नवराज सिलवाललाई बद्नाम गर्ने षड्यन्त्रको खुल्यो पोल (गोप्य प्रतिवेदन सहित)

प्रहरीले बनाएकै प्रतिवेदनबाट भयो खुलासा


Saturday, 29 Apr, 2017 12:00 AM

काठमाण्डौ -डिआईजी नवराज सिलवालको लोकप्रियताबाट अतालिएको सरकारले जनस्तरमा उनको लोकप्रियता घटाउन प्रहरी मुख्यालयलाई परिचालन गरेको खुलासा भएको छ । मुलधार न्युजलाई प्राप्त प्रहरी मुख्यालयका डिआईजी विजयराज भट्ट नेतृत्वको कथित छानबिन समितिले बनाएको प्रतिवेदनमा डिआईजी सिलवालले किर्ते गरेको किटानी सहित कहि कतै उल्लेख गरिएको छैन । नौ पेज लामो प्रतिवेदनमा सर्वोच्च अदालतमा बिचाराधिन मुद्दालाई प्रभावित गर्ने मनसायले मात्रै प्रतिवेदन तयार बनाइएको देखिएको छ । प्रतिवेदनको सारांशमा भनिएको छ कार्य सम्पादन मुल्यांकन सम्बन्धि फाईलहरु फेरि अध्ययन तथा अनुसन्धान गर्नु पर्ने देखिएको छ । जसबाट प्रष्ट हुन्छ कि सरकार चाहान्छ सर्वोच्चको वैशाख १९ गतेको वृहत पूर्ण ईजलासबाट यो मुद्दाको फैसला नहोेस । पुन छानबिन हुनु पर्ने आफ्नो दलिल राख्न सके मुद्दा १९ गतेबाट पछि सार्न सकिन्छ कि भनेर उसको योजनाको छताछुल्ल हुन्छ एक कानुन व्यवसायिले भने । यो सरकारको चालबाजी मात्रै हो जित सत्यकै हुन्छ उनले थपे ।

जसकालागी सरकारले सञ्चार माध्यमलाई उपयोग गर्ने रणनिती अख्तियार गरेको छ र सोहि रणनिती अनुसार उसले प्रहरी महानिरीक्षकलाई यस विषयमा सञ्चार माध्यमहरुमा अनुसन्धान प्रतिवेदन नामको फण्डा पठाए । र त्यो फण्डामा किर्ते डिआईजी नवराज सिलवालले नै गरेको हो भन्ने लेख्न लगाएका छन । सञ्चार माध्यमहरुले पनि त्यहि फण्डा पस्के तर सुर्यलाई हत्केलाले छेक्न सकिदैन भनिए जस्तै सरकारले सत्यलाई लुकाउन सकेन जुन सरकारले नै बनाएको तलको प्रतिवेदन अध्ययन गर्दा छताछुल्ल हुन्छ ।
प्रहरी प्रधान कार्यालयले बनाएको प्रतिवेदन जस्ताको त्यस्तै स्रोत गोप्य









 

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top