प्यारो नेपाल

अहिलेकि मोनिका उहिलेकि नताशा

रवि धामी संसारकै शक्तिशाली राष्ट् संयुक्त राज्य अमेरिकाकी नागरिक नताशा त्यहि मुलुककि आर्कि चेली मोनिका । दुवैमा कुनै फरक छैन । दुवै जनाले अमेरिकाको सुखसयलको मज्जा लुटेका छन । उनिहरुलाई लाउन खानमा कुनै कमि छैन । काम गर्दा पनि उनिहरु मन लागे गर्छन मन लागे गर्दैनन् । मोनिका शिक्षिका हुन त नताशा व्यापारी फरक त्यति नै हो । तर उनिहरुको मुटू फराकि छ । शरिरले…विस्तृत समाचार »

पर्यटकीय सम्भावना बोकेको दार्चुला

दिपेन्द्र धामी हिमाल को काखमा अबस्थित हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्य ले भरि पूर्ण छ। बिस्व को सर्बोच्च शिखर सगरमाथा को देश भनेर चिनिने हाम्रो देश नेपाल मा उल्लेख्य पर्यटकीय सम्भावना रहेका छ्न। बिस्व का सबै भन्दा ठुला ८ वटा हिमालहरु देखि विश्वको सबै भन्दा होचो गल्छी झापाको केचनाकलन समेत हाम्रो देश मा नै अवस्थित छन। नेपाल ब्राजिल पछि को दोश्रो ठुलो जलश्रोतको धनि देश…विस्तृत समाचार »

नेपालका हिम शिखरको प्रोफाइल बनाइँदैँ

नेपालको पर्वतीय पर्यटकीय पहिचानलाई विश्वसामु परिचित गराउन सर्वोच्च शिखर सगरमाथा सहितका हिम शिखरको विस्तृत विवरण (प्र्रोफाइल) निर्माण गरिने भएको छ ।     नेपालमा पहिलो पटक सरकारीस्तरबाटै पर्वतारोहणका लागि खोलिएका ३६२ र पर्वतारोहणका लागि खुला गर्न सम्भाव्य भनी पहिचान गरिएका १६५ हिम शिखरको सम्पूर्ण विवरण संलग्न भएको फोटोसहितको प्रोफाइल निर्माण गर्न लागिएको हो । हिम शिखरहरूको प्रोफाइल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७०…विस्तृत समाचार »

मुक्तिनाथ जादा उपल्लो मुस्ताङ् जानुहोस

के.वि.मसाल नेपालकोधौलागिरी अन्चलमा पर्ने मुस्ताङ् जिल्ला हिमाल पारीको जिल्ला हो। पवित्र कालीगण्डकीको शिर र हिन्दुको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशि मात्र होइन प्रत्यक बर्ष हजारौको सख्यामा नेपाली मुस्ताङ जिल्लाको यात्रा गर्दछन । केहि बर्ष यता आएर मुस्ताङ जिल्ला जानको लागी हवाई उडानको मात्र भर पर्न पर्दैन । पोखरा वाग्लुङ् सडकको म्याग्दीको वेनी देखि मुस्ताङ जिल्लाको लागी मोटर मार्ग खुलेको छ । धार्मीक पर्यटकहरुको लागी…विस्तृत समाचार »

पुग्नै पर्ने ठाऊ हो गोसाईकुण्ड

के वि मसास नेपाल प्राकृतीक सम्पदाको धनि मुलुक हो । यिनै सम्पदा भित्र हिमाल,ताल,नदीनाला र ऐतिहासिक धार्मीक स्थल रहेका छन । हामीहरु भने  नजिकको तिर्थ हेला भने जस्तै ,आफ्नो देशको ऐतिहासिक र धार्मीक तिर्थस्थलहरु देख्दैनौ । तिर्थगर्नकै लागि हामी नेपाली त्यसमा पनि हिन्दुधर्म मान्यहरु धर्मकैलागी मित्र राष्ट्र भारतका अनगीन्ती धार्मिक स्थलहरुमा पुग्दछौ । आफ्ना मृतक पारिवारीक सदस्यहरु कालागी आत्मा शान्ती र  स्वर्ग सम्म पु¥याउन धार्मीक…विस्तृत समाचार »

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top