.youtube.com/watch?v=q6Z1fqQHEkQविस्तृत समाचार »

कथाकार नव सिलवाल र थोत्रो छाता

प्रतिरोध कार्की/  विश्व साहित्यमा एउटा लोकप्रिय विधाका रूपमा रहेको ‘कथा’ लेखनको परम्परा नेपाली कथाको क्षेत्रमा १८२० सालबाट सुरुवात भएको विद्वान्हरूको मत छ । सुरुमा नीति कथा र अनुवाद रूपान्तरण परम्पराका साथ कथालेखन हुँदै आएकाले नेपाली कथा लेखन परम्पराले अहिलेसम्म विधिको सांस्कृतिक निरन्तरता दिँदै आएको छ । त्यसैको निरन्तरता हो कथाकार नव सिलवालको ‘थोत्रो छाता ।’ आदर्शोन्मुख यथार्थवादी एवं मनोवैज्ञानिक प्रवृत्तिका साथ आधुनिकता प्राप्त गरेपछि देश…विस्तृत समाचार »

उमेर विवाद सार्वजनिक भएपछि न्यायाधिसको जन्ममिती नै गायव

काठमाण्डौ- सर्वोच्च अदालतका एक न्यायाधीशको उमेर विवाद सार्वजनिक भएपछि न्यायपरिषद्ले न्यायाधीश र न्यायसेवाका कर्मचारीको जन्ममिति नै विवरणबाट हटाएको छ । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादले प्रधानन्यायाधीशका रूपमा पदमा रहने अवधिमा विवाद देखिएपछि न्यायापरिषद्ले न्यायाधीश र कर्मचारीको जन्ममिति गायब बनाएको हो । न्यायपरिषद्ले २०५८ सालदेखि न्यायाधीश र न्याय सेवाका कर्मचारीको विवरणमा जन्ममिति उल्लेख गरेर सार्वजनिक गर्दै आएको थियो । तर,…विस्तृत समाचार »

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top