प्रकाशको लोभीपापी मन !


Tuesday, 21 Mar, 2017 12:00 AM

काठमाडौं- सरकारले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त भएपछि खुशी मनाउदै आएका प्रकाश अर्याल अहिले अदालतको शरणमा पुगेका छन् । तत्कालिन प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालको डिजाइनमा डिआइजी नवराज सिलवाललाई आइजीपी हुनबाट रोक्न सफल भएका प्रकाश अर्याल समूह आइतबार अचानक सर्वोच्च अदालतको ढोकामा रिट निवेदन लिएर पुगे ।

सिलवाललाई आइजीपी हुनबाट रोक्न जयबहादुर चन्दकै निर्देशन र तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्यालको सल्लाह बमोजिम उनी सर्वोच्चमा पुगेका हुन् । सर्वोच्च अदालतले पाँच सदस्यीय पूर्ण इजलाश गठन गरेर सिलवाल र चन्दको कार्यसम्पादन मूल्यांकनलाई हेर्दे सिलवालको पक्षमा फैसला गर्ने निश्चित भएपछि त्यसलाई पनि अलमल्याउन उनी योग्यतमा मापनको नयाँ फण्डा लिएर सर्वोच्च गएको स्रोतले जनाएको छ । सरकारले चन्दलाई आईजीपी बनाएको एक महिना पश्चात प्रहरी महानिरीक्षकका लागि आफनो योग्यता पनि मूल्यांकन गरियोस् भन्दै आइतबार अर्याल रिट बोकेर अदालत पुगेका हुन् । तर अर्यालको रिट अदालतले पहिलो दिन दर्ता गर्न अस्वीकार गरेको छ । त्यसको कारण के हो भने यतिन्जेल उनी कहाँ बसेका थिए । उनले पनि सिलवालसँगै रिट दर्ता गर्न सक्थे । तर त्यसो गरेनन् । चन्द आइजीपी भएपछि आफू राम्रो ठाउ लिएर तर मार्न पाइन्छ भन्ने आशमा वसेका थिए । अदालतबाट उनले अपेक्षा गरेजस्तो फैसला नआउने देखेपछि चन्दकै निर्देशनमा जसरी पनि सिलवाललाई आइजीपी हुनबाट रोक्न यो हर्कत गरेको उनी नजिकका प्रहरीले बताएका छन् ।

सरकारले तेस्रो वरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि उनको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा परेको थियो । अर्का डिआइजी नवराज सिलवालले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए । आफूभन्दा पछिल्लो अर्थात तेस्रो नम्बरलाई नियुक्ति गर्दा चुप लागेर यतिन्जेल बसेका प्रकाश अर्याललाई अरूले रिट दायर गरेको एक महिनापछि मात्रै होसमा आएका छन् ।

तेस्रो नम्बरमा रहेका चन्द आइजीपी भैसक्दा पनि चुपचाप लागेर ट्राफिक महाशाखामा बसेर बस व्याबसायीहरूसँग बार्गेनिङ गरेका अर्यालले एक महिनापछि मात्रै आफूलाई अन्याय भएको जिकिर गर्दै सर्वोच्च पुगेका छन् । चन्दको नियुक्तिमा मुद्दा परेपछि सर्वोच्चले कार्य सम्पादन मूल्यांकन फाइल माग गरेको थियो । उनले पनि सिलवालसँगै रिट हालेका भए एकै पटक हेर्ने अवस्था आउने थियो । तर उनी अहिले आफ्नो योग्यता भन्दा पनि मुद्दा लम्ब्याएर राख्ने पक्षमा रहेको बतान्छ । इन्सपेक्टरमा अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफनो पनि कार्यसम्पादन मूल्यांकन हुनु पर्ने माग उनको रिटमा उल्लेख स्रोत बताउँछ ।

उनले रिट हालेपनि अर्का डिआइजी बमबहादुर भण्डारी भने शान्त बसेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयको निमित्त प्रमुख भएका उनलाई आइजी पदले खासै लोभ्याएको छैन । उनी जो आइजी भएपनि आफूलाई काम गर्न फरक नपर्ने भन्दै बसेका छन् । करिव ११ महिना मात्रै अवधि बाँकी रहेको अवस्थामा सरकारले समयमै एआइजीपी नियुक्त नगरी एकै पटक डिआइजीबाट आइजीपीमा नियुक्त गर्दा देखिएको यो समस्या सुल्झाउन नदिन डिआइजी प्रकाश अर्याल र निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्याल निकै ठूलो कसरत गरिरहेका छन् । सिलवाल आइजीपी भए अवकाश पछि पाएको सुविधा सबै फिर्ता गर्नुपर्ने चिन्तामा रहेका निवर्तमान आइजीपी अर्यालले डिआइजी प्रकाश अर्याललाई उकासेर रिट हाल्न लगाएको स्रोतले दावी गरेको छ ।

तीन वर्ष अघि सिआइवी प्रमुख बनाइएका प्रकाश अर्याललाई ३५ किलो सुनको सुराकी बापतको लाखौं रूपैया हिनामिना गरेपछि त्यसको मुद्धा अख्तियारमा समेत परेको थियो । सो मुद्धालाई निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्यालले नै तामेलीमा राख्न गरेको आग्रहलाई तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले तामेलीमा राखेका थिए । सोही प्रकरणमा मुछिएपछि बाहिर अनुहार देखाएर हिड्न लजाएका प्रकाश अर्यालले आफू आइजीपी हुने कल्पना समेत गर्न सकेका थिएनन् । तर, उपेन्द्रकान्त अर्यालको उक्साहटमा लागेर आइजीपी खान रिट लिएर सर्वोच्चमा पुगेको स्रोतको दाबी छ । जनप्रहार साप्ताहिकबाट

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top