अनौठो

किर्तेका योजनाकार गृहसचिव रेग्मी प्रधानन्यायाधीश फर्केपछि माताको शरणमा

काठमाडौं - सरकारी छाप दस्तख्त किर्ते गरेरै डिआईजी प्रकाश अर्याललाई महानिरीक्षकको फूली लगाईदिने मुख्य योजनाकार गृहसचिव लोकदर्शन रेग्मी घटनाक्रम प्रतिकूल हुने संकेतपछि अत्तालिएका छन् । गृहसचिव रेग्मी आफुमाथि आईपरेको संकट टारिदिन काठमाडौं उपत्यकामा रहेका शक्तिपीठ धाउन थालेको जनप्रहारले पत्ता लगाएको छ । ग्रहदशा बिग्रिएको र ठूलो संकट पर्ने ज्योतिषको भविष्यवाणी र सर्वोच्चमा प्रधानन्यायाधीश सुशिला कार्कीको पुनरागमनपछि अत्तालिएका गृहसचिव रेग्मी शनिबार मध्यान्ह दक्षिणकाली पुगेका थिए ।…विस्तृत समाचार »

किर्ते ‘कार्य सम्पादन मूल्यांकनका मास्टर माइण्ड’ को हुन् ?

काठमाडौं– बहुचर्चित आईजीपी प्रकरणको कार्य सम्पादन मूल्यांकन फारम सम्बन्धमा नेपालका प्रायःजसो अनलाइन तथा टीभी च्यानलहरुमा भाइरल भएर विगतका दुई हप्ताहरु चर्चित रहे । तेस्रो वरीयताक्रममा रहेका जयबहादुर चन्दलाई शेरबहादुर देउवाको सुटकेशमोह र भागबण्डाको राजनीतिबाट पहिलो स्थानमा उकाली नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७३ फागुन १ गते प्रहरी महानिरीक्षक बनाइयो । तीन घण्टा पनि बित्न नपाउँदै आफू प्रथम स्थानमा रहेकोले आफूलाई प्रहरी महानिरीक्षक बनाइपाऊँ भनी डीआईजी नवराज सिलवालले…विस्तृत समाचार »

पाकिस्तानी सेनाका कर्णेल नेपालवाटै वेपत्ता भएपछि पाकिस्तानमा हल्लीखल्ली

काठमाण्डौ– पाकिस्तानी सेनाका अवकासप्राप्त लेफिटेनेण्ट कर्णेल मोहम्मद हविव जहिर नेपालवाट वेपत्ता भएका छन् । युएनमा जागिरको अन्र्तवार्ताको लागी पाकिस्तानवाट  ओमान हुदै नेपाल पुगेका जहिर लुम्वीनीवाट वेपत्ता भएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । उनलाई ओमानमा जाभेद अन्सारीले नेपाली मोवाइल उपलव्ध गराएको अनुसन्धानमा खुलेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जाकरीयाले पनि पाकिस्तानी सेनाका अवकाससप्राप्त अधिकृत नेपालवाट वेपत्ता भएको पुष्टि गरेका छन् । उनले पाकिस्तानी…विस्तृत समाचार »

घोडेजात्रामा पहिलोपटक महिला घोडसवार

दिपक खरेल, काठमाडौं-  नेपाली सेनाले वर्षौदेखि आयोजना गर्दैआएको घोडेजात्राको घोडसवारमा सोमबार पहिलो पटक सैनिक महिलाले सहभागिता जनाएकी छिन्। नेपाली सेनाले घोडेजात्राको अवसरमा प्रर्दशन गरेको शो(जम्पमा महिला सैनिक सिपाही हरीकुमारी गुरुङले सहभागिता जनाएकी हुन्। घोडेजात्राका अवसरमा वर्षेनी सेनाले अश्वकलाका विविध पक्ष र महत्व झल्कने प्रर्दशनी आयोजना गर्दैआएको छ। सेनाको क्याभलरी गणमा घुडसवारसम्बन्धी तालिम लिएकी गुरुङको प्रर्दशन आर्कषक तर जोखिमपूर्ण रहेको थियो। सेनामा महिलाको प्रतिधित्व बढाउने प्रधानसेनापतिको…विस्तृत समाचार »

विवादीत छवि भएका प्रधानमन्त्री पुत्र प्रकाशले किन् राखे १५ लाख पर्ने अत्याधुनीक हयितार ?

काठमाडौं – वहुविवाहको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहालले सुरक्षा थ्रेट बढेको भन्दै आधुनीक हतियार राख्ने अनुमती पाएका छन् । हतियार राख्न  अनुमतीको लागी दाहालले लामो समयअघि देखी प्रयास गर्दै आएका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका  दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हतियारको अनुमति लिइसकेका छन् ।   काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले प्रधानमन्त्रीपुत्र प्रकाशलाई हतियार राख्ने अनुमति…विस्तृत समाचार »

गृहमन्त्री अब बुलेट प्रुफ मर्सिडिज बेन्जमा !

टपेन्द्र कार्की काठमाडौं -नेपाललाई कतारले दिएका नौवटा बुलेट प्रुफ मर्सिडिज बेन्ज गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन् । उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले प्रयोग गर्ने मन्त्रालय स्रोतले जनाएको छ । सुरुमा गृहमन्त्रीले प्रयोग गर्ने गाडी मन्त्रालय आफंैले खरिद गर्ने गथ्र्यो, तर तीन वर्षअघि भएकै गाडीलाई प्रयोग गर्ने नीति लिएपछि कतार सरकारले उपहारस्वरूप दिएको…विस्तृत समाचार »

राजनीतिक हस्तक्षेपले संकटमा प्रहरी

काठमाडौं -सत्तारुढ दलको चरम हस्तक्षेपका कारण नेपाल प्रहरी इतिहासकै गम्भीर मोडमा पुगेको छ । कार्यक्षमता र योग्यताको आधारमा नभई आर्थिक चलखेल र पार्टीगत स्वार्थका आधारमा प्रहरी महानिरीक्षक बढुवा हुँदा सुरक्षा संगठनमा संकट उत्पन्न भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले भागबण्डाका आधारमा दुई सुरक्षा निकायमा आईजीपीको बढुवा  गर्दा यस्तो अवस्था आएको हो । कांग्रेसले नेपाल प्रहरी तथा माओवादी केन्द्रले सशस्त्र प्रहरीको आईजीपी…विस्तृत समाचार »

सिलवाललाई आईजिपी वनाउन् टिक्लान् प्रधानमन्त्री ?

रोशन खड्का काठमाण्डौ– तत्कालिन प्रधानमन्त्री वावुराम भट्टराईको पालामा गृहमन्त्री थिए, विजयकुमार गच्छेदार । एमाओवादी र तत्कालिन प्रधानमन्त्री भट्टराईको चाहना थियो, एआईजी कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक बनाउने । इमान्दार, आर्थीक रुपमा विवादमा नपरेका र वरियतामा एक नम्वर रहेकाले पनि राना प्रहरी महानिरीक्षकको लागी स्वभाविक दावेदार थिए । तर,गच्छेदारको छवि र प्रतिस्पर्धी एआईजीहरु नवराज ढकाल र भिष्म प्रसाईको चर्को दौडले राना नै प्रहरी महानिरीक्षक वन्छन् भन्नेमा भने…विस्तृत समाचार »

३७ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं-  प्रहरीले नेपालमा अवैधरुपमा बसोवास गर्दै आएका ३७ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई आज काठमाडौंको ठमेल, सोह्रखुट्टे, लाजिम्पाटलगायतका क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुसँग भिसा, पासपोर्टलगायतका कुनै पनि कागजात नभएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनकाअनुसार अझै पनि उल्लेख्य संख्यामा अवैधरुपमा बसोबास गरेका बंगलादेशी नागरिक रहेको आशंकामा प्रहरीले व्यापकरुपमा खोजीकार्य जारी राखेको छ । उनीहरु…विस्तृत समाचार »

आफु आईजिपी वन्न सिलवालविरुद्ध डिआईजी चन्दले गरे यस्तोसम्म हर्कत !

काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदै छन् । अर्यालसँगै २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका  राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, केदारप्रकाश साउद, यादव अधिकारी, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र परशुराम खत्रीसहितका ११ एआईजीहरु र डीआईजी श्यामबहादुर खड्का फागुन २ देखि ३० वर्षे…विस्तृत समाचार »

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top