गोःरा पर्व र यसको उत्पत्ति


Tuesday, 29 Aug, 2017 12:00 AM

किसन सिह धामी
नेपालको परम्परागत जातीय, भाषिक र सांस्कृतिक व्यावहारिक स्वच्छता, सामाजिक सद्भाव र संस्कृतिका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज  अनपेक्षित मोडतिर  जानेगर्छ । भाषा र जातीय गौरवका विशिष्ट पहिचानको  पुस्तान्तरण गरेर संरक्षण तथा संवद्र्धन गर्नाले मात्र नेपालको भाषा, साहित्य, कला र संस्कृतिको पहिचान हुने गर्दछ । जुन वर्तमानको आवश्यक्ता हो ।

नेपालमा मनग्य जातजाति र धर्मावलम्बीहरु हिन्दु, बौद्ध, इसाई, मुस्लीम, जैन आदि धर्मका आ–आफ्ना विशिष्ठ धार्मिक लोक सास्कृतिक र मान्यताहरु विद्यामान भएपनि सामाजिक सदभाव र भाइचाराले नै समाजमा एकआर्कका पुरकबनेका छन् । त्यसैले नेपाल वहुधार्मिक, वहुभाषिक र वहुसांस्कृतिक, राष्ट्रले चिनिने गर्दछ । यीनै सास्कृतिक मध्ये नेपालको सुदूरपश्चिमञ्चल क्षेत्रमा सबभन्दा ठुलो चाडका रुपमा गोःरा पर्वलाइ मनाउने गरिन्छ ।

गोःराको उत्पत्ति

हामी सबैलाइ गोःरा पर्वको बारेमा थाहा नभएको होइन बर्षौ बर्षदेखि मनाउँदै आइरहेका हाम्रा आमाहरु हम्रा माझ हुनुहुन्छ ।
मुख्य गरि शिव पार्वतीको पुजा आजा गरेर मनाउने यो पर्वमा नयाँ लुगा लाउनु, मिठो मिठो खानेकुरा खानु र बाल बच्चा, वयस्क, बुढा पाका तथा सम्पुर्ण महिलाहरुले मनाउने सुदूरपश्चिञ्चलको धार्मिक संस्कृतिको सब भन्दा ठुलो महान राष्टिय चाडका रुपमा लिइन्छ । बिभिन्न काल खण्डमा बिभिन्न रिसिमुनि तथा धर्म गुरुहरुले धर्म र संस्कृतिको जग मानिने हिमान्चल उत्ताराखण्ड, कुमाउँ र डोटीक्षेत्रलाई बैदिक सनातन हिन्दु संस्कारको बैज्ञानिक चाडपर्वहरुको क्षेत्र मानेकाछन् त्यसै अनुरुप ज्योतिषशास्त्र र पण्डितहरुबाट समय काल र परिस्थति अनुसार भाषिक तथा सामाजिक रुपान्त्रित गरेको पाइन्छ ।

यस्को उत्पत्ति देब भूमी उत्ताराखण्डमा ज्वलामूखी नाम गरेकी देवी (पार्वती)  र इश्वरका सन्तानका रुपमा मायासर (महेश्वर) हुनभन्ने  किम्वदन्ती छ । किम्वदन्ती अनुसार व्दापरयुगमा इश्वरका संन्तान मायासार र उत्तराखण्डकि ज्वलामुखी देवी यी दुबैले नरलोकमा जाने विचार गर्नु भयो । नरलोकमा कष्टकर जीवन र अभाबै अभावमा बाचिरहेका देखेर केहि दिन त्यहा बस्ने मनसाय गर्नुभयो । इश्वर रुपी भगवान मायासार र ज्वलामुखि देवी  नरलोकमा गएदेखिन त्यहाँ कुनै पनि चिज बस्तु वा खाद्यान्नको कहिलेपनि अभाव भएन, अनि सुख संबृद्धिले भरिपुर्ण भएका नरलोकका नगरीहरु खुसी भए र देवरुपी भगवानको जयजयकार मनाउँन थाले । लामो समय पश्चात मयासरले इद्रलोक र ज्वलामुखि देवीले उत्तराखण्ड हिमालय पर्वत जाने विचार गर्नु भयो । तर नरलोकका नरनारीहरुले ज्वलामुखि र मयसरलाई रोक्ने प्रयास गर्नु भयो । धेरै विलौना र जिद्धि गर्नु भयो तर ती देबरुपी भगवानले नरलोक बासीहरुलाई सम्झाई बुझाइ गरेर हामीले हाम्रो ठाउँ जानु पर्छ, बरु तिमीहरुले भाद्र महिनाको शुक्लपक्ष, रोहणी नक्षत्र दुर्गाष्टमिका दिन हाम्रो प्रतिमा बनाउनु गोःरा र महेश्वरको नामले पर्व बनाउनु, फल फुल, डोरी धागोले र पंच अन्न बिरुडाले  हाम्रो  पुजा गर्नु । तपाइले पुजा गरेपछि हामी खुसि भएर तपाइहरुको मनले सोचेको पुरा गरिदिने छौ । आज हामी हाम्रो लोक जान्छौ भनेर नगरीहरुलाइ सम्झाइ बुझाई आफ्नो कैलाशको बाटो लाग्नु भयो । त्यो समय देखि हिन्दु धर्माब्लम्वीहरुले भाद्र महिनाको दुर्गाअष्टमी दिन गाौरी देबीको प्रतिमा स्थापना गरि भारतको उत्तरा खण्ड, कुमाँउ, गडवाल र नेपालको सुन्दर सुदूर सुदूरपश्चिमाञ्चल र पश्चिम कर्णाली प्रदेशका केहि जिल्लामा मनाइने धार्मिक  र सास्कृतिक गोरा पर्वलाई सुदूरपश्चिमान्चलीहरुले सबभन्दा ठुलो राष्टिय चाडका रुपमा मान्ने गर्छन् ।

साउन महिनाको सुरुवात देखि नै त्यो भेगका चृलीवेटी महिलाहरु खेल र रत्यौलीमा रमाउने गर्छन् । तरपनि तीजको लगतै बर्तालु र भक्तालु महिलाहरुले  पञ्चमी देखि अष्टमीसम्म निराहार बसेर शिब पार्वतिको आराधना गर्छन् ।

परापुर्बकालदेखि चलिआएको धार्मिक चलन अनुसार प्रत्येक बर्ष भाद्र महिनाको सूक्लपक्ष रोहणी नक्षत्र शुक्ल पंचमीका दिन बर्तालु महिलाहरुले बिहान सफा शुद्ध बनेर पाँच थरिका गेडाडुडी मास, गुरुँस, गहुँ, सानो केराउ, गहत (पंच बिरुडी) तामाका र पितलका भाडामा घरपविारका सबै महिलाहरुले शुभमुहुर्तमा सामुहिक रुपमा भिजाउने गर्छन् । परिवार भिन्दा भिन्दै भएर बसेका भएपनि बिरुडा भिजाउनका लागि घरको मूल जेठो सदस्यको घरमा गएर भिजाउँने गर्छन् ।

पंचमीमा भिजाएको बिरुडा अर्थात ज्योतिष शास्त्र अनुसार तिथि घटबड नभएमा सप्तमीका दिन बिहान बिरुडा धुने प्रक्रिया नाच गान र सगुन गाइने गरिन्छ अनि बेलुकि गौरा घरमा सबै निराहार धार्मिक बर्तालु महिलाहरु एकत्रित भएर गौरा सिंगारिने काम गरिन्छ अनि भित्रि गौराको नामले फुकार्छन्  जसलाई सौ,ं धान, ऐसेलुको पात, तिलको बोट खेत बारीबाट ल्याएर तामाको भाडा वा निगालाको डालोमा गौरी देवीको प्रतिमा बनाएर सजाउने गरिन्छ ।

त्यहि प्रसादले घरपरिवारमा जेठाले कान्छालाइ खुट्टा, घुँडा, कुम देखि शिरसम्म पुजा गरि निधारका बिरुडा थाप्ने चलन छ साथै ब्राह्मण दारा पुजा पाठ र अभिशेक गरिएको महिलाले लगाउने दुबधागो र पुरुषले लगाउने जनै लगाएमा मात्र शुद्ध मानिने भएकोले अहिले पनि त्यो क्षेत्रमा शुद्धता मान्दै आइरहेकाछौ । बिवाहित महिलाले घाटिमा दुबधागो लाएर आफ्नो अटल सौभाग्य, सम्वृद्धि तथा सन्तान र परिवार एवं आफ्ना पतिको दीर्घायूको कामनासगै सुखशान्ती, सम्पन्नताकालागि ब्रत बसेर प्रशन्नताले बेलुकिको भोजनगर्ने गर्छन् । यो दुबधागोलाई महिलाहरुले प्रत्येक दिन गाइत्रीमन्त्र जस्तै जप गर्छन्, भक्ति गर्छन्, आस्था राखन्छन्, त्यसैले निरोगी, सूखि खुसि र दीर्घजीवि भएका हामी देखिरहेका हुन्र्छौै । यसरी भाद्र पंचमी देखि एकादशीसम्म मनाइने यो महानचाड बाल बच्चा र केटाकेटिहरुकोलागि पनि त्यतिकै रमाइलो हुनेगर्दछ, अष्टमी पछि  नवमी, दशमी र एकादशी सम्म शक्तिपीठ देवस्थलहरुमा खेडि, धोडि र लमधोडीका नामले पुजापाठ गर्दै बिभिन्न भाकामा महिला र पुरुषको भिन्ना भिन्नै वा सगोलमा डेउडा नाच, खेल लाउने, गाउने र रमाइलो गर्ने गरिछ । अझ संस्कार र सांस्कृतिकका दृष्टिकोणले महत्वपुर्ण त्यस क्षेत्रका बिभिन्नडेउडा गित र नृत्यका अतिरिक्त ठाडो खेल, भूवा भूस्सो, डगौरा थारु, गर्खाल ब्याँसी सौका नाच, ढुस्कु, फाग, न्याउली, विजौरा, संजेवाली, भाडा, बातै, सगुन, झोडो, जागर, चाँचरी आदि लोक गीत जस्ता संस्कृतिले सुदूरपश्चिमाञ्चल  आफैमा गौरावान्दित छ ।

यो गोःरापर्व मनाउनाका निमित्त बिरुडा भिजाउने घर र गौरादेवीको स्थापना गर्ने घर स्थानिय गाउँ घरमा निश्चित एउटा गोरिया घरको नामले चिनिने गरिन्छ, सुदूरपश्चिमका  शक्तिपीठहरुका नामले गोरिया घरमा मनाइने र पुजने यो पर्व एउटा कूलमा पुजिरहेको परिवारले आर्को कूलमा पुज्नु हुदैन भन्ने स्थानिय जन धारणा रहिआएको छ ।

सुदूरपश्चिमाञ्चलका केहि शक्तिपीठहरुमा बिभिन्न समयमा चाडपर्व र जात्रा मनाइन्छ । जस्तै मालिकार्जुन, शिखर, वडिमालिका, जगन्नाथ, शैलेश्वरी, हुनैनाथ, लटैनाथ, सोमनाथ, बालिचन्न, उग्रतारा, लटबाव, मालिका, मस्टो, जड्याल, कालदेव, गडुले, रुदे, कैलाशमाणु, ज्युलेकमाणु, खापरमाणु, द्यौमाणु, डाडाबाग, पहरौल, अनिरुद्र, महारुद्र, डिलाशैनी, निगलाशैनी, कफलाशैनी, पोटलाशैनी, भोरढाशैनी, बोदलाशैनी, रणशैनी कफलसेरी, दोगडा, उदयदेव, नागार्जुन, वासुलिंग, भगवती, छिपलो ब्रह्मदेव बेहडाबाबा, सिद्धनाथ, केदारनाथ, बैजनाथ, हिकलो, कपललेकि, टुमडे, त्रिपुरा सुन्दरी, गैरदेबी,  बनदेवी, नैनदेवी, आदि शक्ती पीठहरुमा भब्य मेला लाग्नेगर्दछ ।

प्रवासको यो भूमीमा यसरी एक जुट भएर सुदूरपश्चिम समाज अमेरकिाले आफ्नो संस्कृतिलाई छोटकरीमा प्रतक्ष प्रस्तुत गर्नपाउँदा हामी बिश्वको जुनसुकै भूमी मा भएपनि हामीलाई हाम्रो संकृति कला र साहित्यले घच्घचाइरहेको छ भन्ने ज्वलन्त उदाहरणनै यो उपस्थीति तथा प्रस्तुति हो ।

आउँदो बर्ष बृहत प्रस्तुति र  भव्य गौरापर्व मनाउने बचन बद्धता गर्दै प्रमुख अतिथिज्यूको शुभकामना मन्तब्य पश्चात सबैले खाना खाएर  डेयडिया रैभान महरा भाइको तालमा हामी सबैले डेउडाको भरपुर मनोरन्जन गरौ गराऔँ । धन्यबाद ।

न्युयोर्कमा आयोजित गौरा पर्वमा प्रस्तुत कार्यपत्र

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top