पोर्चुगल पहिलो पटक युरो च्याम्पियन


Monday, 11 Jul, 2016 7:40 AM

काठमाण्डौ- यस पटकको युरो कप पोर्चुगलले जितेको छ । फाइनलमा फ्रान्सलाई १(० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधिमाथि कब्जा जमाएको हो ।

पेरिसमा भएको युरो कप २०१६ को फाइनलमा फ्रान्सलाई पोर्चुगलले १(० गोल अन्तरले पराजित गरेर युरो कप च्याम्पियन बन्दै इतिहास रचेको छ । पोर्चुगलको जीतका लागि  एन्टोनियो इडरले गोल गरेका थिए । उनले थपिएको अतिरिक्त समयमा गोल गरेका थिए ।

चोटका कारण आफ्नो क्यारियरको महत्वपूर्ण फाइनल खेल खेल्न नसकेपछि स्टार खेलाडी रोनाल्डो रुदै मैदानबाट बाहिरिएका थिए । त्यस्तै उनी इडरले गोल गरेपछि पनि रोएका थिए । उपाधि हातमा लिँदा पनि उनका आँखाबाट आँसु झरेका थिए ।
आफ्नो कप्तानीमा पोर्चुगलले युरो कप जितेपछि आफ्नो देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउने रोनाल्डोका सपना पूरा भएको छ ।
 

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top