निर्वाचनको मुखैमा तीन जिल्लाका सिडियो र दुई जिल्लाका एसपी फेरीए


Tuesday, 21 Nov, 2017 12:00 AM

काठमाण्डौ -गृहमन्त्रालयले निर्वाचनको मुखैमा तीन जिल्लाका सिडियो र दुई जिल्लाका एसपी हेरफेर गरेको छ । गृहमन्त्रालय स्रोतकाअनुसार सोलुखुम्बुका सिडियो भुपेन्द्र थापा,नुवाकोटका जगदीशराज बराल र रसुवाकी सिडियो हिरादेवी पौडेलको दुई महिना नबित्दै सरुवा भएको हो  ।  सोलुखुम्बु, नुवाकोट र रसुवा तिनै जिल्लामा पांच दिनपछि निर्वाचन पहिलो चरण अन्तर्गत निर्वाचन हुदैछ ।

स्रोतकाअनुसार मन्त्रालयले सोलुखुम्बुमा सुनिल खनाल, रसुवामा चोमेन्द्र न्यापानेलाई र नुवाकोटमा विरेन्द्र यादवलाई पठाउने तयारी गरेको छ ।
त्यसैगरि दुई जिल्लाका एसपीको पनि सरुवा गरेको छ । प्रहरी मुख्यालयले नुवाकोटका एसपी विरेन्द्र वस्याललाई फिर्ता बोलाएर त्यहां वसन्त कुंवरलाई पठाएको छ भने कञ्चनपुरका प्रकाशबहादुर चन्दलाई फिर्ता बोलाएर हरिराज वाग्लेलाई पठाएको छ ।

Related News

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top