देशले खोज्नुपर्ने र जनताले रोज्नैपर्ने नेताहरु जो चुनावी मैदानमा छन


Tuesday, 28 Nov, 2017 12:00 AM

काठमाडौं - प्रतिनिधि र प्रदेश सभाको चुनावको पहिलो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणको मतदान बाँकी रहेको छ । नयाँ र पुराना पार्टीमा आशावादी र काम गर्नसक्ने कतिपय क्षमतावान् नेताहरू रहेका छन् जसले चाहेर पनि काम गर्न पाइरहेका छैनन् । व्यवाहार मिल्ने चर विचारको विविधतामा रहेपनि देशले खोज्नुपर्ने र जनताले रोज्नुपर्ने नेता धेरै रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, विवेकशील साझा, नयाँ शक्तिलगायतमा संघीय प्रतिनिधि सभामा आउनै पर्ने नेताहरू छन् । जो चुनावी स्पर्धामा छन् । तर, कतिपय स्थानमा जित्नैपर्ने भिन्न पार्टीका नेताहरूको चुनावी स्पर्धा गराइएको छ । यद्यपि जित्नुपर्ने नेताको सूची कम छैन ।

विचार र व्यवाहारले राजनीतिमा परिवर्तन खोज्ने हो भने झापा–१ बाट विश्वप्रकाश शर्मा रोज्नुपर्ने नेता हुन् । कांग्रेस राजनीतिमा समय विताएका यी युवा नेताले संसदमा मौका पाए भ्रष्टाचारविरूद्ध र न्यायका पक्षमा काम गर्न पाउनेछन् । तर, कांग्रेसभित्रको आन्तरिक र बाह्य राजनीतिक प्रभावका कारणले शर्माले चुनावमा केही समयदेखि हार व्यहोरिरहेका छन् । शर्मा संघीय संसदका लागि आवश्यक नेता हुन् ।

उता, मोरङ–६ मा बामपन्थी गठबन्धनबाट लालबाबु पण्डित र कांग्रेसबाट शेखर कोइरालाको स्पर्धा छ । यी दुवै नेता संसदमा आउनुपर्ने व्यक्ति हुन् । पण्डितले एक कार्यकाल मन्त्री पद चलाउँदा इमान र राष्ट्रियताको पक्षमा काम गर्दा कर्मचारीतन्त्र थर्कमान भएको थियो । पिआर र ग्रिनकार्ड लिएका कर्मचारीका लागि ल्याइएको नीतिले धेरैको भागाभाग बनाउने पण्डितको साधारण जीवन र उच्च काम गर्ने शैलीका कारण जनताले रोज्नुपर्ने नेता हुन् । उता, कोइराला कांग्रेसको राजनीतिभित्र सर्वाधिक लोकप्रिय त छँदै छन् मधेस र पहाड जोड्ने भुमिका उनमा रहेको छ । मिहेनत गरी नेपाली कांग्रेसको साख जोगाउने कोइराला पनि जित्नैपर्ने नेता हुन् । तर, पण्डित र कोइराला मध्ये एकमात्र संघीय संसदमा सदस्य बनेर निर्वाचित हुनेछन् ।

संघीय समाजवादी फोरमका संयोजक उपेन्द्र यादव पनि सांसद बनेर आउनुपर्ने व्यक्तित्व हुन् । राष्ट्रियता र समुदायको अधिकारका लागि लडेका यादव राष्ट्रका पक्षमा काम गर्ने नेता हुन् । उनी सप्तरी–२ बाट उठेका छन् । युवा राजनीतिज्ञ नेकपा माओवादीका नेता तथा पूर्वकानुनमन्त्री अजय शंकर नायक पनि संघीय संसदमा आउनुपर्ने नेता हुन् । उनले कानुनमन्त्री हुँदा गरेका कामको आधारमा नै संसदमा जनताले पठाउनुपर्ने व्यक्ति हुन् । सिरहा–४बाट उनी उम्मेदवार छन् ।
महत्वपूर्ण मुद्दा उठाउने र काम गर्ने दुई नेता काठमाडौं–४मा उठेका छन् । नेपाली कांग्रेसका गगन थापा र विवेकशील साझाकी सुबुना बस्नेत दुवै संसदका आवश्यक नेता हुन् । सुबुना सुसंस्कृत राजनीतिको नयाँ प्रयोगका लागि विवेकशील साझाकी उम्मेदवार हुन् । सम्भवतः उनी कान्छी उम्मेदवार पनि हुन् । त्यहां राजन भट्टराई पनि उठेका छन उनि पनि आउनै पर्ने नृता भित्र पर्दछन ।

यता, काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्र पनि संसदमा आउनुपर्ने नेता हुन् । लामो समय पत्रकारिता गरेर राजनीतिलाई सफा बनाउने अभियानमा दल नै खोलेर लागि परेका मिश्र आधुनिक राजनीतिका एक सशक्त व्यक्तिका रूपमा उदय हुँदैछन् ।
दलबदल गरेपनि काठमाडौंको विकास, देशको परियोजना निर्माण र अर्थमन्त्री हुँदा गरेको कामका कारण गोरखा–२ का उम्मेदवार तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि संघीय संसदमा आउनुपर्ने नेता हुन् । उनको सोच पनि सुसंस्कृत र भ्रष्टाचारविरोधी राजनीति स्थापनासहित सैद्धान्तिक रूपमा समाजवाद र विकाससहितको अर्थनीतिमा अव देश पस्नुपर्छ भन्ने छ । यहि मान्यताका कारणले नै उनी अनिवार्य सदस्य बन्नुपर्ने हो । उनिसंगै प्रतिस्पर्धामा रहेका नारायणकाजी श्रेष्ठ पनि जित्नै पर्ने नेता हुन ।

कास्की–२ का बामपन्थी उम्मेदवार रविन्द्र अधिकारी संघीय संसदको सदस्यका लागि निर्वाचित गराउनैपर्ने व्यक्तित्व हुन् । संसदमा रहँदा उनले गरेका काम र विचारका कारणले पनि अहिलेको राजनीतिक व्यवस्थामा काम गर्ने ठाउँमा उनी आउनैपर्ने व्यक्ति हुन् ।

कडा मिजास र व्यंग्य गरेपनि प्रशासनयन्त्र र प्रधानमन्त्रीत्वकालमा देश र विकासका लागि योगदान गरेका कारण नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली पनि संसदमा आउनुपर्ने व्यक्तित्व हुन् । विपक्षीमाथि राजनीतिक हमला गरेपनि प्रशासनयन्त्रमा उनको काम गराई प्रभावकारी रहेका कारणले ओली पनि रोज्नुपर्नेमा पर्छन् ।
उर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन र गृहमन्त्री हुँदा प्रहरीका सातै प्रदेशमा अधिकारी स्थापना गरी सक्रियता देखाएका जनार्दन शर्मा रूकुमका उम्मेदवार हुन् । उनी पनि संघीय संसदमा सहभागी हुनैपर्ने एक नेता हुन् । उनी कम बोल्ने र धेरै काम गर्ने मध्येमा पर्दछन् । जाजरकोबाट एमाओवादी केन्द्रका नेता एवंम पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेत पनि जित्नै पर्नेसुचीका नेता हुन ।

नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ का उम्मेदवार छन् । कांग्रेसका यी युवा नेता संघीय संसदको सदस्य बन्नुपर्ने व्यक्तित्वमा पर्छन् । विकासको राजनीतिका लागि सक्रियता देखाउने साउद कांग्रेसका भविष्य पनि मानिन्छन् ।
गुल्मी–१ मा संसदमा सहभागी हुनैपर्ने दुई नेतालाई कांग्रेस र बामपन्थी गठबन्धनले स्पर्धामा उतारेको छ । अघिल्लो पटक चुनाव जितेका चन्द्र भण्डारी र पराजित भएका प्रदिप ज्ञवाली फेरि चुनाव लड्दैछन् । बौद्धिक र विकासको पक्षमा वकालत गर्ने दुवैको माग संघीय संसदले गरेको छ । तर, दुई मध्ये एकमात्र विजयी भएर आउनेछन् ।
ललितपुर–१ का उम्मेदवार तथा पूर्वडिआइजी नवराज सिलवाल पनि संघीय संसदमा आउनुपर्ने व्यक्तित्व हुन् । प्रहरी सेवामा रहँदा प्रभावकारी काम गरेका सिलवाललाई आइजी हुनबाट राजनीतिक पूर्वाग्रहमा रोकिएको थियो । उनी बामपन्थी गठबन्धनबाट कांग्रेसका उदय शमशेर राणाविरूद्ध स्पर्धामा छन् ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top