महासङ्घको निर्वाचनमा लागि उम्मेदवारी घोषणा


Wednesday, 22 Mar, 2017 7:54 AM

बुटवल – नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि आइतबार यहाँ एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरिएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा देशभरका उद्योगी व्यवसायीको माझमा महासङ्घका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालले उम्मेदवारहरुको नाम घोषणा गरेका हुन् ।

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै कोषाध्यक्षका लागि ज्ञानेन्द्रलाल प्रधान र महासङ्घको कार्यकारी सदस्यका लागि बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरिएको छ ।

घोषणासभामा महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रको अस्तित्वलाई स्थापित गराउन शेखर गोल्छाको समूह योग्य रहेको बताउँदै निजी क्षेत्रको समस्या र चुनौतीको न्यूनिकरणका लागि गोल्छाको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफ्नो परिवार नेपाल उद्योग वाणिज्य महासङ्घ स्थापनाकालदेखि नै संलग्न रहेको उल्लेख गर्दै सरकारले ल्याउने निजी क्षेत्रसँग सम्बन्धित विभिन्न ऐनमा निजी क्षेत्रको धारणा राख्ने र अन्तर्राष्ट्रिय समन्वयलाई फराकिलो बनाउने बताए । रासस
 

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top