अत्तरियामा ठुलो धनराशीको भेट्रान कप किर्केट प्रतियोगिता हुने


Thursday, 11 May, 2017 5:07 AM

अत्तरिया- नेपालकै सर्बाधिक धनराशीको महिला T20 किर्केट प्रतियोगिता सम्पन्न भएको केही दिनमै फेरी अतरियामा पि एफ ए भेट्रान कप हुने भएको छ । प्ले फर स्पोर्टस क्लब अत्तरियाको आयोजना मा जेष्ट ५ गते देखी १५ गते सम्म भेट्रान कप हुने भएको हो । धनगढी , महेन्द्रनगर , गुलरिया ,टिकापुर ,लालबोझी , डडेल्धुरा लगाएतका ठाउँहरुका १६ वटा टिमको प्रतियोगितामा सहभागीतामा रहने क्लबका अध्यक्ष सन्तोष भट्टले जानकारी दिनु भयो ।

स्वास्थयका लागी खेलकुद भन्ने मुल नारा सहित आयोजना गरिने प्रतियोगिता रबरको बलले खेलिन नेपालकै ठुलो प्रतियोगिता हुने भएको आयोजकले दाबी गरेको छ । प्रतियोगिताका बिजेताले एक लाख एक्काउन हजार एक सय एघार ,उपबिजेताले पचहत्तर हजार पाँच सय पचपन्न ,बेस्ट ब्याट्सम्यान,बेस्ट बलर ,बेस्ट फिल्डर र म्यान अफ द सिरिजले  नगद रु दश हजार प्राप्त गर्नेछन ।

बिस बिस ओभरमा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका खेल सँयोजक प्रेम अबस्थीले जानकारी दिनु भयो ।२९ बर्ष भन्दा माथिका उमेर समुहका खेलाडीले मात्र प्रतियोगितामा सहभागीता जनाउने छन । 

प्रतियोगिता अत्तरिया पूर्वरोडमा रहेको  शशस्त्र प्रहरी   खेल मैदानमा हुनेछ ।

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top