अनौठो

​आइजिपी वन्न यसरी सुरु हुदैछ दिल्ली दौड

काठमाण्डौ–नेपाल प्रहरीको नया आईजिपी वन्ने दौडधुप सुरु भएको छ । हालका आईजिपी उपेन्द्रकान्त अर्यालको नियमित कार्यकाल फागुन २ गते सकिएपछि नेपाल प्रहरीले २५ औ आईजिपी    पाउनेछ । अर्यालपछि नेपाल प्रहरीको भावी आईजिपीमा वरियताक्रममा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाल वन्ने सम्भावना प्रवल छ । वरियता र कार्यदक्षताका हिसावले उनि सवैभन्दा अगाडी छन् । तर,आईजिपीका लागी दुई नम्वरमा रहेका डिआईजी प्रकाश अर्याल,तिन नम्वर रहेका जयबहादुर…विस्तृत समाचार »

भारतिय सेनामा वरियता मिच्दै रावत नया सेना प्रमुख,रअको चिफमा धसमाना

काठमाण्डौ– भारतले महत्वपुर्ण चार सुरक्षा ऐजेन्सीका प्रमुख हेरफेर गरेको छ ।  भारत सरकारले शनिवार राति थल सेना प्रमुखमा लेफ्टिनेण्ट जनरल विपिन रावत,वायु सेना प्रमुखमा एयर मार्शल बिरेन्द्र सिंह धन्वा, इन्टेलिजेन्स ब्युरोको प्रमुखमा राजिव जैन र भारतिय गुप्तचर संस्था रअको प्रमुखमा अनिल धसमानालाई नियुक्त गरेको छ । भारतका सेनाप्रमुख दलवीर सिंह सुहाग र वायुसेना प्रमुख एयर चीफ मार्सल अरुप राहा डिसेम्वर ३१ मा अवकास पाउदैछन् ।…विस्तृत समाचार »

बाँदरले युवती जिस्काएपछि बबाल

एजेन्सी  -एक स्कले युवतीलाई बाँदरले जिस्काएपछि लिबियाको सभामा भयंकर तनाव र हिंसा सुरु भएको छ । युवतीमाथि बाँदरले हमला गरेपछि लिबियामा सुरु भएको हिंसामा कम्तीमा २० जनाको ज्यान गएको र ५० भन्दा बढी मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण लिबियाको दुई जनजातिहरुबीच यो हिंसा तब भड्कियो जब गद्दाफा जनजातिको एक पसलेको घरपालुवा बाँदरले अर्को जनजातिकी एक युवतीमाथि हमला गर्यो । युवतीका परिवारले…विस्तृत समाचार »

सहमतिमा सेक्स रिस, उठेपछि बलात्कार,राजधानिमै भयो यस्तो घटना !

काठमाडौं-  दुई साता अगाडि महानगरीय प्रहरी वृत्त बालाजुमा दुई महिला आफ्नो गुनासो लिएर पुगे । उनीहरूले आफ्नो गुनासो वृत्तका डिएसपी सन्तोष तामाङलाई सुनाए । कहीँ कतैबाट नाता पर्ने नवलपरासीका एक युवकबाट आफू बलात्कृत भएको गुनासो पोखे । दुई महिलामध्ये एक आमा र एक छोरी थिए । भावविह्ल अवस्थामा रहेका आमाछोरीलाई डिएसपी तामाङले न्याय दिलाउने बचने दिँदै जाहेरी दिन लगाए । सापटी दिएको तीन हजार रुपैयाँ…विस्तृत समाचार »

काठमाण्डौमा यस्तो छ कलबाइपासको डरलाग्दो सञ्जाल ?

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरी कल बाइपास काण्डमा नेपालमा फँसेपछि रातारात बंगलादेश भगाइए । चौधरी भागेपनि काठमाडौंमा कलबाइपासको डरलाग्दो सञ्जाल भत्किएन । बरु, अझै बढ्यो । झोला व्यापारको आवरणमा कल बाइपास केन्द्र चलाइएका एक व्यक्तिलाई प्रहरीले अन्तिम साउनमा पक्राउ गरेपछि सञ्जालको बारेमा खुलासा भएको थियो । पेप्सीकोलाबाट काभ्रे, धुलिखेल–९ का २८ वर्षीय केदार अछामी र सिन्धुपाल्चोक, चौतारा–९ का…विस्तृत समाचार »

घुस लिएको १४ लाख रुपैयाँ फिर्ता गरेर बरामदमा देखाइयो

काठमाडौं - लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)का प्रमुख एवं विवादास्पद डीआईजी जयबहादुर चन्दले लागूऔषध तस्करहरुसँग बार्गेनिङ गर्दै अनौठो किसिमले रकम असुल्ने गरेको तथ्यको रहस्योद्घाटन भएको छ । विवादास्पद व्यवसायी पवन संघाई मुख्य सञ्चालक रहेको आर्या फर्मा ल्याब प्रालिले अवैध तवरले नेपाल भित्र्याएको प्रिकर्सर केमिकल काण्डमा १६ करोडको बार्गेनिङ गरेपछि विवादमा तानिएका डीआईजी चन्दले लागूऔषध ब्युरोको कमाण्ड सम्हालेदेखि भएका हरेक अपरेशनको दौरानमा व्यापक बार्गेनिङ गरेर रकम असुल्ने…विस्तृत समाचार »

भुकम्पको जानकारी दिने यन्त्र नेपालमै बनाईयो

नवलपरासी – नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् । सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको सङ्केत दिने कुरा यन्त्र बनाउन संलग्न विद्यार्थी…विस्तृत समाचार »

कांग्रेस–माओवादीबीच भएको सातबुँदेमा के छ ?

१. नेपालको संविधान जारी भएसागै देशभित्र देखापरेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारूलगायत सबै आदिवासी जनजातिका अधिकारसम्बन्धी सवालसमेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकनलगायतका विषयमा सम्बोधन गर्न आवश्यक संशोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने । २. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनका लागि आवश्यक नीति, संरचना र कानुनी व्यवस्था गर्ने । स्थानीय तहको संख्या र…विस्तृत समाचार »

यि हुन नेपाली शोभराज, जसले ३२ महिलाको बलात्कार पश्चात हत्या

काठमाडौं - नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबीले) ३२ महिलाको हत्या गरी फरार रहेका नेपाली शोभराजलाई पक्राउ गरेको छ । ‘विकिनी किलर’ फ्रान्सेली नागरिक चाल्र्स शोभराज कै शैलिमा   महिलाहरुको बलात्कारपछि हत्या गर्दै हिँड्ने ‘नेपाली शोभराज’ लाई सिआईबीले पक्राउ गरेको छ । प्रेम उपनामले चिनिने नेपाली शोभराजकोे नाममा मानबहादुर बुढाथोकी रहेको सिआईबीले जनाएको छ । प्रेमले करिब ३२ महिलाको बलात्कार पछि हत्या गरेको आशंकामा सिआईबीले अनुसन्धान…विस्तृत समाचार »

आमाको पेटमा स्पोर्ट्स कार ?

भारतको नयाादिल्लीमा एउटा आमाको कोखमा बच्चाको सट्टा स्पोर्ट्स कार भेटिएको छ । ती महिलाका पतिले सामाजिक सञ्जालमा फोटो हालेपछि घटना बाहिर आएको हो । भारतीय अनलाइन अमर उजालाका अनुसार पछिल्लो दुई वर्षदेखि यी दम्पत्ति बच्चाको आशमा थिए । पत्नीले वाइवीएफ पद्धतिमार्फत छोरीलाई जन्म दिएकी थिइन् । छोरी ६ महिना हुादा उनी फेरि गर्भवती बनेकी थिइन् । यी दम्पत्तिले पेटमा छोरा छ कि छोरी भनेर हेर्न…विस्तृत समाचार »

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top