अनौठो

आमाको पेटमा स्पोर्ट्स कार ?

भारतको नयाादिल्लीमा एउटा आमाको कोखमा बच्चाको सट्टा स्पोर्ट्स कार भेटिएको छ । ती महिलाका पतिले सामाजिक सञ्जालमा फोटो हालेपछि घटना बाहिर आएको हो । भारतीय अनलाइन अमर उजालाका अनुसार पछिल्लो दुई वर्षदेखि यी दम्पत्ति बच्चाको आशमा थिए । पत्नीले वाइवीएफ पद्धतिमार्फत छोरीलाई जन्म दिएकी थिइन् । छोरी ६ महिना हुादा उनी फेरि गर्भवती बनेकी थिइन् । यी दम्पत्तिले पेटमा छोरा छ कि छोरी भनेर हेर्न…विस्तृत समाचार »

आइफोन किन्न १८ दिनकी छोरी बिक्री !

चीनमा एक व्यक्तिलाई आफ्नै १८ दिनकी छोरी बेचेको आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले आइफोन किन्नका लागि आफ्नै छोरी बेच्ने बाबुलाई ३ वर्षको जेल सजाय सुनाइएको हो । एक चिनियाँ दम्पतीले आईफोन किन्नका लागि आफ्नी १८ दिनकी छोरीलाई ३ हजार ५ सय ३० डलरमा बेचेका थिए । चीनको सरकारी पीपुल्स डेलीको अनलाइनको एक रिपोर्टमा चीनको फूजियान प्रान्तमा एक सामाजिक सञ्जाल क्युक्युमा १८…विस्तृत समाचार »

रक्सीको नशामा सिंहसँग हात मिलाउन गएपछि

यो दुनियाका कोही मानिस विचित्रकै हुन्छन् । केही समय पहिले भारतमा एकजना जँड्याहासँग हात्ति डराएर भागेको र जँड्याहाले जंगली हात्तिलाई लखेटेको समाचार आएको थियो । दक्षिण अमेरिकी देश चिलीमा आत्महत्या गर्नका लागि एक युवकल नांगै चिडियाखानाको सिंहको खोरमा हाम फाल्दा दुइवटा सिंहलार्य नै गोली हान्नुपरेको समाचार हिजो मात्र अनलाइन खबरमा पढ्नुभएकै छ । अहिले फेरि अर्को यस्तै खबर आएको छ । भारतको हैदरावादस्थित नेहरु चिडियाखानमा…विस्तृत समाचार »

थप उपचारका लागि केपी ओली विदेश जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दायाँ हात सुन्निने समस्या नरोकिएपछि फलोअप उपचारका लागि एक-दुई दिनभित्रै बैंकक जाने तयारी भएको छ । उनी विदेश गएका बेला उपाध्यक्ष वामदेव गौतम एमालेको कार्यबाहक अध्यक्ष बन्नेछन् । ओलीनिकट स्रोतका अनुसार हातमा संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो । शुरुमा कोरिया जानेबारेमा कुरा उठे पनि बैंकक नै जाने तय भएको स्रोतले जनाएको छ । अध्यक्ष ओली पूरा…विस्तृत समाचार »

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top