मनाङ्गेलाई १० बर्ष कैद, चक्रे भूमीगत !


Tuesday, 30 Aug, 2016 7:24 AM

काठमाडौं । राजधानीको गुण्डामाथी प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि केही गुण्डा नाईके भूमिगत भएका छन् भने, केही बिदेश पलाएन । प्रहरी ईन्काउन्टरमा चरी र घैंटे मारिएसंगै अन्य डनको भागदौंड मच्चिएको होे । कोही अहिले जेलकोे बास भएको छ कोेहिको रेलकोे । तर आफू शुद्ध व्यापारी भएकोे दाबी गर्दै एक दशक देखी गुण्डागर्दीमा सक्रिय नभएको र सुर्धिन खोजेको नाटक गर्दै भित्र भित्र गुण्डा गर्दी सञ्चालन गर्दै आएका राजिब गुरुङ भन्ने डन दिपक मनाङ्गेलाई यतिखेर प्रहरीले संगठित अपराधमा मुद्दा दर्ता गराएको छ । आफ्ना सेना मेना परिचालन गरेर डन मनाङ्गेले हप्ता असुली गर्ने गरेको आरोप प्रहरीको छ ।

दुई महिना अगाडी पक्राउ परेका मनाङ्गे ६० दिनको प्रहरी हिरासत पच्चात सोमवार अदालतमा हाजिर भएका छन् । मनाङ्गेमाथी जिल्ला सरकारी वकिलले प्रहरीको रायमा दश बर्षसम्म कैद सजाँईको माग गरेको छ । उता मनाङ्गे पक्राउ सँगै राजधानीमै खुल्म खुल्ला डुलिरहेका चक्रे भन्ने मिलन गुरुङ भने फरार भएका छन् । सबैलाई अण्डरमा राखेर राज गर्न खोज्ने डनहरु अहिले आफै अण्डरग्राउड भएका छन् । परिवारीको समेत सम्र्पकमा नभएका चक्रे काँहा के गर्दै छन् भन्ने प्रश्नले अहिले उनका सुभ चिन्ताले पिरोेलिन थालेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पहिलो पटक गुण्डाका नाईके बिरुद्ध संगठित अपराधमा मुद्दा चलाएको हो । राजिब गुरुङ भन्ने डन दिपक मनाङ्गेलाई दुई महिनाको अनुसन्धान पच्चात परिसरले आईतवार अदालतमा मुद्दा दर्ता गराएको छ । मनाङ्गेसँगै पक्राउ परेका राजनकुमार सिंहलाई पनि अदालतमा पेस गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले मनाङ्गेलाई अपहरण बन्धक तथा संगठित अपराधमा मुद्दा चलाएर अदालतमा पेश गरिएको बताए ।

मनाङ्गेसँगै सुशील मनाङ्गे, ज्याक गुरुङ र शनि गुरुङलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर मुद्दा चलाएको एसएसपी थापाले बताए । अदालतले उनीहरूलाई दोषी ठहर गरेमा ७ देखि १५ वर्षसम्म जेल सजाय र ५० हजार देखि २ लाखसम्म जरिबाना हुने छ । मनाङ्गेसहित विशेष अदालतमा ५ जना डनहरुको मुद्दा बिचराधिन अवस्थामा छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीन वर्षअघि ५ उनीहरुबिरुद्द मुद्दा दायर गरेको थियो । मनाङ्गेले अदालतकै कर्मचारीलाई मुद्दाकै बिषयमा धम्क्याएपछि प्रहरी सक्रिय बनेको हो ।

झन्डै दुई महिना अघि पक्राउ परेका मनाङ्गे ठमेल क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहंदै आएका छन् । ठमेलमा संचालित अवैध धन्दाको संरक्षक बन्दै आएका  मनाङ्गे बिरुद्ध प्रहरीमा आधा दर्जन बढी मौखिक उजुरी परेको थियो ।  ठेक्कापट्टा, होटल, डान्सबार र रेष्टुरेन्ट संचालकले रकम नदिए उनले डर त्रास देखाएर सहयोगी परिचालन गरी रकम असुल्ले उनको बानी नै रहेको प्रहरीले जनाएको छ ।  मनाङ्गेको सोमबारबाट थुनछेक बहस सुरु हुँदै छ ।  

 

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top