अनौठो

पाकिस्तानी सेनाका कर्णेल नेपालवाटै वेपत्ता भएपछि पाकिस्तानमा हल्लीखल्ली

काठमाण्डौ– पाकिस्तानी सेनाका अवकासप्राप्त लेफिटेनेण्ट कर्णेल मोहम्मद हविव जहिर नेपालवाट वेपत्ता भएका छन् । युएनमा जागिरको अन्र्तवार्ताको लागी पाकिस्तानवाट  ओमान हुदै नेपाल पुगेका जहिर लुम्वीनीवाट वेपत्ता भएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । उनलाई ओमानमा जाभेद अन्सारीले नेपाली मोवाइल उपलव्ध गराएको अनुसन्धानमा खुलेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जाकरीयाले पनि पाकिस्तानी सेनाका अवकाससप्राप्त अधिकृत नेपालवाट वेपत्ता भएको पुष्टि गरेका छन् । उनले पाकिस्तानी…विस्तृत समाचार »

घोडेजात्रामा पहिलोपटक महिला घोडसवार

दिपक खरेल, काठमाडौं-  नेपाली सेनाले वर्षौदेखि आयोजना गर्दैआएको घोडेजात्राको घोडसवारमा सोमबार पहिलो पटक सैनिक महिलाले सहभागिता जनाएकी छिन्। नेपाली सेनाले घोडेजात्राको अवसरमा प्रर्दशन गरेको शो(जम्पमा महिला सैनिक सिपाही हरीकुमारी गुरुङले सहभागिता जनाएकी हुन्। घोडेजात्राका अवसरमा वर्षेनी सेनाले अश्वकलाका विविध पक्ष र महत्व झल्कने प्रर्दशनी आयोजना गर्दैआएको छ। सेनाको क्याभलरी गणमा घुडसवारसम्बन्धी तालिम लिएकी गुरुङको प्रर्दशन आर्कषक तर जोखिमपूर्ण रहेको थियो। सेनामा महिलाको प्रतिधित्व बढाउने प्रधानसेनापतिको…विस्तृत समाचार »

विवादीत छवि भएका प्रधानमन्त्री पुत्र प्रकाशले किन् राखे १५ लाख पर्ने अत्याधुनीक हयितार ?

काठमाडौं – वहुविवाहको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहालले सुरक्षा थ्रेट बढेको भन्दै आधुनीक हतियार राख्ने अनुमती पाएका छन् । हतियार राख्न  अनुमतीको लागी दाहालले लामो समयअघि देखी प्रयास गर्दै आएका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका  दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हतियारको अनुमति लिइसकेका छन् ।   काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले प्रधानमन्त्रीपुत्र प्रकाशलाई हतियार राख्ने अनुमति…विस्तृत समाचार »

गृहमन्त्री अब बुलेट प्रुफ मर्सिडिज बेन्जमा !

टपेन्द्र कार्की काठमाडौं -नेपाललाई कतारले दिएका नौवटा बुलेट प्रुफ मर्सिडिज बेन्ज गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन् । उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले प्रयोग गर्ने मन्त्रालय स्रोतले जनाएको छ । सुरुमा गृहमन्त्रीले प्रयोग गर्ने गाडी मन्त्रालय आफंैले खरिद गर्ने गथ्र्यो, तर तीन वर्षअघि भएकै गाडीलाई प्रयोग गर्ने नीति लिएपछि कतार सरकारले उपहारस्वरूप दिएको…विस्तृत समाचार »

राजनीतिक हस्तक्षेपले संकटमा प्रहरी

काठमाडौं -सत्तारुढ दलको चरम हस्तक्षेपका कारण नेपाल प्रहरी इतिहासकै गम्भीर मोडमा पुगेको छ । कार्यक्षमता र योग्यताको आधारमा नभई आर्थिक चलखेल र पार्टीगत स्वार्थका आधारमा प्रहरी महानिरीक्षक बढुवा हुँदा सुरक्षा संगठनमा संकट उत्पन्न भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले भागबण्डाका आधारमा दुई सुरक्षा निकायमा आईजीपीको बढुवा  गर्दा यस्तो अवस्था आएको हो । कांग्रेसले नेपाल प्रहरी तथा माओवादी केन्द्रले सशस्त्र प्रहरीको आईजीपी…विस्तृत समाचार »

सिलवाललाई आईजिपी वनाउन् टिक्लान् प्रधानमन्त्री ?

रोशन खड्का काठमाण्डौ– तत्कालिन प्रधानमन्त्री वावुराम भट्टराईको पालामा गृहमन्त्री थिए, विजयकुमार गच्छेदार । एमाओवादी र तत्कालिन प्रधानमन्त्री भट्टराईको चाहना थियो, एआईजी कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक बनाउने । इमान्दार, आर्थीक रुपमा विवादमा नपरेका र वरियतामा एक नम्वर रहेकाले पनि राना प्रहरी महानिरीक्षकको लागी स्वभाविक दावेदार थिए । तर,गच्छेदारको छवि र प्रतिस्पर्धी एआईजीहरु नवराज ढकाल र भिष्म प्रसाईको चर्को दौडले राना नै प्रहरी महानिरीक्षक वन्छन् भन्नेमा भने…विस्तृत समाचार »

३७ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं-  प्रहरीले नेपालमा अवैधरुपमा बसोवास गर्दै आएका ३७ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई आज काठमाडौंको ठमेल, सोह्रखुट्टे, लाजिम्पाटलगायतका क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुसँग भिसा, पासपोर्टलगायतका कुनै पनि कागजात नभएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनकाअनुसार अझै पनि उल्लेख्य संख्यामा अवैधरुपमा बसोबास गरेका बंगलादेशी नागरिक रहेको आशंकामा प्रहरीले व्यापकरुपमा खोजीकार्य जारी राखेको छ । उनीहरु…विस्तृत समाचार »

आफु आईजिपी वन्न सिलवालविरुद्ध डिआईजी चन्दले गरे यस्तोसम्म हर्कत !

काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदै छन् । अर्यालसँगै २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका  राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, केदारप्रकाश साउद, यादव अधिकारी, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र परशुराम खत्रीसहितका ११ एआईजीहरु र डीआईजी श्यामबहादुर खड्का फागुन २ देखि ३० वर्षे…विस्तृत समाचार »

डिआईजी चन्दले मदिरा सेवन गरी मध्यराति होटल सांग्रिलाका जिएमलाई थुन्न भनेपछि ...

काठमाण्डौ–  भावी प्रहरी महानिरीक्षकको दौैडमा रहेका एक डिआईजीले होटल सांग्रिलामा रहेको क्यासिनोका संचालक राजेन्द्र वजगाईलाई गैर कानुनी रुपमा थुन्न मातहतका निकायलाई मध्यराती आदेश दिएको खुलासा भएको छ । नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार लागु औषध ब्युरोमा कार्यरत डिआईजी जयबहादुर चन्दले मदिरा सेवा गरी वजगाईलाई थुन्न विहिवार राति ११ वजे सोह्रखुट्टे प्रहरी प्रमुखलाई दवाव दिएका हुन । सोह्रखुट्टे प्रहरी प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले प्रक्राउ पुर्जी विना…विस्तृत समाचार »

आईजिपी सहभागी कार्यक्रम छोडेर डिआईजी चन्द किन गए विदेशीको भोजमा ?

काठमाण्डौ– अन्र्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसिया सम्मेलन आज काठमाण्डौमा समापन हुदैछ । नेपाल प्रहरीले सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनालाई विहिवार साझ भक्तपुरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको आयोजक आफै भएको हुदा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल विहिवार नै चिनीया नया वर्षको अवसरमा होटल सोल्टीमा चिनिया दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएनन् । उक्त कार्यक्रमको प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी…विस्तृत समाचार »

बिचार

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रिय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछि कार्यान्वयनमा सघाउनुको विकल्प छैन । देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायालयको ठूलो योगदान छ । पहिलो कुरा, सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ‘नेविसंघ अवैध हो’ भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन । त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउँथ्यो । नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

अदालतको फैसला मान्दैन भन्न मिल्छ र ?

- श्रृया केसी
सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० नियुक्ति प्रकरणमा दिएको निर्णयपछि न्यायपालिकासँगै प्रधानन्यायाधीश सुशीला कार्कीकै पक्ष र विपक्षमा बहस सुरु भएको छ । मर्यादाक्रम र कार्यक्षमता मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाल, दोस्रो प्रकाश अर्याल र तेस्रो बमबहादुर भण्डारीलाई गलहत्याएर चौथो नम्बरमा रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सुरु भएको बहसले समाजमा निकै ठूलो तरंग ल्याएको छ । सरकारले प्रहरी प्रमुख नियुक्त गर्न पाउने कि नपाउने रु अदालतले कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप ग¥यो, सरकारले योग्य देखेपछि अदालतले टाउको दुखाउनु हुन्न भन्ने तर्क पनि सुनिए । मन्त्रिपरिषद्ले डीआईजी जयबहादुर चन्दलाई १ फागुनमा आईजीपी बनाउने निर्णय गरे पनि उनले काम सुरु गर्न पाएका थिएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति गैरसंवैधानिक भनेर जनताको उच्च माया पाएको सर्वोच्च अदालत र यसको नेतृत्वले आईजीपी प्रकरणमा पनि दृढतापूर्वक न्याय दिएपछि सत्तारूढ दलका नेता र मन्त्रीमा कोकोहोला मच्चिए पनि आम नागरिकमा भने अदालतप्रतिको विश्वास निकै बढाएको छ ।

महत्वपूर्ण वेबसाइट

Top