नेपाल फिफा वरियतामा विस्तारै तल खस्क्यो


Tuesday, 9 May, 2017 4:15 AM

काठमाण्डौ–  
काठमाण्डौ–  फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ स्थानमा पुगेको छ ।

यसअघि नेपाल १ सय ७० औँ स्थानमा थियो । दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा एक स्थान सुधार गरेको भारत १०० औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५२ औँ, अफगानिस्तान १ सय ५४ औँ स्थानमा, भुटान १ सय ६४ औँ र बङ्गलादेश १ सय ९३ औँ स्थानमा छ ।

यस्तै श्रीलंका १ सय ९७ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् । विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । अर्जे्न्टिना दोश्रो र जर्मनी तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार साउथ सुडानले गरेको छ । साउथ सुडान ८ स्थान माथि चढ्दै १ सय ४६ औँ स्थानमा पुगेको छ ।

यी हुन् उत्कृष्ट १५ देश

ब्राजिल

अर्जे्न्टिना

जर्मनी

चिली

कोलम्बिया

फ्रान्स

बेल्जियम

पोर्चुगल

स्वीट्जरल्याण्ड

स्पेन

पोल्याण्ड

इटाली

वेल्स
( क्भभ mयचभ बतस् जततउस्ररधधध।पबतजmबलमगतयमबथ।अयmरद्दण्ज्ञठरण्छरद्दद्धद्धठछछ।जतm३िकतजबकज।यत्तइगक्थऋच्।मउगा

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top