डिआईजी कायस्थ धाउँदा आइजीलाई तनाव


Tuesday, 30 Aug, 2016 7:19 AM

काठमाडौं । उपेन्द्रकान्त अर्याल नेपाल प्रहरीका २४ औं आइजीपी हुन् । उनका लागि संगठनभित्र मौलाएको भ्रष्टाचारको अन्त्य सबैभन्दा चुनौतिपूर्ण बनिरहेको छ । ०४६ सालयताको नेपाल प्रहरीको इतिहासमा भ्रष्टाचारको मुद्दा नखेपेका आइजीपी पाउन मुस्किल छ । तर, उनी यो बेलासम्म जोगिए पनि उनी माथाहत निकायका हाकिम भने जोगिने अवस्थामा छैनन् । एमाले महाधिवेशनको समयमा झण्डै करोड हस्तान्तरण गरेर तत्कालिन गृहमन्त्री वामदेव गौतम मार्फत त्रिभुवन विमानस्थल प्रमुख बनेका डिआइजी विजयलाल कायस्थ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा दिनहुँ हाजिर गर्न जाँदा प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालले लाज छोप्न सकिरहेका छैनन् ।

विमानस्थलमा बस्दा सुन, डलर, सूर्ती तस्करबाट अबैध रकम लिएको भन्दै उनीमाथि अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारले लामो समयदेखि उनलाई हाजिर लगाइरहेको   छ । प्रहरी प्रधानकार्यालकै अपराध विभागमा रहेका उनको विषयमा प्रहरी महानीरिक्षकको सचिवालयले पनि निगरानी बढाएको छ । खासगरी उनीमाथि अपराध महाशाखा बस्दा पनि गुनासो आएको सम्बन्धमा प्रहरी महानीरिक्षक स्वंय जानकार रहेकाले एयरपोर्टको विषयमा उनीमाथि लागेको आरोपमा प्रहरी प्रधान कार्यालय केही बोलेको छैन ।

०४९ सालमा आइजीपी भएका मोतिलाल बोहोराले भ्रष्टाचारको मुद्दा खेपेपछि प्रहरी यस्ता कैयन मुद्धाहरू चलिरहेका छन् । विषेश अदालतले उनको मुद्दा खारेज गरे पनि अख्तियार सर्वोच्चमा पुगेको थियो । बोहोरा पछिका अधिकांश आइजीपीले भ्रष्टाचारको मुद्दा खेपेका छन् ।
पूर्वआइजीपीहरू अच्युतकृष्ण खरेल र प्रदीप शमशेर राणालाई अख्तियारले अकुत सम्पति कमाएको आरोप लगाएको थियो । अवकाश पाएको वर्षौंसम्म पनि अख्तियारको मुद्दा खेपिरहेका खरेललाई सर्वोच्च अदालतले सफाइ दिएपनि प्रदीप शमशेर राणा भने मुद्दा खेपिरहेका छन् । पछिल्लो समय नेपाल प्रहरीले संगठनभित्र केही सुधारको प्रयास गरिरहेको छ ।

पछिल्ला तीन आइजीपीहरू रविन्द्रप्रताप शाह, कुवेरसिंह राना र हालका आइजी अर्याल संगठनभित्रको सरुवा बढुवाको विषयमा सामान्य विवादमा तानिएपनि उनीहरूमाथि भ्रष्टाचारको आरोप लागेको छैन । सुडान घोटाला प्रकरण नेपाल प्रहरीका लागि कहिल्यै नमेटिने दाग बनेको छ । सुडानमा शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक एपीसी खरिद प्रक्रियामा ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरीका तीन पूर्वआइजीहरू अख्तियारको फन्दामा परेकाथिए । पूर्वआइजीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीको मुद्दा अहिलेसम्म पनि टुंगोमा पुगेको छैन । डिआइजीहरूको भने दर्जनौ मुद्धाहरू अहिले पनि अख्तियार र विशेष अदालतमा कायमै छन् ।

अख्तियार धाउनेहरूमा एआइजी रमेश शेखर बज्राचार्य, कायस्थका अतिरिक्त डिआइजी प्रकाश अर्याल, गोविन्द निरौला, मिङमार लामा, सुदीप आचार्य, लगायत छन् । गोपाल भण्डारी निलम्बनमा परेर अवकाश नै पाइसकेका छन् भने एसएसपी रविराज श्रेष्ठको तस्करीका कारण जागिर नै गएको थियो । यस्तै अवस्था रहे एक दिन डिआइजीहरूले विभिन्न धन्दा चलाएर आइजी अर्याललाइ नै फुली फुकालेर अख्तियार धाउनुपर्ने अवस्थामा पु¥याउने प्रहरी प्रधान कार्यालयका कर्मचारीहरू बताउँछन् ।
जनप्रहार साप्ताहिकले लेखेको छ ।
 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top