पर्यटकीय सम्भावना बोकेको दार्चुला

पर्यटकीय सम्भावना बोकेको दार्चुला


Thursday, 24 Sep, 2015 4:11 PM

दिपेन्द्र धामी
हिमाल को काखमा अबस्थित हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्य ले भरि पूर्ण छ। बिस्व को सर्बोच्च शिखर सगरमाथा को देश भनेर चिनिने हाम्रो देश नेपाल मा उल्लेख्य पर्यटकीय सम्भावना रहेका छ्न। बिस्व का सबै भन्दा ठुला ८ वटा हिमालहरु देखि विश्वको सबै भन्दा होचो गल्छी झापाको केचनाकलन समेत हाम्रो देश मा नै अवस्थित छन। नेपाल ब्राजिल पछि को दोश्रो ठुलो जलश्रोतको धनि देश हो। यहाँ का बनजंगल नदि नाला ताल तलाउ पोखरी झरना प्रकृतिका अनुपम उपहार हुन्। देशको अर्थ व्यवस्थामा पर्यटन व्यवसायले निकै ठूलो सघाउ पु(याएको कुरा सर्ववितिदै छ। हिमालका टाकुरादेखि लिएर मध्यपहाडका रमाइला पहाड, फाँट, उपत्याका, भित्रीमधेश र तराइका फाँटाहरु नेपालमा पर्यटन प्रबद्र्धनका सम्भावनाहरु हुन। हिमालका हिमश्रृङखलामा प्रभातकालिन स्वर्ण छाँयाको दृष्यावलोकन, स्वच्छ हावापानी अनि बिहानी सुर्योदयको मनोरम दृश्य, बनजंगल बाट बहने चिसो हावा संगै यात्रा गर्दै विदेशी पर्यटकहरु आनन्दबिभोर हुन्छन। हाम्रो देश का प्रमुख पर्यटकीय स्थलहरुमा काठमाडौं उपत्यका पोखरा लुम्बिनी जनकपुर आदि रहेका छन् जहाँ उल्लेख्य मात्रमा पर्यटक हरु आउने गर्दछन काठमाडौं उपत्यकामा रहेका पौराणिक मठ, मन्दिर, गुम्बा, दरबार, भेषभुषा, सांस्कृतिक गतिविधि हेर्न पर्यटकहरुको घुँइचो नै लाग्छ।

कुनै पनि देश को पर्यटन ब्यबसाय का लागि त्यस देश मा शान्ति अमनचयन कायम हुनु जरुरि छ। हाम्रो देश नेपालको पर्यटन क्षेत्र  बिगत १० बर्से माओबादी जनयुद्ध का कारण निकै नै प्रभावित भएको कुरा त छर्लंग नै छ त्यसमा पनि हाम्रो देश को अस्तिर राजनीति ले गर्दा त झनै धरासाही बन्दै गएको छ। कहिले कुनै पार्टी को बन्द हड्ताल त कहिले कुनै को, यसकारण हाम्रो देश को पर्यटन ब्यबसाय निकै नै धराशाही बन्दै गएको कुरा त सर्बविदित नै छ अहिले सम्म जे भयो सो भयो अब त हामी सम्पूर्ण जनता का आखा खुल्नु पर्ने हुन्छ। हो कुनै असहमति छ भने राजनीतिक दलहरुले बैचारिक छलफल बाट समाधान गर्नु पर्दछ  बैचारिक मतभेद हुनु स्वाभाविक मानिन्छ तर त्यसको समाधान पनि सहि तरिका बाट गरिनु पर्दछ। बिगत को लामो द्वन्द कालिन इत्तिहास ले पर्यटकहरुमा नराम्रो छाप परेको कुरा त छर्लंग नै छ ।

सन्दर्भ मैले दार्चुला जिल्ला को पर्यटन क्षेत्रका बारेमा  कलम  बदाउन  खोजेको हु जहाँ थुप्रै पर्यटकीय सम्भावनाहरु छन। दार्चुला  जिल्ला एक हिमाली पहाडी जिल्ला हो बिस्व का दुइ शक्तिशालि राष्ट्र चीन र भारत लाई छुने यो जिल्ला प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ यहाँ का बन जंगल नदि नाला अग्ला अग्ला चुचुराहरु हिमशिखर प्राकृतिक गहनाहरु हुन् यस जिल्ला को सुन्दरता हिमाल पहाड बन जंगल नदि नाला यस क्षेत्र का लागि प्राकृतिक बरदान हुन्१ दार्चुलामा प्रचुर पर्यटकीय सम्भावना रहे पनि राज्यको आखाँ यहाँ सम्म नपुगि दिदा यहाँका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन्। यो जिल्ला पर्यटकीय क्षेत्रमा पनि

धनि रहेको छ, । यस जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा अपी हिमाल ७१३२ मी।९घुषा०, व्यास हिमाल ६७७० ९व्यास०, उकु महलको भग्नावशेष ९उकु०, लिपु लेक, धर्मी गुफा ९ खण्डेश्वरी ०, शिखर डाडा, मालीकार्जुन, मालीकार्जुन मन्दिर  मालीकार्जुन, हुनैनाथ मन्दिर, हुनैनाथ जयपुर मन्दिर रिठाचौपाता बन्तोली मन्दिर बोहरीगाँउ महलको भग्नावशेष देवल,  लटीनाथ मन्दिर लटीनाथ, गोकुलेश्वर शिव मन्दिर गोकुलेश्वर  आदि रहेकाछन् यस्तै चीनको तिब्बत क्षेत्रमा अवस्थित हिन्दुहरुको महत्वपूर्ण तीर्थस्थल धार्मिक तथा पर्यटकीय महत्व समेत बोकेको कैलास मानसरोवर जाने पैदल मार्ग पनि दार्चुला मै पर्दछ। यस जिल्ला का पर्यटकीय क्षेत्र हरु का बारेमा आवश्यक प्रचार प्रसार नभई दिदा यहाका  थुप्रै पर्यटकीय सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेका छन्।

हुन् त नेपाल सरकार ले २०६५ सालमा मालिकार्जुन मन्दिरलाई देशकै सातौं धाम घोषणा गरेको छ। राष्ट्र को सातौ धाम तथा  जिल्लाकै प्रमुख धार्मीक पर्यटकीयस्थलका रुपमा चिनिदै आएको यस मालिकार्जुन मन्दिरमा विशेष गरी प्रत्येक वर्ष कार्तिक वा मंसीर महिनामा जात्रा र भदौमा गौरा पर्व लाग्ने गर्दछ। यस मालिकार्जुन  मन्दिर बाट ५००० मिटर को उचाई मा श्री शैल्य शिखरधाम छ यस शैल्य शिखरधाम मा  विशेष गरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदसि का दिन जात्रा लाग्ने गर्दछ। श्री शैल्य शिखर धामको दर्शन गर्न महिलाको हकमा विबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेकाले मात्रै जान सक्छन्। पाउछन पनि, मालिकार्जुन गाविसमा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ। लटिनाथ मालिकार्जुनका सुपुत्र हुन भने कैलपाल लटिनाथ देवताका भाई अर्थात उनका मामाका छोरा हुन भन्ने यहाँका बुढापाखाहरु बताउछन्। मालिकार्जुनलाई धार्मिक पर्यटन गनतब्यस्थलका रुपमा विकास गर्न तथा यहाँ रहेका प्राचिन धार्मिक महत्व बोकेका ऐतिहासिक धरोहरहरुको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि मालिकार्जुन पर्यटन पूर्वाधार विकास समिति क्रियासिल रहदै आए पनि देशमा लम्बिदो संक्रमण  अस्थिर राजनीतिले अपेक्षाकृत रुपमा काम हुन सकेको छैन्।

यस्तै गरि उकु महलको भग्नावशेष पनि दार्चुलाको एक महत्वपूर्ण पर्यटकीयस्थल हो। ऐतिहासिक यो दरबार अहिले भग्नावशेषमा परिणत भएको छ। उकु महलको जीर्णोद्वार पुननिर्माणका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागबाट नै दुई चोटी अवलोकन तथा निरीक्षण भएतापनि अहिले सम्म कुनै काम भएको छैन।

त्यस्तै भगवती गाविसको न्वालपानीको  बालशिखर डाडा पनि पर्यटन गनतब्यका लागि उपर्युक्त ठाउँ छ। भगवती गाविसको वडानम्बर ७ मा पर्ने न्वालपानीबाट भारतको पञ्चचुली हिमाल देखि लिएर अपि, सैपाल हिमालको सजिलै सित दृश्यावलोकन गर्न सकिन्छ। त्यहाँ बाट बिहानी सुर्योदयका बिहानी किरणहरु को मनोरम दृष्यहरु हिमश्रृङखलामा प्रभातकालिन स्वर्ण छाँयाको को मनोरम दृष्य हेर्न सकिन्छ   भविष्यमा यस ठाउँलाई पनि पर्यटन पदमार्गका रुपमा विस्तार गर्न सके दार्चुलाको पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने कुरामा दुईमत छैन।

हिमाली काख मा रहेको हाम्रो जिल्ला दार्चुला प्राकृतिक सौन्दर्यले भरपुर छ। यहाको सुन्दरता हिमाल पहाड ताल झरना हामी जिल्ला बासीका लागि बरदान हुन् सक्छन। पर्यटकीय गन्तब्यका रुपमा जिल्लाको  विकास गर्न का लागि सर्बप्रथम हामीले जिल्ला लाई नै नमुना जिल्ला र गाउँ तथा नगरपालिका लाई नमुना गाउँ नगरपालिकाको रुपमा विकास गर्नु जरुरीछ। त्यसका लागि सबै ले आफ्नो क्षेत्र बाट उठ्नु जरुरि देखिन्छ यो हाम्रो जिम्मेवारी हो सोचेर अगाडी बढ्ने हो भने यो संसारमा सम्भव नहुने काम कुनै पनि छैनन् जुन हामी नेपालीले विभिन्न समयमा साहसिक कार्य गरेर देखाई सकेका छौ। अनि जिल्ला लाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सके हाम्रो आय बृदी र जीवन स्तरमा ठुलो सहयोग पुग्न सक्छ। सरकारले पर्यटकीय विकास सम्बन्धि कार्यक्रम लाई राष्ट्रिय अभियानका रुपमा लिएको भएतापनि  प्रभावकारी रुपमा कार्यन्वयन हुन् सकेको छैन यदि सरकार ले हामी दर्चुलाबसी जनताको चासो लाई मुहुर्त रुप दिइ यहाँ रहेका प्राचिन धार्मिक महत्व बोकेका ऐतिहासिक धरोहरहरुको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि पहल गरि पर्यटन सम्बन्धि जनचेतना प्रचार प्रसार सभा गोष्ठी सेमिनार समय समय मा संचालन गरि यस जिल्ला मा रहेका पर्यटकीय क्षेत्र हरुलाई पनि नमुना पर्यटकीय क्षेत्र का रुपमा विकास गर्न सके हामी यस क्षेत्रका जनताको  आय बृदी र जीवन स्तरमा ठुलो सहयोग पुग्न सक्छ।

भविष्यमा यस ठाउँलाई पनि  पर्यटन पदमार्गका रुपमा विस्तार गर्न सके दार्चुलाको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने  कुरामा दुईमत छैन तर यसमा हामी सम्पूर्ण जिल्लाबासि हरु ले एकजुट भइ लाग्नु पर्ने हुन्छ । र जिल्लालाई नै सफा राखनु पर्ने हुन्छ र यहाँ भएका कला संस्कृति पाहुनाहरु मझ बिशेस ढंग ले प्रस्तुत गर्नु पर्ने हुन्छ यसका लागि महोत्सबहरु को आयोजना गरिनु पर्दछ। तर आवस्यक प्रचार प्रसार र जनचेतना को कमिले यी यावत कुराहरु हुनसकिरहेका छैनन्। अझ सब भन्दा प्रमुख कुरा त स्वदेसी तथा बिदेसी पाहुनाहरुलाई खान र बस्न का लागि पत्येक घर मा होम स्टे को बेबस्था हुनु जरुरि छ। त्यस का लागि पत्येक घरमा एउटा पाहुना कोठा र आधुनिक चर्पी हुनु जरुरि छ भविष्यमा यस ठाउँलाई पनि  पर्यटन पदमार्गका रुपमा विस्तार गर्न सके दार्चुलाको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने  कुरामा दुईमत छैन ।  (लेखक वैदेशिक रोजगारिका सुलसिलामा हाल यूएइ आबुधाबीमा छन ।)

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top