कांग्रेसका कुन नेताले कहाँबाट मतदान गर्दैछन् ?


Wednesday, 28 Jun, 2017 12:00 AM

काठमाडौं - स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका सभापतिदेखि केन्द्रीय सदस्यहरू यतिवेला गृह जिल्लामा चुनाव प्रचारमा छन् । काठमाडौं बस्दै आएका कांग्रेसका ३५ भन्दा बढी नेता आफ्नै स्थायी वसोवास भएको शहर, बजार, गाउँ र टोलमा भोट माग्नमा व्यस्त छन ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न गृह जिल्ला डडेल्धुरा पुगेका छन् । सात नम्बर प्रदेशका बिभिन्न जिल्लाका चुनावी सभामा सहभागी भएका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्रामस्थित आशाखर्च उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका १० स्थित ऐतिहासिक कलवलगुढी केन्द्रमा मतदान गर्न एक सतादेखि झापाका बिभिन्न चुनावी सभामा सक्रिय छन् । पूर्वमहामन्त्री केवी गुरुङ इलाम नगरपालिका ७ स्थित बालमन्दिर मतदान केन्द्रमा मतदान गर्न गृहनगर पुगिसकेका छन् । इलाम नगरपालिकाको प्रमुखमा जिल्ला सभापति तथा सांसद हिमालय कर्मचार्य उम्मेदवार भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वसांसद बलबहादुर केसीले नेचा सल्यान गाउँपालिका १ स्थित सल्यानको स्थानीय विद्यालय मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । केसी दुई सातादेखि जिल्लाका बिभिन्न चुनावी सभामा क्रियाशील छन् । कार्य सम्पादन समिति सदस्य महेश आचार्य, डा. मिनेन्द्र रिजालले विराटनगर महानगरपालिका २ शंकरपुरस्थित जनता मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं नेतृ सुजाता कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका ७ स्थित ऐतिहासिक आदर्श स्कुल मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । केन्द्रीय सदस्य डिला संगौला, सांसद अशोक कोइराला, अमृत अर्यालले पनि महानगरपालिकाकै १० र १८ बाट मतदान गर्ने छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले मोरङको ग्रामथान गाउँपालिकास्थित धनीबनी गाउँको पब्लिक उच्चमाविमा मतदान गर्ने छन् । सांसद डिकबहादुर लिम्बुले भने लेटाङ नगरपालिकाबाट मतदान गर्नेछन् ।

नेता बालकृष्ण खाँडले रुपन्देहीका तिलोत्तमा नगरपालिकास्थित आनन्दवनमा रहेको गिर्वाण स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन् । केन्द्रीय सदस्य डा.नारायण खड्काले उदयपुरको चौदण्डी नगरपालिकाको स्थानीय विद्यालयको मतदान केन्द्रमा र केन्द्रीय सदस्य लक्ष्मी परियारले त्रियुगा नगरपालिका १० स्थित बालमन्दिर मतदान केन्द्रमा मतादन गर्ने छिन् । पार्टीका पूर्वप्रवक्ता दिलेन्द्रप्रसाद बढुले दार्चुलाको महाकाली नगरपालिका ५ स्थित अपिनम्पा संरक्षण क्षेत्रको कार्यालय ‘क’ मतदान केन्द्रमा मतदान गर्ने छन् ।

सांसद तथा पूर्वमन्त्रीहरू एनपी साउदले कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर २ स्थित सरस्वती उच्चमावि मतदान केन्द्रबाट, रमेश लेखकले बेदकोट नगरपालिका ८ राष्ट्रिय माविबाट मतदान गर्नेछन् । केन्द्रीय सदस्य दीपक गिरीले दाङको दंगीशरण गाउँपालिका ४ को सुकदेवाको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । नेता चन्द्र भण्डारीेले छत्रेकोट गाउँपालिका १ हुँगाका जनजाग्रित मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

अर्का यूवा नेता किशोरसिंह राठौरले बर्दियाको राजापुर नगरपालिका ६ स्थित जोगिपुर मतदान केन्द्रमा र बद्री पाण्डेले बाजुराको हिमाली गाउँपालिका ४ को शैलेश्वरी मावि शैलेश्वरी मतदान केन्द्रमा भोट हाल्ने भएका छन् । कांग्रेसका पाका नेता केशवकुमार वुढाथोकीले झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे उच्चमाविबाट र यूवा नेत्री सरिता प्रसाईँले झापाकै बुद्धशान्ति गाउँपालिका ३ स्थित बुद्धआदर्श उच्चमावि मतदान केन्द्रमा भोट खसाल्ने भएका छन् ।

केन्द्रीय सदस्यहरू वीरबहादुर बलायरले डोटी, पार्वती डीसी चौधरीले दाङ, सुजाता परियारले इलाम, सीता गुरुङले तेह्रथुम, ईश्वरी न्यौपानेले कैलाली, भीष्मराज आङ्दम्बेले पाँचथर र मीन विश्वकर्माले धरान नगरपालिकाबाट मतदान गर्ने भएका छन् । दाङको लमही नगरपालिका ८ स्थित सतवरियाका स्थायी वासिन्दा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का त्यहीँको मतदाता भए पनि स्वास्थ्यमा आएको खराबीका कारण भोट हाल्न नजाने भएका छन् । केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भोजपुर षडानन्द नगरपालिका १ स्थित शारदा उच्च मावि मतदान केन्द्रमा मतदाता नामावली भएपनि उनी गृह जिल्ला जाने वा नजाने निश्चित भएको छैन ।

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top