जिल्लामा राम्रो काम गरेको भन्दै डिएसपी पन्त सम्मानित


Thursday, 1 Sep, 2016 12:03 PM

काठमाण्डौ– हिंसा पीडित महिला तथा बालबालिको संरक्षण र जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन राम्रो गरेको भन्दै डिएसपी गंगा पन्तलाई सम्मान गरिएको छ । नागरिक समाज पर्वतले एक समारोहका विच उनलाई सम्मान गरेको   हो ।
उनले दिगो विकासको लागी आवश्यक पर्ने वनजंगल,नदि नाला संरक्षणका साथै जिल्लामा शान्ती सुरक्षाको व्यवस्थापन पनि उत्कृष्ट ढंगले गरेको समाजले जनाएको छ । पन्तले आफु प्रहरी सेवामा रहुन्जेलसम्म इमान्दारीतापुर्वक न्यायको लागी उभिने समेत  बताईन ।

पन्तले पर्वतमा वस्दा नागरीकसंगको सम्बन्ध सुमधुर बनाउनुको साथै पिडितलाई न्याय दिन् कुनै कसुर बाकि नराखेको भन्दै पर्वतका विभिन्न सामाजिक संस्थाले उनलाई सम्मानित गरेको छ । डिएसपी पन्त २०५६ सालमा प्रहरी सेवामा अधिकृत रुपमा प्रवेश गरेकि हुन ।

उनको जिल्ला प्रमुखको रुपमा काम गरेको  पहिलो पोष्टिङ नै  पर्वत हो ।
 

Related News

बिचार

नवराज सिलवाल प्रकरणः गणतन्त्रको कोतपर्व

-कृष्णा पौडेल,
निश्चय नै सिंगो राष्ट्रको अगाडि नागरिक नै हार्ने हो । राष्ट्रको जितका लागि नागरिकलाई हराउने हो । यो युनिर्भसल वा युर्निभसल जस्तै हो । हात्ती र हात्तीछाप चप्पल जस्तै । राज्य हार्नु हुँदैन भन्दै आफ्ना अभिष्ट पुरा गर्न केही नेता र प्रहरी स्वयंले प्रहरी संगठनमाथि खेले । यो भन्दा मेरो पुवाग्रह देखिन सक्छ । समाचारको बहानामा सञ्चार माध्यमले व्यक्तिको मानहानी गर्दै दोषी नै प्रमाणित गरिदिए । सिंगो राष्ट्र जो एक असल नागरिकको विपक्षमा लागिरहेको छ । जो एक असल नागरिकलाई हराउन लागिपरिरहेको छ । मिडिया, जसलाई त्यही राज्यद्वारा नियन्त्रित संस्थाले दिएको रिपोर्टको आधारमा न्याय खोजिरहेको व्यक्तिलाई दोषी नै प्रमाणित गरी समाचार छापिरहेका छन् । घन्काइरहेका छन् । सिलवाल र सरकार दुवै तर्फका आ–आफ्ना प्रतिवेदन विभिन्न मिडियामा आइसकेका छन् । प्रतिवेदनमा दुवै पक्षले आफू सही भएको यथेष्ट प्रमाण दिन खोजेका छन् ।

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रिय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछि कार्यान्वयनमा सघाउनुको विकल्प छैन । देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायालयको ठूलो योगदान छ । पहिलो कुरा, सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ‘नेविसंघ अवैध हो’ भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन । त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउँथ्यो । नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

महत्वपूर्ण वेबसाइट

Top