यसकारण नआउने भए चिनिया राष्ट्रपति नेपाल भ्रमणमा ?


Wednesday, 7 Sep, 2016 8:57 AM

सन्तोष घिमिरे ,
काठमाडौ: अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।

चीनले नेपालका तर्फबाट भ्रमणसम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्धता नदेखिएको उसको बुझाइसमेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति सी सन् २०१६ ९२०७३ पुसमध्य० भित्र नेपाल आउने सम्भावना टरेको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छु, एक उच्च सरकारी अधिकारीले मंगलबार अन्नपूर्णसँग भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टि गरेको छ ।

यद्यपि परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको अन्नपूर्णलाई प्रतिक्रिया दिए । ुचिनियाँ राष्ट्रपतिको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त छु, उनले भने ।

बेइजिङ्ले राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण निश्चित गर्ने÷नगर्ने विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।

    तीन कारणः
    –पर्याप्त तयारी अभाव
    –वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर
    –केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि तीनवटा सम्भावित मितिहरूमा कूटनीतिक र राजनीतिक तहमा कुराकानी चलिरहेको थियो ।

असोज २९ र ३० ९अक्टोबर १५ र १६० मा भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलनमा जानु एक वा दुई दिनअघि नेपाल भ्रमण गर्ने वा शिखर सम्मेलन सकेर फर्किने क्रममा नेपाल भ्रमण गर्ने सम्भावना थियो ।

छलफलका क्रममा चिनियाँ पक्षले असोज २२, २३ या २४ गते ९अक्टोबर ८, ९ या १०० मध्ये कुनै एक दिन राष्ट्रपति नेपाल भ्रमणमा आउन सक्ने अर्को सम्भावित मिति प्रस्ताव गरेको थियो ।

डिसेम्बर दोस्रो साता राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने गरी चिनियाँ पक्षले आन्तरिक गृहकार्य समेत गरेको भए पनि हालका लागि तयारी रोकिएको बेइजिङस्थित स्रोतले बतायो । ुतर यी तीनवटै प्रस्तावित मितिमा राष्ट्रपतिको भ्रमण हुनेछैनु, स्रोतले भन्यो ।

राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीअन्तर्गत एक महिना पहिले नेपाल आएको चीनको स्टेट काउन्सिल मातहतको प्रभावशाली ुथिंक ट्यांकु चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स ९सिआइसिआइआर० का अध्यक्ष जी चिए नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति सीको भ्रमण असोजमा हुने प्रधानमन्त्री दाहाललगायत उच्च राजनीतिक तहमा जानकारी गराएको थियो ।

सिआइसिआइआरका अध्यक्ष जीले राष्ट्रपति सीको भ्रमण सफलताका लागि नेपालका तर्फबाट पर्याप्त गृहकार्य गर्नुपर्ने तथा चिनियाँ सम्बन्धित मन्त्रालयसँग सघन सम्पर्कमा रहनुपर्ने सञ्चारकर्मीसँग बताएका थिए ।

चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष जीले राष्ट्रपति असोजमा नेपाल आउन चाहेको बताएका थिए ।

प्रधानमन्त्री दाहालको विशेषदूतका रूपमा बेइजिङ गएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा भएका भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले सन् २०१६ भित्र उच्चस्तरीय नेपाल भ्रमण हुनसक्ने बताए पनि राष्ट्रपति सीको नै भ्रमण हुनसक्ने स्पष्ट बताएका थिएनन् ।

भेटहरूमा चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पार्न चिनियाँ विदेशमन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले निकट रही गृहकार्य गर्ने सहमति बनेको थियो ।

नेपाल फर्केपछि मन्त्री महराले चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित भएको दाबी गरेका थिए । महराले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको ठोस मिति चाँडै तय हुने बताएका थिए ।

विशेषतः चीनले आफूले अघि सारेको ुवान बेल्ट वान रोडु अवधारणामा नेपालको सक्रिय सहभागिता खोजेको छ । यसका लागि चीनले नेपालसँग ुवान बेल्ट वान रोडु मा बृहत्तर समझदारी पत्र ९एमओयु० गर्न चाहेको कूटनीतिक च्यानलमार्फत बताइसकेको छ ।

ुचिनियाँ राष्ट्रपतिको भ्रमण भएको भए उक्त एमओयुमा हस्ताक्षरको विषय प्रमुख हुनसक्ने थियोु, एक उच्च सरकारी अधिकारीले भने । यसअन्र्तगत नेपालले रेल, सडक र पूर्वाधार विकासका लागि ठूलो राशिको चिनियाँ अनुदान सहयोग पाउने निश्चित थियो । नेपालले ुवान बेल्ट वान रोडु अवधारणाअन्र्तगतको ुसिल्क रोड इकोनोमिक बेल्टु परियोजनामा सहभागी हुन प्रारम्भिक स्तरको एमओयुमा भने सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरिसकेको छ ।

पूर्वप्रधानमन्त्री ओलीको भ्रमणमा जारी संयुक्त वक्तव्यमा नेपाल र चीनबीचका द्विपक्षीय परियोजनाहरू वान बेल्ट वान रोड अवधारणाअन्र्तगत रही अघि बढाउन सहमति भएको उल्लेख छ ।

भ्रमणमा पारवहन लगायत ऐतिहासिक सम्झौता चीनसँग सम्पन्न भए पनि नेपालले अझै पनि सम्झौताको कार्यान्वयनका लागि प्रोटोकल हरूमा हस्ताक्षरका लागि पर्याप्त गृहकार्य गर्न सकेको छैन । ओलीको भ्रमण भएका सम्झौता कार्यान्वयनका लागि सरकारले आश्वस्त गर्न नसक्नु पनि चिनियाँ राष्ट्रपति भ्रमण स्थगित हुनुको कारण रहेको बताइएको छ ।
अन्नपुर्णवाट

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top