सुदुरपश्चिमको भौतिक, आर्थिक र सामाजिक विकास व्यवस्थापन गर्न धनगढीमा मन्थन


Monday, 3 Jul, 2017 12:00 AM

धनगढी- सुदुरपश्चिमको भौतिक, आर्थिक र सामाजिक विकास व्यवस्थापन र मार्ग चित्र तयारी गर्न सोमबारदेखि धनगढीमा शुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठी शुरु भएको छ । प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले  गोष्ठीलाई उद्घाटन गर्दै समष्टीगत चौतर्फी दिगो बिकासका लागि  प्रदेशको सम्भाव्यताका आधारमा प्राप्त अवसरहरुको उपयोग गर्दै कृषि, जलश्रोत, उर्जा, पर्यटन र रणनीतिक पूर्वाधारका क्षेत्रमा लगानी बृध्दि गरी यस प्रदेशका जनताको जीवनस्तर माथि उठाई सम्बृद्धि समेत हासिल गर्नुपर्ने देखिएको बताए ।

उनले यस क्षेत्रमा ब्याप्त मानवीय एवम् आर्थिक पछयौटेपनको दुश्चक्रमा फसेका नागरिकको जीवनस्तर उठाउन लगानी बृध्दि गर्नुका साथै गरिएको लगानीको प्रभावकारी कार्यान्वयनबाट उपयोगीता बढाउनु पर्नेमा उहाले जोड दिएका थिए ।  
पूर्व मन्त्री लेखराज भटट्ले क्षेत्रमा विकासका बाधक तत्वहरुको पहिचानका साथै विकास कार्य संचालन गरी दल गत भावना भन्दा माथि उठी यस क्षेत्रको विकासका लागी एकजुट हुनु पर्ने जरुरी देखीएको बताऐ । त्यस्तै राष्टिय योजना आयोगका  सदस्य तथा सुदुरपश्चीम बिकास आयोगका अध्यक्ष डा. प्रभु बुढाथोकीले क्षेत्रको  बिकासका लागी लगानी बढाउन योजना आयोगका तर्फबाट प्रतिबद्यता जनाए । समारोहमा उर्जा मन्त्रालयका सचिव अनुपराज उपाध्यायले जलश्रोतका परियोजना संचालन गर्न सम्भाव्य देखीयता पनी बिभीन्न कारणले कार्यान्यनमा आउन सकेका छैनन् । छिटै नै यी परियोजना संचालनमा ल्याउन नेपाल सरकार प्राथमीकता दिइ प्रयासरत रहेको छ । त्यस्तै सु .प. सरोकार मञ्चका अध्यक्ष बिष्णु प्रसाद खत्रीले प्रदेश नं ७ का बिभीन्न संभावना प्रस्तुत गर्दै आगामी दिनमा ती संभावनाहरुको उपयोेग बाट यस प्रदेशको सामाजीक आर्थीक बिकास संचालन गरी गरिबी निवारण गर्नुपर्नेमा बिशेष जोड दिए । नेपाल व्यवस्थापन संघका राष्ट्रिय सभापती शुसील भटट्ले यो गोष्टि प्रदेश नं ७ को बिकासको लागी पहिलो खुड्कीला भएको र आगामी दिनमा प्रदेश र स्थानीय तहका निर्वाचीत सस्थाहरुको योजना तर्जुमा संचालन , व्यवस्थापनमा सहजीकरण गर्न व्यवस्थापन संघ नेपालले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यशाला गोष्ठीको उद्देश्य माथि प्रा. डा. हेमराज पन्तले प्रकाश पार्दै यो दुई दिन सम्म संचालन हुने गोष्ठीबाट स्पष्ट रणनितिक मार्ग चित्र कोरिनेका साथै प्रदेश ७ को समष्टिगत विकास हुनेमा विश्वास ब्यक्त गरे ।
 गोष्ठीका सयोजक धर्मानन्द अवस्थीले विशिष्ट अतिथि तथा योगदान कर्ता सबैलाई स्वागत गर्नु हुदै गोष्ठीबाट सामाजिक आर्थिक विकासको मार्ग चित्र तयार गर्नेमा यो गोष्ठी सफल हुने विश्वास ब्यक्त गरे ।  समुद्घाटन समारोहको अन्तमा नेपाल व्यवस्थापन संघ सु. प च्यापटरका अध्यक्ष डा. पदम राज जोशीले सबै लाई धन्यवाद ज्ञापन गर्दै गोष्ठीको सफलताको कामना गर्नु भयो ।

यो कार्यशालामा सुदुरपश्चिममै रहेका  र सुदुरपश्चिमबाट गएर मुलुकभर आफ्नो क्षमता र दक्षता प्रदर्शन गरेका विज्ञ, जानकार एवं विद्वानहरू करिब दुईसय जनाभन्दा बढिले गहन छलफल गर्नेछन् । त्यसका लागि ६ वटा मूल शिर्षक र २० वटा उपशिर्षक तय गरिएका छन् ।
गोष्ठीमा घनिभूत छलफलका लागि वर्तमान स्थितिको विश्लेषण गरि प्रदेश–७ को समग्र संभाव्यताका आधारमा विकासको मार्गचित्र तय गरिनेछ  । र,  त्यसमा राजनीतिक दलहरु, सरकार, गैरसरकारी, निजी क्षेत्र र नागरिक समाजलगायत सबैको प्रतिवद्धता लिएर त्यसलाई सार्वजनिक गरिनेछ । यस क्षेत्रको समग्र सामाजिक, आर्थिक विकासका लागी अवलम्वन गर्नु पर्ने नीति, रणनीति तथा कार्यक्रमहरुको वारेमा व्यापक छलफल गरी सुझाव सहितको विकासको साझा अवधारणा तयार गर्ने र नेपाल सरकार, जनप्रतिनिधि एवं सरोकारवाला निकाय समक्ष प्रस्तुत गर्ने यस कार्यशालाको उद्देश्य रहेको छ  । तत्पश्चात्, घोषित मार्गचित्रका एजेन्डाअनुसारको काम गर्न÷गराउन स्थानीय तह, प्रदेश तह र केन्द्रसम्मै निरन्तर सहजीकरण र सहयोग समेत गरिने छ ।

राज्यको पुनसंरचना, संविधान कार्यान्वयन तथा स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउन व्यापक प्रयास भैरहेको वर्तमान अवस्थामा यो कार्यशाला गोष्ठी र यसवाट प्राप्त हुने सुझावहरु अत्यन्त महत्वर्पूण हुने विश्वास छ । यस्तो आयोजन प्रदेश–७ का हकमा त नौलो हुँदै हो, समग्र नेपालमै पनि पहिलो पटक हो ।
 
यो कार्यशाला नेपाल व्यवस्थापन संघको सुदूरपश्चिम च्याप्टर, सुदुर पश्चिम सरोकार मन्च र सुदुरपश्चिम विकास आयोगको संयुक्त आयोजनमा हुँदैछ । यसका साझेदारहरूमा उर्जा मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–७ छन् ।

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top