गगनपत्नी अन्जनाले तिन दिनपछि दिईन बधाई


Sunday, 28 Aug, 2016 6:47 AM

काठमाण्डौ– स्वास्थ्यमन्त्री गगन थापा देशका आशा लाग्दा युवा नेता हुन । उनलाई मन्त्री भएपछि सामाजिक संजालमा धेरैले खवरदारीसहित बधाई दिएका छन् भने केहीले आलोचना समेत गरेका छन् । मन्त्री थापालाई नेता कार्यकर्तादेखी शुभचिन्तकले बधाई दिएपनि उनकै पत्नीले भने सामाजिक संजालमार्फत तिन दिनपछि वधाई दिएकी छन् ।

पेशाले डाक्टर गगनपत्नी अन्जना केसी थापाले गगनलाई मात्र होईन आफ्नै पिता शहरी विकास मन्त्री अर्जुननरसिंह केसीलाई पनि आईतवार वधाई दिएकी छन् । अन्जनाले  भेटमा बधाई दिएपनि सार्वजनिक रुपमा भने आईतवार मन्त्री थापा र उनकी आमासहितको खिचिएको फोटो पोष्ट गर्दै वधाई दिएकी हुन ।

हाल सेभ द चिल्ड्रेनमा कार्यरत अन्जनाले गगनप्रती सबैको आशा,विश्वास,माया र भरोसा रहेको भन्दै आफ्नो क्षमताको उपयोग गरेर काम गर्न सुझाव दिएकी छन् । उनले फेसबुकमा बधाई दिदै भनेकी छन् –“अपेक्षाहरु धेरै छन् तर समय थोरै छ । तिमिले सबै पुरा गर्न सक्दैनौ । ”



 

बिचार

प्रचण्डको उत्तरायण - सुधीर शर्मा

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङलाई यसअघि नभेटेका होइनन्, तर अबको तेस्रो भेटका लागि भने उनी निकै आतुर देखिन्छन् । आफ्नो सत्तायात्रा उत्तरार्द्धतिर धकेलिंदै जाँदा उत्तर छिमेकीसँग सम्बन्ध कसरी सुधार्ने भन्ने ‘चिन्ता’ उनमा बढ्दै गएको छ । बेइजिङ पुगेर, राष्ट्रपति सीसँग द्विपक्षीय वार्तालाप गरेर मात्र बोआओ सम्मेलनमा भाग लिन जाने प्रचण्ड–चाहना त्यसैको अभिव्यक्ति हो । तर बेइजिङ–वार्तामा हुन्छ के भन्ने कुराको अन्तिम टुंगोचाहिं लागिसकेको छैन, न त प्रचण्डप्रति टुटेको चिनियाँ विश्वास पूर्ण रूपमा पुनस्स्थापित भइसकेको छ ।

गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन व्यावसायिक नेतृत्वबाट वञ्चित

अहिले प्रहरी प्रशासनमा कमान्ड सम्हालेको नेतृत्व छैन, नियतिले कमान्ड संरचनाबाहिरको प्राविधिक जागिरेको कामचलाउ नेतृत्व छ । कमान्ड संरचनामा रोलक्रमको महत्त्व धेरै अर्थपूर्ण हुन्छ । यो पार्टीगत वा सत्तारूढ कुनै नेताको प्राथमिकताको कुरा होइन । त्यो कथं मिचिँदा मिचिनेले पनि चित्त बुझ्दो आधार पाउने ठाउँ हुनुपर्छ । गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन अहिले व्यावसायिक नेतृत्वबाट वञ्चित छ । यसले प्रहरीको संस्थागत कमान्ड संरचनामा कस्तो मनोविज्ञान बनेको होला रु कुन नेतालाई के कस्तो सेवा सत्कार पुर्‍याए प्रहरी प्रमुख बन्ने योग्यता पुग्छ भन्ने चाकरीभावले प्रहरी मात्र होइन, राज्यका तमाम संयन्त्र ग्रस्त छन् । आफ्नो नियुक्तिदेखि सरुवाबढुवा सबै कुरामा हावी हुने गरेका पार्टी र नेताप्रतिको ऐन मौकामा बफादारी देखाउने चुरीफुरी पनि यस्तो घातक प्रहारको कारक हुँदैन भनेर भन्न सकिन्न ।

महत्वपूर्ण वेबसाइट

Top