डा गोविन्द केसी सिंहदरबार प्रहरीको हिरासतमा, मंगलबार सर्वोच्च अदालत लगिने


Monday, 8 Jan, 2018 12:00 AM

काठमाडौं– अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई अनामनगस्थित महानगरीय प्रहरी वृत्त सिंहदबारको हिरासतमा राखिएको छ।  केसीलाई प्रहरीले सर्वोच्चको आदेश बमोजिम म‌ंगलबार बिहान ९ बजे अदालतमा बुझाउने भएको छ । केसी १४ औँ पटक अनशनमा बसेका थिए।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले आदेश दिएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले डा केसीलाई पक्राउ आदेश दिएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा केसीले सोमबार १४ औँ पटक अनसन घोषणा गरेका थिए । उनले सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरे लगत्तै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा सर्वोच्चले पक्राउ आदेश जारी गरेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट उनलाई सीधै सिंहदरबार वृत्तमा पुर्‍याइएको हो। डा केसीलाई शिक्षण अस्पतालस्थित अनसन स्थलबाटै एसपी रामदत्त जोशीको कमाण्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीन नियुक्ति सम्बन्धी मुद्दामा डा केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। मंगलबार सर्वोच्च अदालत लैजान सहज हुने भएकाले उनलाई सिंहदरबार वृत्तमा राखिएको हो। 

Related News

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top