राजनीतिक आवरणमा दिनेशले यसरी गर्थे लागु औषधको धन्दा


Tuesday, 30 Aug, 2016 7:56 AM

-   धादिङमा उत्पादित चरेश थाईल्याड पठाउने र थाईल्यान्डबाट लागु औषध नेपाल भित्राउने
-    प्रहरीको आँखामा धुलो हाल्न अन्य लागु औषध कारोबारीको सूचना प्रहरीलाई दिदै आएको
- पैसा खर्च गरेर तरुण दलको जिल्ला अध्यक्षमा मनोनित भएको दुई महिना नवित्दै लागु औषध मुद्दामा जेल चलान


काठमाडौं । राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाईकेलाई अहिले ज्यान जोगाउन मुस्किल छ । राजनीतिक दलका छत्रछायाँमा राजधानीमा गुण्डागर्दी गर्दै आएका चरी भनिने दिनेश अधिकारी र घैंटे नामले चिनिने कुमार श्रेष्ठ प्रहरी ईन्काउन्टरमा मारिएपछि अन्य गुण्डा नाईके भूमिगत भएका छन् ।
कुनै ताका चरीका दाँयाहातका रुपले चिनिने धादिङका सेते तामाङ भनिने दिनेश गुरुङले राजनीतिक आडमा लागु औषधको तस्करी गर्ने गरेको खुलासा भएको छ । लागुऔषधको कारोबार गरेको अभियोगमा गुरुङलाई जिल्ला अदालत काठमाडौंका न्यायाधिस हेमन्त रावलको ईजलसले मुद्दाको पूर्पक्ष गर्दै हाल जेल चलान गर्ने आदेश दिएका छन् ।
धादिङ मार्पाकका गुरुङले बिगत एक दशकदेखि धादिङमा उत्पादन हुने चरेश थाईल्यान्ड पठाउने र थाईल्यान्डबाट मनोेप्रदिक लागु औषध नेपाल भित्राउने गरेको लागु औषध नियन्त्रण व्यूरोको अनुसन्धानबाट खुलेको छ । व्यूरोको टोलीले गत चैत्र ३० गते ६ करोड बराबरको मनोप्रदिक लागु औषध एम्फेटामिनसहित धादिङ सत्यदेवीका नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेपछि गुण्डा नाईके धादिङ तरुण दलका जिल्ला अध्यक्ष गुरुङको राजनीतिक चरीत्र उदाङ्गो भएको हो ।

पक्राउ परेका नेत्र र चित्रले उक्त लागुऔषध गुरुङले मगाएको बयान दिएपछि व्यूरोको खोजिको सूचिमा रहेका गुरुङ गत शुक्रबार काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए । चित्र र नेत्रलाई भरिया बनाएर गुरुङले पर्यटकीय स्थल ठमेलमा लागुऔषधको कारोबार गर्दै आएका छन् । ठमेलमा फेवा दोहोरीका मालिकका नामले चिनने गुरुङले त्यहि दोहोरीको आडमा ठमेललाई आधार श्रेत्र बनाएर लागुऔषधको कारोबार गर्दै आएको स्रोत बताउँछ ।

लागुऔषधको कारोबार गरेकै भरमा गुरुङले बालाजु फुटुङमा करोडौं रुपैंया खर्च गरेर महल बनाएका छन् भने ५० लाख पर्ने सुजुकी कम्पनीको ग्रान्ड भिटारा गाडीमा सवार हुँदै आएका छन् । आर्थिक हैसियत केही नभएका गुरुङको सम्पत्ती र जिवनमा आएको एक्कासी परिवर्तनको कारण उनलाई नजिकबाट चिन्नेहरूले जिब्रो टोक्ने गरेका छन् ।व्यूरोको खोजिको सुचिमा परेपछि कहिले रसुवा, कहिले धादिङ त कहिले पूर्वमा लुकिछिपी बस्दै आएका गुरुङ गत बुधवार मात्र धरानबाट काठमाडौं छिरेका गुरुङलाई व्यूरोको टोलीले पछाई रहेको थियो । पछिल्लो समय उनको धन्दाबाहिर आउन थालेपछि गुरुङ राजनीतिमा सक्रिय हुन थालेका थिए ।

थाइल्यान्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एम्फेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र गुरुङले बिक्री गर्ने गरेको ब्युरोेका डिआईजी जयबहादुर चन्दले बताए । एम्फेटामाईन पठाउने धर्म पाख्रिन गुरुङका साढुभाई रहेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । धादिङमा उत्पादित चरेश विश्वबजारमा मँहगो मूल्यमा बिक्रीबितरण हुन्छ । चरेश कारोबारीले छोटो समयमै धेरै कमाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । गुरुङ पछिल्लो समय सुन लुटपाटमा समेत मुछिएका छन् । रसुवा नाकाबाट क्यारिङ गर्ने बहानामा गुरुङको समुहले २२ किलो सुन लुटपाट गरी ९ किलो फर्ता गरी १३ किलो खाएको बिषयमा समेत प्रहरीले अनुसन्धान सुरु गरेको आजको जनप्रहार साप्ताहिकले समाचार लेखेको  छ । ।

 

Related News

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top