नौ किलोको सुनको सर्ट लगाएर मनाए जन्म दिन

नौ किलोको सुनको सर्ट लगाएर मनाए जन्म दिन


Thursday, 24 Sep, 2015 11:16 AM

आफ्नो जन्मदिनलाई विशेष बनाउन तपाईं हामी केही न केही नयाँ गर्ने कोसिस गर्छौं । भारतीय व्यापारी प्रकाश परखले भने जन्मदिन मनाउने अनौठो तरिका अपनाएका छन् ।

कपडा व्यापारी प्रकाशले जन्मदिनमा एक करोड ३० लाख भारतीय रुपैयाँबराबरको सुनको सर्ट लगाएका हु्न् । उनले महँगो कपडा लगाएर सडकमा देखाउँदै समेत हिँडे ।

उनी व्यापारीका साथै महाराष्ट्रमा भारतीय कांग्रेस पार्टीका सदस्यसमेत हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको बहुमूल्य सर्टमा २२ क्यारेटको सुन प्रयोग भएको छ । सर्टको पूरै वजन नौ किलो छ ।

सर्ट बनाउन २० कालिगडले तीन हजार दुई घन्टा (एक सय २५ दिन) लगाएका थिए । उनले कसैको गरिबीलाई जिस्क्याउन वा सहरलाई देखाउन महँगो सर्ट नलगाएको तर्क गरेका छन् । आफू च्यारिटी सो गर्ने व्यक्ति भएकाले यस्तो सर्ट बनाएको उनले दाबी गरेका छन् ।

प्रकाशले आफूलाई परिवारका सदस्यले मन नपराउने समेत खुलासा गरेका छन् । ‘परिवारका सदस्यले मलाई त्यति रुचाउँदैनन्, उनीहरू मलाई अजीव मान्छे भन्दै तर्कन्छन्,’ भारतीय सञ्चारमाध्यमसँग उनले भनेका छन् ।

यसअघि भारतमै दत फुगे नामका एक नागरिकले पनि सन् २०१३ मा एक करोड ४१ लाख भारुको सर्ट लगाएर तहल्का मच्चाएका थिए । एजेन्सी

बिचार

आईजीपी नियुक्ती र विगतको विचौलीयाको हरकत

कसैको विरोध वा समर्थन होईन यर्थात अनुभूति हो, नागरिको वहुमतको भोटवाट जितेका नेता र सरकारले गरेको निर्णय विरुध्द गएन तर मेरो कमजोरी होईन र नामर्दी पन होईन । जन्म घर त मेरो पनि सुपक्षे हो ! आज कीन सुपक्षेको नाम गासीयो ? अचम्मै लाग्यो ! सुरक्षा सेवा देशको हो राजनैतिक लाभका अर्थ र चर्चाको पनि अनुसन्धान हुन पर्दछ । सक्षम र सवल भएकोले एआजी हुदा सम्म घुष खुवाउनु परेन, मिर्ठाइ र हुस्की लीएर चाही गए वढुवा पछि । सवैै नेता, सवै प्रहरी वदमास छैनन तर उत्तरदायी विधिको सुशासनको खडेरी छ।अदालत कीन गईएन त्यसको वारेमा चर्चा पछि गर्ने छु समय सन्दर्भमा । यर्थात पस्किन भाषा शव्द केलाउनु नपर्ने महशुस गरेर लेखको रचनाक्रम ख्याल नगरी प्रस्तुत गरे आफ्नै फेशवुकमा किनकी ठूला पत्रिका छपाउन समय, सम्वन्ध, स्रोत वढी लाग्ने हुदा र सेन्सर हुदो रहेछ । लेखाईएका खवर टिप्पिणी रातारात छापिन्छन । ईतिहास लेखि सकेको हुन्छ । यो आवेस वा कुण्ठा होईन ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई खुल्लापत्र

अहिले तपाईंकै अहंकारका कारण नेपाल प्रहरीभित्र आईजीपी चयन प्रक्रिया रमिता जस्तो भएको छ । आईजीपी विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । अपराधीलाई कानुनको कठघरामा पु¥याउने प्रहरी स्वयं नै न्याय माग्दै अदालतको ढोका ढक्ढकाउनु परेको अवस्था छ । नेपाल प्रहरीमा विगतदेखि नै राजनीतिकरणले विकृति निम्त्याएको थियो नै । यो पटक कांग्रेसका गृहमन्त्री रहेका विमलेन्द्र निधिले वरीयता र कार्यकुशलताका आधारमा निर्णय गरौँ भन्दा क्षेत्रीयतालाई काखी च्याप्ने तपाईंको निर्णयले गर्दा प्रहरीमा चेन अफ कमाण्ड कायम गर्ने गरिमा जुन नेपाली कांग्रेसले पाउने थियो त्यो पनि गुमेको छ । अझ सुरक्षा निकायमा अनावश्यक हस्तक्षेप र भागबण्डाको राजनीतिले जनतामा कांग्रेसको साख गिरेको छ ।

महत्वपूर्ण वेबसाइट

Top